
काठमाडौं। हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ। दिउँसो कोशी […]
सामाग्री श्रोत :
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्यबत्ती जडानका क्रममा अनियमितता गरी भ्रष्टाचार गरेको अभियोगमा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १० जना र विभिन्न सामान आपूर्तिकर्ता कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सो गाउँपालिकाको वडा नं १ देखि ९ सम्मका लागि सौर्यबत्ती जडानका लागि आर्थिक वर्ष २०७८/७९ मा रु दुई करोड १६ लाख बराबरको बजेट विनियोजन गरिएको थियो। विनियोजन भएको बजेटविपरीत खम्बा, सोलार प्यानल, लाइट, तार, नटबोल्ट, ब्याट्री, चार्ज कन्ट्रोलर खरिद तथा जडानसमेतका लागि बद्नियत राखी टुक्र्याएर पाँच वटा प्याकेज बनाइएको पाइएको छ।
विनियोजित बजेटभन्दा बढी रु दुई करोड ५३ लाख १७ हजार २५० बराबरका लागि अनुमान स्वीकृत गरी बोलपत्र आह्वानको सूचना प्रकाशित गरिएको थियो। त्यसमा तीन वटा फर्मबीचमा मात्रै प्रतिस्पर्धा गराइएको थियो। सो कार्यका लागि गाउँपालिकाले रु दुई करोड ४९ लाख ४० हजार ११० बराबरको रकम विभिन्न सौर्यबत्ती कम्पनीलाई भुक्तानी दिएको थियो।
सो कार्यमा भ्रष्टाचार भएको भन्दै आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्ष विक्रम यादव र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबुप्रसाद साहविरुद्ध रु दुई करोड ४९ लाख ४० हजार ११० बराबरको बिगो माग दाबी गर्दै आज विशेष अदाmलतमा मुद्दा दायर गरेको हो।
यसैगरी लेखापाल सञ्जयकुमार ठाकुर, जिन्सी शाखा प्रमुख रामकैलाश राय यादव, सबइञ्जिनियर सन्तोष राय र राजु रायविरुद्ध पनि समान बिगो माग दाबी गरिएको छ। यस्तै, लेखा अधिकृत शिवशंकरप्रसाद कुशवाहाविरुद्ध रु ४७ लाख ४९ हजार ५६०, स्काई राइज टे«डिङ कन्सर्न मलंगवा सर्लाहीका सञ्चालक जयप्रकाश यादवविरुद्ध रु ५८ लाख ३९ हजार ८४० माग दाबी गरिएको छ।
त्यस्तै, एसके स्टोर्स मलङ्गवाका सञ्चालक रञ्जुकुमारी साहविरुद्ध रु ९५ लाख २३ हजार ९१० र जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्टचर सोलुसनका सञ्चालक संगीताकुमारीविरुद्ध रु ९५ लाख ७६ हजार ३६० बराबरको बिगो माग दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।
सामाग्री श्रोत :
सौर्यबत्ती जडानमा अनियमितताः तत्कालीन गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध मुद्दा
अहमदावाद। अहमदावादमा भएको विमान दुर्घटनामा परी घाइते बनेका एक व्यक्तिलाई उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।
अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले एयर इन्डियाको विमान उडेको केही बेरमै नजिकैको चिकित्सकहरूको होस्टलमा ठोक्किएर दुर्घटना भएको र उक्त घटनामा एक जना जीवित फेला परेको पुष्टि गरेका छन्।
बिहीबार दिउँसो लण्डनका लागि उडेको बोइङ ७८७/८ ड्रिमलाइनर विमान सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही बेरमै १ः३० बजे दुर्घटनाग्रस्त भएको थियो।
