२०८२ असार १९ बिहीबार
LATEST NEWS
२०८२ असार १९ बिहीबार

लाइसेन्सबिना ‘डर्म्याटोलोजिस्ट’ लेखाएकी  ‘डा रेखा’को प्रतिक्रिया- डाक्टर भनेर क्लिनिकमा सेवा दिएकी छैन

काठमाडौं- बिना चिकित्सकीय लाइसेन्स  नामका अघि ‘डर्म्याटोलोजिस्ट तथा डा’ लेखाएकी रेखा थापा (सोम कुमारी बलम्पाकी)ले डाक्टर भनेर सेवा नदिएको बताएकी छिन्। नेपाल मेडिकल काउन्सिलले छापा मारेको विषयमा प्रकाशित समाचारको प्रतिक्रिया पठाउँदै उक्त कुरा प्रस्ट्याएकी हुन्।

उनले भनेकी छिन्,  ‘म पूर्ण रुपमा ब्युटी कोजी ब्युटी सलोन एण्ड ट्रेनिङ सेन्टरमा काम गर्दै आएको र क्लिनिकमा काम नगरेको बेहोरा जानकारी गराउँदछु।’

गत वैशाख २८ गते उनी कार्यरत संस्थामा नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघ र डर्म्याटोलोजी सोसाइटीको संयुक्त टोलीले छापा मारेको थियो। चिकित्सकीय अभ्यासका लागि अनुमति पत्र अर्थात् लाइसेन्स नलिइ चिकित्सकका रुपमा प्रस्तुत गरेर सेवा दिएको गुनासोका आधारमा छापा मारिएको थियो। 

त्यसक्रममा उनले आफूलाई ‘डाक्टर तथा डर्म्याटोलिजिस्ट’ प्रस्तुत गरेका प्रमाण फेला परेका थिए। उनले विभिन्न संघ/संस्थाबाट पाउने प्रमाण पत्रमा आफ्नो नाम ‘डा रेखा थापा’  तथा ‘डर्म्याटोलोजिस्ट’  लेखाएको छापा मार्ने क्रममा भेटिएको काउन्सिलले जनाएको छ।   डर्म्याटोलिजिस्टका रुपमा प्रस्तुत गर्न एमबीबीएस पछि थप छाला तथा यौनरोगमा एमडी गरेको हुनुपर्छ। 


डर्म्याटोलोजिस्ट लेखिएको प्रमाणपत्र

तर, उनले उक्त डिग्री गरको कुनै प्रमाण पत्र तथा उक्त रुपमा प्रस्तुत गर्न लाइसेन्स देखाउन सकेकी छैनन्।  नेपाल मेडिकल काउन्सिल ऐन २०२० (संशोधन २०७४) अनुसार लाइसेन्स बिना चिकित्सा सम्बन्धी कामकारबाही गर्न पाइँदैन। दफा २६ मा दर्ता किताबमा नाम दर्ता नभएका व्यक्तिहरूले चिकित्सा सम्बन्धी व्यवसाय गर्न मनाही गरिएको छ।

उपदफा १ मा भनिएको छ,  ‘दर्तावाला चिकित्सकहरू बाहेक अरू व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपले आधुनिक चिकित्साको व्यवसाय गर्न पाउने छैन।’ कसैले उक्त दफा बमोजिम कसूर गरेमा निजलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट