२०८२ कार्तिक १ शुक्रबार
२०८२ कार्तिक १ शुक्रबार

काठमाडौं- स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बीमा गरेका नागरिकहरूले आफ्नो बीमालेख समयमै नविकरण गर्न स्वास्थ्य बीमा बोर्डले अनुरोध गरेको छ। बोर्डले सोमबार सार्वजनिक सूचना प्रकाशित गर्दै  ‘स्वास्थ्य बीमा कार्यक्रम आबद्ध नागरिकको बीमालेख नविकरण गर्ने कार्यविधि  २०८२” अनुसार सेवा लिन चाहने नागरिकहरूले तोकिएको म्यादभित्र बीमा नविकरण गर्नुपर्ने स्पष्ट पारेको छ।

बोर्डका जनस्वास्थ्य अधिकृत  विकेश मल्लद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ,’कार्यविधि स्वीकृत भई लागूमा आएकोले यो सूचना प्रकाशन गरिएको हो। म्यादभित्र नविकरण नगरेमा अतिरिक्त शुल्क लाग्ने र सह-भुक्तानीमा छुटको सुविधा नपाइने जानकारी गराइन्छ।’


यस्तो छ कार्यविधि 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । एउटा कमजोर पासवर्डका कारण १५८ वर्ष पुरानो कम्पनी तहसनहस बन्न पुगेको तथ्य बाहिरिएको छ । सन् २०२३ मा भएको साइबर आक्रमणका कारण बेलायतको यातायात कम्पनी केएनपी (KNP) बर्बाद हुँदा ७०० जना कर्मचारी समेत बेरोजगार बन्न पुगेका थिए ।

नर्थह्याम्प्टनशायरको यातायात कम्पनी केएनपीले ‘नाइट्स अफ ओल्ड’ ब्रान्डमा ५०० लरी चलाउँथ्यो । उसको भनाईमा कम्पनीको आईटी सिस्टम उद्योगको मापदण्ड अनुरूपकै रहेको थियो र साइबर-आक्रमण सम्बन्धी बीमा समेत गरिएको थियो । तर साइबर आक्रमणको शिकार बनेपछि सधैँका लागि बन्द हुन पुग्यो ।

सन् २०२३ मा अकिरा नामक ह्याकरहरूको समूह कम्पनीको प्रणालीमा प्रवेश गर्‍यो । ह्याकरहरू एक कर्मचारीको पासवर्ड अनुमान लगाएर कम्प्युटर प्रणालीमा प्रवेश गरेको मानिन्छ ।

त्यसपछि उनीहरूले कम्पनीको डेटा इन्क्रिप्ट गरे र आन्तरिक प्रणालीहरू लक गरी दिए । ह्याकरहरूले डेटा फिर्ता गर्न फिरौती माग गरे, जसको रकम ५० लाख युरो (करिब ८० करोड नेपाली रुपैयाँ) रहेको थियो ।

“यदि तपाईँले यो पढिरहनु भएको छ भने यसको मतलब तपाईँको कम्पनीको आन्तरिक पूर्वाधार पूर्णरूपमा वा आंशिक रूपमा ध्वस्त भइसकेको छ… आउ, सबै आँसु र रिसलाई आफूभित्रै राँखेर एक सकारात्मक संवाद सुरु गर्ने प्रयास गरौँ,” फिरौतीको नोटमा लेखिएको थियो।

तर, केएनपीसँग त्यो रकम थिएन, जसले गर्दा सबै डेटा हरायो र कम्पनी डुब्यो । परिणामस्वरूप ७०० जनाले रोजगारी गुमाए । केएनपीका निर्देशक पल एबटले पासवर्डका कारण कम्पनी डुबेको कुरा सम्बन्धित कर्मचारीलाई बताएका छैनन् ।

बढ्दो फिरौतीको अपराध ह्याकरहरूका लागि लाभदायक भएकाले यसले राष्ट्रिय सुरक्षाको खतरा उत्पन्न गरेको छ । गत वर्ष बेलायतका व्यवसायहरूमा १९ हजार र्‍यानसमवेयर आक्रमण भएको सरकारको साइबर सुरक्षा सर्भेमा उल्लेख छ । जसमा सामान्यतः फिरौती रकम करिब ४० लाख युरो (करिब ६४ करोड रुपैयाँ) हुने गरेको र करिब एक तिहाइ कम्पनीहरूले फिरौती तिर्ने गरेको अनुसन्धानले देखाएको बीबीसीमा उल्लेख छ ।

राष्ट्रिय अपराध एजेन्सीकी सुजान ग्रिमरका अनुसार हप्तामा ३५-४० ह्याकिङका घटना हुने गरेका छन् । बेलायतका लागि र्‍यान्समवेयर आक्रमणका हिसाबले यो अहिलेसम्मकै सबैभन्दा खराब वर्ष हुने भविष्यवाणी उनले गरेकी छन् । ह्याकिङ अहिले पहिलेभन्दा सजिलो हुँदै गएको छ । केही रणनीतिहरूमा कम्प्युटर पनि समावेश हुँदैनन् । आईटी हेल्पडेस्कमा फोन गरेर झुक्याएर पहुँच प्राप्त गर्नुलाई त्यसैको एक उदाहरणको रूपमा लिन सकिन्छ ।

केएनपीका पल एबट अचेल अन्य व्यवसायहरूलाई साइबर खतराको बारेमा सावधानी अपनाउनु पर्ने भाषण दिन्छन् । कम्पनीहरूले आफूसँग अप-टु-डेट आईटी सुरक्षा छ भनेर प्रमाणित गर्नुपर्ने, गाडीको वार्षिक प्राविधिक जाँच गरे जस्तै एक साइबर-एमओटी हुनुपर्ने उनको सुझाव छ ।

बेलायतका कयौँ व्यवसायहरू पछिल्लो समय साइबर आक्रमणको निशानामा परेका छन् । जसमा एम एन्ड एस (M&S), को-अप (Co-op) र ह्यारोड्स (Harrods) जस्ता कम्पनीहरू समेत छन् ।

पछिल्लो अध्यावधिक: साउन ५, २०८२ १७:४३





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ । ‘सिधा कुरा’ डटकमको कार्यक्रम ‘डार्क फाइल’मा फेक अडियो पठाएको मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भई फरार रहेका राजकुमार तिम्सिना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले आइतबार तिमल्सिनालाई इटहरीबाट नियन्त्रणमा लिएको हो । 

अदालतका उप-रजिस्ट्रार गोविन्दप्रसाद घिमिरेको प्रतिवेदन जाहेरीपछि नेपाल सरकार वादी भएको मुद्दामा सर्वोच्च अदालतले तिम्सिनालाई दोषी ठहर गरेको थियो । अदालतको ‘०८०-CF-००१२’ नम्बरको उक्त मुद्दामा उनलाई छ महिना कैद सजाय तोकिए पनि उनी फरार थिए …
सामाग्री श्रोत :
टेक पाना

पोखरा- पोखरामा एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पोखराको चरक अस्पतालमा उपचाररत ७४ वर्षीय ती महिलामा कोरोना संक्रमणका साथै अन्य समस्या समेत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

असार २५ गते स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी उनमा कोरोना संक्रमण समेत पुष्टि भएको थियो। 
कोरोनाको संक्रमणपछि अस्पताल भर्ना भएकी उनको निमोनिया समेत हुँदा मृत्यु भएको बताइएको छ। 

उच्च रक्तचाप, मधुमेह र दमको समस्या पनि उनमा थिए।  साउन ४ गते  ती महिलाको मृत्यु भएको थियो।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । आफूलाई नेपालको पेम्बा शेर्पा दाबी गर्दै उत्तर कोरियाली स्क्यामरले अमेरिकी ब्लकचेन कम्पनी स्टार्टर ल्याब्सलाई करोडौंको चुना लगाएको घटना सतहमा आएको छ । झन्डै २० महिनासम्म इमानदारीका साथ रिमोट्ली काम गरेका ती व्यक्तिले कम्पनीको विश्वास जिते । र, प्रमुख प्राविधिक अधिकृत (सीटीओ) जस्तो महत्त्वपूर्ण पदको जिम्मेवारी पाए । यहीबिच उनले विस्तारै कम्पनीको जिम्मामा भएको क्रिप्टो एसेट आफ्नो नाममा सार्दै गए । र, अन्ततः लाखौं डलरको क्रिप्टो हात पारे । 

वाल स्ट्रिट जर्नलले ३० जुनमा प्रकाशित गरेको रिपोर्ट, अदालतमा दर्ता भएको अभियोगपत्र र एफबीआईको सूचनाका आधारमा ती व्यक्ति कसरी कम्पनीमा जोडिए, कसरी कम्पनीको विश्वास जिते र अन्ततः महत्त्वपूर्ण जिम्मेवारी पाएर कम्पनीलाई करोडौं रुपैयाँको चुना लगाए भन्ने विषय यहाँ चर्चा गरिएको छ: 

घटनाको सङ्क्षिप्त विवरण र अहिलेको अवस्था

सुरुमा पेम्बा शेर्पा एक उत्कृष्ट कर्मचारी जस्ता देखिन्थे । काम गर्न उत्सुक उनले आफ्ना हाकिम ‘मार्लोन विलियम्स’लाई प्रभावित पार्न प्रतिघण्टा ३५ डलरको ज्यालामा कोडरको रूपमा काम सुरु गरे । र, एउटा एप सुधारे । कम ज्याला लिएर यति राम्रो काम गरे कि, त्यहींबाट विलियम्स प्रभावित भए । यही देखेर विलियम्सलाई शेर्पाप्रति विश्वास बढ्दै गयो । तर, केही वर्षपछि कम्पनीको हिसाबकिताबमा केही रकम तलमाथि भएको देखिएपछि विलियम्सले शेर्पालाई एक धोकेबाज ठानेर कामबाट निकालिदिए ।