एएनआईसँग फोनमा कुरा गर्दै मलिकले भने, ‘प्रहरीले सिट ११ ए मा एक जना जीवित व्यक्ति फेला पारेको छ। उनको अस्पतालमा उपचार भइरहेको छ।’ रिपोर्टका अनुसार जिवितै उद्धार हुने व्यक्तिको नाम विश्वास कुमार रमेश रहेको छ।
मलिकले थपे, ‘मृत्यु हुनेको सङ्ख्याबारे केही भन्न सकिने अवस्था छैन । आवासीय क्षेत्रमा विमान दुर्घटना भएकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्छ।’
प्रहरीले अन्य यात्रु जिवित बच्ने सम्भावना एकदमै न्युन रहेकाे बताएकाे छ। हालसम्म दुइ सय भन्दा बढी यात्रुकाे शव फेला परेकाे छ। विमानमा दुई चालकसहित १० चालक दलका सदस्य गरी २४२ जना सवार रहेका थिए। जसमध्ये एक जनाकाे जिवितै उद्धार गरिएकाे हाे।
एयर इन्डियाका अनुसार लण्डनको ग्याटविकका लागि उडेको उडान नम्बर एआई १७१ को विमानमा १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियन र सात जना पोर्चुगाली नागरिक रहेका थिए।
सामाग्री श्रोत :
एक व्यक्तिको जीवितै उद्धार, अन्य यात्रु जीवित भेटिने आशा क्षीण
काठमाडौं। साइबर सुरक्षाका क्षेत्रमा आपसी ज्ञान, सीप र अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ नेपाली सेनाले ‘राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८२’ सम्पन्न गरेको छ।
जंगी अड्डामा आज प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा पाँचौँ संस्करणको एक दिवसीय ‘राष्ट्रिय साइबर सुरक्षा गोष्ठी– २०८२’ सञ्चालन गरिएको हो।
सूचना तथा प्रविधिको तीव्र विकास र विस्तारले मानवीय जीवनलाई सहज बनाउनुका साथै साइबर आक्रमण र साइबर अपराधका घटनाले जोखिमसमेत बढाएको परीप्रेक्ष्यमा उक्त गोष्ठी सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ।
दुई चरणमा सञ्चालित गोष्ठीमा सरकारका विभिन्न मन्त्रालय, नेपाली सेना, अन्य सुरक्षा निकाय, सरकारी तथा साइबर सुरक्षासँग सम्बन्धित गैरसरकारी निकायका प्रतिनिधिको सहभागिता थियो। साइबर सुरक्षासम्बन्धी विषय विज्ञद्वारा प्रस्तुतीकरण गरिएको गोष्ठीमा सहभागीबीच अन्तरक्रिया तथा अभ्याससमेत सञ्चालन गरिएको थियो।
सामाग्री श्रोत :
काठमाडौं। गत चैत १५ गते काठमाडौंको तीनकुने भएको राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका दुर्गा प्रसाईंसहित अरू ७ जनालाई अदालतले थुनामा पठाउन आदेश दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति प्रसाईंसहित अरू ७ जनालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो।
अदालतले प्रसाईंसहित, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणी रेग्मी, शुसिल बराल, केशव बस्नेत र कुमार तामाङलाई थुनामा पठाउन आदेश गरेको छ। उनीहरु आगजनी र पत्रकार सुरेश रजकको हत्यामा संलग्न आरोपीहरू सहित छन्।
अदालतले अन्य ३२ जनालाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ। उनीहरुसँग १० हजारदेखि १ लाखसम्म धरौटी माग गरिएको छ।
सामाग्री श्रोत :
