किरात याक्थुङ चुम्लुङ साइप्रसद्धारा सम्मान एवमं मायाको चिनो वितरण

Facebook
Twitter
LinkedIn

लिमासोल , साईप्रस , लिम्बु जातिहरुको साझा संगठन किरात याक्थुङ चुम्लुङ साइप्रस द्धारा साईप्रसमा रहेका विभिन्न समाजिक संगठन तथा कि।या।चु साइप्रस को चौथो साधारण सभा पहिलो अधिवेशन साथै सिसेक्पा तङ्नाम साँस्कृत कार्यक्रमा आमन्त्रित अतिथिहरुलाई गत आईतवार मायाको चिनो र सम्मान गरेको छ ।

चुम्लुङ साइप्रसकी अध्यक्ष चुमन्ता तुम्बापो लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा प्रवासी नेपाली मन्च साइप्रस प्रमुख सल्लाहकार धाता नन्द पान्डे ज्यु ,आमन्त्रित कलाकार परान चाम्लिङ राइ , एनआरएनए साईप्रसकी महासचिव राधा पोख्रेल , समाजसेबी एवमं गोर्खा किचनकी संचालक ज्ञानु लामा , किरात राई यायोख्खा साईप्रसकी प्रतिनिधि मोना राई लगाएतलाई सम्मान र मायाको चिनो प्रदान गरिएको थियो ।

सचिव रेश्मा लिम्बुको संचालनमा भएको कार्यक्रममा कोषाध्यक्ष बबि लिम्बु , अध्यक्ष चुमन्ता लगाएतले संयुक्त रुपमा साईप्रस नेपाल डटकमका प्रतिनिधि एवमं नेपाल पत्रकार महासघं युरोप शाखाका कार्यसमिति सदस्य दिनेश गौतमलाई समेत सम्मान एवमं मायाको चिनो हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रम ब्यवस्थापन , खाना आदीलाई ब्यवस्थित गर्ने तथा कार्यक्रमलाई सभ्य बनाएकोमा सबैलाई कि.या.चुले धन्यबाद समेत दिएको छ ।।

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.