माछापुच्छ्रे बैंकको नाममा फेसबुकमा ठगी, भ्रममा नपर्न बैंकको आग्रह

Facebook
Twitter
LinkedIn

माछापुच्छ्रे बैंकको नाममा फेसबुकमार्फत फिशिङ तथा ठगीको कार्य हुन थालेपछि बैंकले त्यसप्रति सचेत रहन आग्रह गरेको छ ।

बैंकले सोमबार एक सूचना जारी गर्दै आफ्नो बैंकिङ विवरण सामाजिक सञ्जालमार्फत उपलब्ध नगराउन सचेत गराएको हो ।

पछिल्लो समय माछापुच्छ्रे बैंकको नाममा फेक फेसबुक पेज खोलेर म्यासेञ्जरमार्फत ग्राहकसँग च्याट गर्ने र विभिन्न जानकारी माग्ने लगायतका गतिविधि हुँदै आएका छन् ।

‘माछापुच्छ्रे बैंकको अनधिकृत फेसबुक पेजमार्फत विभिन्न प्रलोभन देखाएर ग्राहकसँग ओटीपी कोड, पासवर्ड, डेबिट तथा क्रेडिट कार्ड, पिन नम्बर, सीभीभी आदि जस्ता जानकारी मागेर ठगी गर्ने अपराधिक गिरोह सक्रिय भइरहेको अवस्थामा सजग रहन आग्रह गर्दैछौँ,’ बैंकले भनेको छ, ‘त्यसैले आफ्ना गोप्य तथा महत्वपूर्ण सूचनाहरू नदिन अनुरोध गर्दछौं ।

कुनै दुविधा, समस्या वा जिज्ञासा भएमा तुरुन्तै आधिकारिक निकायमा सम्पर्क गर्नसमेत आग्रह गरिएकाे छ ।

आफ्नो भेरिफाइड फेसबुक पेज तथा इन्स्टाग्राम अकाउन्ट बाहेक अन्य कुनै पनि पेजमार्फत आउने सूचना तथा जानकारीमा विश्वास नगर्न बैंकले आग्रह गरेको हो ।

‘सतर्क रहनुहोस्, सम्भावित ठगीबाट बच्नुहोस्,’ बैंकले अगाडि भनेको छ ।

टेक पाना बाट 

यो पनि पढ्नुहोस् : कतै तपाईंको ईमेल वा पासवर्ड लिक भएको त छैन ? यसरि चेक गर्नुहोस्।

 

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.