तीनकुने घटनाः दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउन अदालतको आदेश
काठमाडौं। नेकपा एमाले निकट विद्यार्थी संगठन (अनेरास्ववियु)को अध्यक्षमा सुजन कडरिया निर्वाचित भएका छन् ।
बिहीबार भएको मतगणनामा प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतान्तरले पराजित गर्दै कडरिया अध्यक्षमा निर्वाचित भएका हुन्। कडरियाले कुल ७ सय ३२ मत पाए भने पौडेलले ७ सय २५ मत प्राप्त गरे।
महासचिवमा दीपक धामी निर्वाचित भएका छन्। उनी पनि कडरियाकै प्यानलबाट महासचिवका उम्मेदवार थिए।
१५५१ मतदाता रहेको अखिलमा १४५० मत खसेको थियो।
सामाग्री श्रोत :
काठमाडौं। नेपाल बार एशोसिएसनले उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासमा न्यायाधीशद्वय डा खुशीप्रसाद थारु र अर्जुन महर्जनमाथि कालोमोसो प्रहार भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बारका महासचिव केदारप्रसाद कोइरालाले आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त इजलासमा पुनरावेदन परेको मोहम्मद आफताव आलमविरुद्ध नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा अदालतबाट भएको फैसलाको विरोध भन्दै न्यायाधीशद्वय डा थारु र महर्जनमाथि कालोमोसो प्रहार भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। उनीहरुमाथि आज इजलासमा नै कालोमोसो प्रहार गरिएको थियो।
‘न्यायाधीशको विवेक प्रयोगमा असर पुर्याउने तथ्य, प्रमाण र कानुनबाहेक अरु हुन सक्दैन, कानुन हातमा लिनेको चाहनामा इन्साफ हुन सक्दैन, गर्न मिल्दैन, इन्साफमा चित्त नबुझ्नेले पुनरावेदन गर्न पाउने हक कानुनले प्रदान गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘न्याय सम्पादन गर्ने न्यायकर्तालाई भौतिक रूपमा प्रहार गर्ने र त्यसैलाई खुसी तथा उत्सवका रूपमा मनाई मलजल गर्ने विरोधाभाष समाजमा देखापरेको छ, जुन अत्यन्त गम्भीर कुरा हो, अनपेक्षित यो घटनाको बार कडा शब्दमा भत्र्सना गर्दछ र दोषी उपर कानुनी कारबाही गर्न जोडदार माग गर्दछ।’
यस घटनाबाट विचलित नहुन सम्पूर्ण न्यायकर्तामा हार्दिक आग्रह गर्दै अदालतको सुरक्षा व्यवस्था थप चुस्त र दुरूस्त बनाउनका लागि बारले आह्वान गर्दै कानुनले प्रदान गरेको अख्तियारी प्रयोग गरी न्यायाधीशले फैसला गर्नसक्ने कुरा विज्ञप्तिमा उल्लेख छ।रासस
सामाग्री श्रोत :
काठमाडौँ । चिनियाँ कम्पनी ह्वावेले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ‘पुरा ८०’ (Pura 80) सिरिज सार्वजनिक गरेको छ । त्यसअन्तर्गतको ‘पुरा ८० अल्ट्रा’ मा रहेको स्विच गर्न मिल्ने डुअल टेलिफोटो क्यामेरा विशेष आकर्षण बनेको छ । यसले एउटै सेन्सरबाट दुई फरक लेन्स प्रयोग गर्न सकिने सुविधा दिएको छ ।
फोनको पछाडि रहेको तीन क्यामेरा रिङमध्ये सबैभन्दा ठुलो रिङभित्र दुई ओटा फरक टेलिफोटो लेन्स राखिएका छन् । यी दुवै लेन्स एउटै इमेज सेन्सर र एउटै पेरिस्कोपिक प्रणालीमा आधारित छन् । कम्पनीका अनुसार यस मोडेलमा प्रयोग भएको १/१.२८ इन्चको ठुलो टेलिफोटो सेन्सर सामान्य फोनको टेलिफोटोभन्दा ठुलो हो ।