स्टार्टर ल्याब्सका संस्थापक तथा सीईओ मार्लोन विलियम्स


सोमबार, २३ जुनमा अमेरिकी अनुसन्धान एजेन्सी फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई)ले उनीमाथि अझै खतरनाक व्यक्ति भएको आरोप लगाए । अदालती कागजात र साइबर अनुसन्धानकर्ताका अनुसार आफूलाई शेर्पा बताउने ती व्यक्ति वास्तवमा किम क्वाङ जिन थिए । उनले नेपाली नागरिक पेम्बा शेर्पा भएको पुष्टि गर्न आइडेन्टिटी थेफ्ट (पहिचान चोरी) माध्यम प्रयोग गरेका थिए । तर, वास्तवमा उनी एक उत्तर कोरियाली साइबर अपराधी थिए । उनी कडा प्रतिबन्ध झेलिरहेको आफ्नो सरकारका लागि पैसा कमाउने उपायको खोजीमा संसार घुम्ने समूहका सदस्य थिए । 

उनीहरूको मुख्य शैली भनेकै तलब खाने र आफ्ना रोजगारदाता कम्पनीबाटै रकम चोरी गर्ने थियो । वाल स्ट्रिट जर्नलमा ती कोरियाली स्क्यामरले आफूलाई नेपाली पेम्बा शेर्पा भएको देखाउन आइडेन्टी थेफ्ट माध्यम प्रयोग गरेको उल्लेख गरेको छ । यो भन्नाले अरू कसैको व्यक्तिगत जानकारी (जस्तै: नाम, नागरिकता नम्बर, बैंक खाता, पासवर्ड आदि) चोरी गरेर त्यसको गलत प्रयोग गर्नु हो । ती उत्तर कोरियाली स्क्यामरले कुन व्यक्तिगत जानकारीका आधारमा आफूलाई नेपाली पेम्बा शेर्पा देखाए भन्ने विवरण बाहिर आएको छैन । २४ जुनमा ती स्क्यामरसहित अन्य चार व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरूबारे सूचना दिने व्यक्तिलाई ५० लाख अमेरिकी डलर पुरस्कार दिने एफबीआईले जनाएको छ ।

एफबीआईका विशेष एजेन्ट डेनियल पोल्कले वाल स्ट्रिट जर्नललाई भने, “यो कुनै सामान्य ठगी थिएन, यो एक लामो र योजनाबद्ध धोका थियो ।”

२४ जुनमा सार्वजनिक गरिएको संघीय अभियोगपत्रमा जिन र उनका तीन सहयोगी (जो सबै उत्तर कोरियाली हुन्)लाई वायर फ्रड (तारकीय जालसाजी) र मनी लाउन्ड्रिङ (सम्पत्ति शुद्धीकरण)को पाँच ओटा अभियोग लगाइएको छ । अभियोग लाग्ने अन्य व्यक्तिमा काङ ताए बोक, जोङ पोङ जु र चाङ नाम इल छन् ।

ती व्यक्तिहरू अझै फरार छन् । तर एफबीआई र जस्टिस डिपार्टमेन्टका अधिकारीले उनीहरूलाई पक्राउ गर्ने मौका खोजिरहेको वाल स्ट्रिट जर्नललाई बताएका छन् । 


विलियम्सका अनुसार उनले शेर्पा र उनका सहयोगीलाई २० महिनामा करिब चार लाख डलर तलब दिएका थिए । ती कामदारले आफूमाथि कम्पनीले गरेको विश्वासको दुरुपयोग गरेर १० लाख डलरभन्दा बढीको क्रिप्टोकरेन्सी पनि चोरेको उनले बताए ।

“मलाई थाहै थिएन यो किन भयो,” विलियम्सले भने, “मैले त यो कुनै असन्तुष्ट कर्मचारीको काम हो सोचेको थिएँ ।” 

कसरी विलियम्ससँग जोडिए पेम्बा शेर्पा ?