यसमा एउटा चलायमान प्रिज्म जडान गरिएको छ, जसले छानिएको लेन्सबाट प्रकाशलाई सेन्सरसम्म पुर्याउँछ ।
एक चलायमान प्रिजममार्फत लेन्सबाट आउने प्रकाश एउटै सेन्सरमा पठाउने प्रविधि प्रयोग गरिएको ह्वावेले जनाएको छ । यो प्रविधि सोनी एक्सपिरियाका केही फोनमा प्रयोग गरिएको भेरिएबल टेलिफोटोभन्दा फरक छ । जहाँ जुम दुरी परिवर्तन गर्न एउटै लेन्सको पेरिस्कोपिक संरचनाका भागहरूलाई चलाइन्छ ।
यी दुई लेन्सबाट क्रमशः ३.७ एक्स (८३ एमएम) र ९.४ एक्स (२१२ एमएम) अप्टिकल जुम सम्भव हुन्छ । छोटो जुम लेन्समा f/2.4 अपर्चर रहेको छ भने यो ५० मेगापिक्सेल क्षमताको क्यामेरा हो ।
दोस्रो लेन्समा f/3.6 अपर्चरसहित १२.५ मेगापिक्सेल रेजोलुसन दिइएको छ, जुन एउटै सेन्सर भए पनि पिक्सेल बिनिङ वा सेन्सर क्रपिङ प्रयोग भएको अनुमान गरिन्छ ।
ह्वावेका अनुसार एउटै सेन्सरबाट दुई ओटा टेलिफोटो लेन्स चलाउनु खर्च घटाउने र फोनलाई पातलो राख्न सक्ने प्रविधि हो । यस प्रविधिको प्रयोगले दुई ओटा अलग पेरिस्कोप सिस्टमको आवश्यकता हटाउने र अन्य उच्चस्तरीय कम्पोनेन्ट राख्न थप स्थान दिने कम्पनीले उल्लेख गरेको छ ।
पछिल्लो अध्यावधिक: जेठ २९, २०८२ ७:०
सामाग्री श्रोत :
टेक पाना
त्रिवेणी(रूकुम पश्चिम)। बिहीबार साँझ रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ सिम्रुतु बजार नजिकैको घुम्तीमा मिनी ट्रक दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ।
उपचारको क्रममा दाङको घोराही उपमहानगरपालिका–१० स्थायी घर भएका ४५ वर्षीय भुपेन्द्र महतको मृत्यु भएको हो। सोही स्थानका ३४ वर्षीय सह चालक सुन्दरकुमार बुढाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए।
उनका अनुसार रा१क १४१२ नम्बरको रारा प्रोसेसिङ कम्पनी प्रालि घोराही दाङबाट सञ्चालित मिनी ट्रक दाङबाट रूकुम पश्चिम खलङ्गातर्फ पानीको जार लिएर आउँदै गरेको अवस्थामा दुर्घटना परेको थियो। ट्रकको ब्रेक फेल भएर माथिल्लो घुम्तीबाट करिब २ सय मिटर तल खसेर रूखमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
सामाग्री श्रोत :
रूकुम पश्चिममा पानी बोकेको मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडौँ । अनलाइन सञ्चारमाध्यमबाट समाचार हटाउन र पत्रकारहरूलाई पक्राउ गर्न अदालतले जारी गरेका आदेश प्रति प्रेस काउन्सिल नेपालले गम्भीर व्यक्त गरेको छ । बिहिबार प्रेस विज्ञप्तिमार्फत काउन्सिलले प्रेस स्वतन्त्रताको संरक्षण र सम्बर्द्धनका साथै त्यसको दुरुपयोग हुन नदिन आफू सचेत र क्रियाशील रहेको उल्लेख गर्दै ध्यानाकर्षण जनाएको हो ।
मङ्गलबार काठमाडौँ जिल्ला अदालतले अनलाइन सञ्चारमाध्यमहरू ‘बिजमाण्डुडटकम’ र ‘नेपालखबरडटकम’ लाई नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग सम्बन्धित समाचार हटाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो । यस्तै सञ्चारकर्मी दिलभूषण पाठकले आफ्नो युट्युब च्यानलमार्फत प्रसारण गरेको सामग्रीलाई लिएर काठमाडौँ जिल्ला अदालतले उनी विरुद्ध पक्राउ पुर्जी नै जारी गरेको थियो ।
सोही विषयलाई लिएर काउन्सिलले अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका, २०७३ देखि पत्रकार आचारसंहिता, २०७३ सम्मको चर्चा गर्दै ध्यानाकर्षण जनाएको हो । काउन्सिलले समाचार हटाउने र पत्रकार पक्राउ पुर्जी बारे जारी आदेशलाई लिएर सुक्ष्मरूपमा अध्ययन भइरहेको र सम्बद्ध निकायसँग छलफल चलिरहेको समेत काउन्सिलले दिएको छ ।
सञ्चार माध्यम कानुनले तोकेको निकायमा दर्ता हुने गरेको र पत्रकार आचारसंहिताको पालना भए वा नभएको विषयमा अनुगमन र निरीक्षण एवं अभिलेखीकरण काउन्सिलले नै गर्ने उल्लेख छ । काउन्सिलले भनेको छ, “अनलाइन सञ्चार माध्यमको हकमा अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका, २०७३ जारी भएपछि सूचना तथा प्रसारण विभागका साथै प्रदेशअन्तर्गत सम्बद्ध निकायमा दर्ता हुने र पत्रकार आचारसंहिताको अनुगमन र निरीक्षण एवं अभिलेखीकरण काउन्सिलले गर्ने व्यवस्था बमोजिम अनलाइन सञ्चार माध्यम सूचीकरण हुँदै आएका छन् ।”
यस्तै काउन्सिलको “युट्युब च्यानलको व्यवस्थापन, सूचीकरण तथा अभिलेखीकरणसम्बन्धी कार्यविधि, २०८०” अनुसार अनलाइन मिडिया दर्ता भएर सूचीकरण हुँदा आफ्ना युट्युब च्यानल तथा फेसबुक पेजको विवरण पनि राख्नुपर्ने भएकाले ती अकाउन्टहरू पनि सूचिकरण भएको मानिन्छ । युट्युब, अनलाइन टिभीसहित सामाजिक सञ्जालका पेजहरूको प्रयोगलाई सहज र व्यवस्थित बनाउन काउन्सिलले कार्यविधि नै बनाएर कार्यान्वयन गरिरहेको छ ।
सोही आधारमा अनलाइन मिडियाका सामाजिक सञ्जाल अकाउन्टबाट प्रसारण भएका सामाग्री विरुद्ध आउने उजुरी र स्वःअनुगमनका आधारमा पत्रकार आचारसंहिताको व्यवस्थाअनुसार काउन्सिलले कारबाही गरिरहेको काउन्सिलले स्मरण गराएको छ । कुनै सञ्चार माध्यममा प्रसार भएका समाचार सामग्रीबाट मर्का पर्ने पक्षले काउन्सिलमा उजुरी गर्न सक्ने व्यवस्था पत्रकार आचारसंहिताले गरेको समेत काउन्सिलले उल्लेख गरेको छ ।
एक पटक प्रकाशित सामग्री प्रकाशन पश्चात् हटाउन नसकिने व्यवस्था आचारसंहिताले गरेको उल्लेख गर्दै काउन्सिलले भनेको छ, “पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६) को दफा ५(८) अनुसार अनलाइन सञ्चार माध्यमले एक पटक प्रकाशित सामग्री प्रकाशन पश्चात् हटाउन (Post Delete गर्न) नहुने, तर असावधानीवस पोस्ट हुन गएका गम्भीर क्षति पुर्याउने खालका सामग्री हटाउँदा त्यस्तो सामग्रीको प्रकृति खुलाइ क्षमायाचना गर्नुपर्ने व्यवस्था रहेको छ । आचारसंहिताको दफा १४ मा ‘काउन्सिलले सञ्चार माध्यमको रूपमा अभिलेख नभएका अनलाइन र पत्रकार एवं सञ्चार माध्यमले प्रयोग गर्ने सामाजिक सञ्जालमा प्रवाह भएका सामग्रीको प्रवृत्तिगत अध्ययन गर्न सक्नेछ’ भन्ने व्यवस्था समेत रहेको छ ।”
पछिल्लो अध्यावधिक: जेठ २९, २०८२ २०:२९
सामाग्री श्रोत :
टेक पाना