‘शेर्पा’ नामको यो ठगीको लागि विलियम्स उपयुक्त निशाना थिए । क्रिप्टोकरेन्सीका कट्टर विश्वासी भएकाले रिमोट वर्क (भौतिक रूपमा कार्यालय नगई घरबाटै अनलाइनमार्फत गरिने काम) र गुमनाम रहनु विलियम्सको दुनियाँमा सामान्य थियो । त्यसैले उनलाई संसारको अर्को कुनामा बस्ने, कहिल्यै नभेटेको कोडरलाई काममा राख्न कुनै आपत्ति थिएन ।

विलियम्सले पहिलो पटक अगस्ट २०२० कोभिड महामारीको उत्कर्षमा शेर्पाबारे सुनेका थिए । शेर्पाले टेलिग्रामको एउटा ‘डिस्कसन ग्रुप’मा सम्पर्क गरेका थिए । त्यतिबेला उनी काम खोजिरहेका थिए ।

“आशा छ तपाईं सबै सञ्चै अनि सुरक्षित हुनुहुन्छ,” उनले सम्बोधन गर्दै लेखेका थिए, “म पेम्बा, ७ वर्षभन्दा बढीको व्यावसायिक अनुभव भएको एक सिनियर फुल-स्ट्याक इन्जिनियर हुँ ।”

शेर्पाको मेसेजलाई कसैले वास्ता गरेन तर उनी निरन्तर लागिरहे । उनले विलियम्सलाई सिधै मेसेज पठाउन थाले । विलियम्सले भने, “उनको लिङ्क्डइन प्रोफाइल र गिटहब अकाउन्ट निकै राम्रोसँग बनाइएको थियो ।”

एक महिनापछि विलियम्सलाई एक सफ्टवेयर डेभलपरको आवश्यकता पर्‍यो । उनले पेम्बालाई सम्झिए र मेसेज रिप्लाई गरे ।

 

“हेल्लो, मसँग एउटा प्रोजेक्ट छ जसमा तिम्रो मद्दत चाहिन सक्छ,” उनले मेसेजमा लेखे । त्यसपछि उनीहरूबिच केही परिचयको काम भयो र शेर्पा काममा लागे । शेर्पाले गरेका काम उत्कृष्ट हुन्थे । उनले तत्कालै एउटा क्रिप्टो प्रोजेक्टको युजर इन्टरफेरको कोड पुनः लेखेर सुधारिदिए । 

अक्टोबरतिर विलियम्स आफ्नो अर्को ठुलो योजनाको लागि डेभलपर खोजिरहेका थिए । शेर्पाको कामबाट प्रभावित विलियन्सले उनैलाई काममा राखे ।

विलियम्स क्रिप्टो पारखी थिए । सन् २०१८ देखि एटलान्टाको क्रिप्टोकरेन्सी कम्युनिटीमा उनी सक्रिय पनि थिए । सन् २०२० सम्म आइपुग्दा उनले क्रिप्टो क्षेत्रमा ठूलो समस्याको रूपमा देखिएको ‘रग पुल’ (rug pull) नामक एक प्रकारको ठगी घटाउने उपाय फेला पारेका थिए । यो त्यस्तो किसिमको ठगी हो जहाँ सबैभन्दा पहिले गलत नियत भएको सफ्टवेयर डेभलपरले आकर्षक देखिने प्रोजेक्ट तयार गर्छ । र, त्यसलाई सुरु गर्न भन्दै लगानीकर्ताबाट लगानी (seed investment) उठाउँछ । यस्तोमा हजारौं डलरसम्म लगानी उठ्छ । तर, कोड निर्माण गर्नुको सट्टा ती डेभलपर पैसा लिएर फरार हुन्छन् ।

यस समस्यालाई समाधान गर्न उनले ‘स्टार्टर ल्याब्स’ (Starter Labs) नामक कम्पनी स्थापना गरेका थिए । सो कम्पनी स्मार्ट कन्ट्र्याक्टको प्रणाली प्रयोगमा ल्याएको थियो । यो यस्तो प्रणाली हो, जसले सफ्टवेयर डेभलपरले आवश्यक कोड नबुझाएसम्म लगानीकर्ताको पैसा उनीहरूलाई नपुग्ने व्यवस्था सुनिश्चित गर्छ । हालसम्म यस प्रोजेक्टमार्फत चार करोड ५० लाख डलरभन्दा बढीको लगानी व्यवस्थापन गरिएको विलियम्सले बताए ।

विलियम्सको क्षेत्रमा अर्थात् प्रविधि क्षेत्रमा डेभलपर प्रायः छद्म नाम प्रयोग गरेर काम गर्छन् । उनी भन्छन्, “कसैलाई भेट्दा उसको नाम ‘जोनी रकेट’ हुनु कुनै अनौठो कुरा होइन ।”

अनलाइन कुराकानीमा शेर्पाले कम्पनीको विश्वास जित्न आफ्नो व्यक्तिगत जीवनबारे केही कुरा खोलेका थिए । उनले आफू संयुक्त अरब इमिरेट्सको युनिभर्सिटी अफ शारजाहका ग्राजुएट गरेको बताएका थिए । ४० वर्ष पुग्नै आटेका शेर्पाकी एक प्रेमिका थिइन् । उनलाई शेर्पा मलहरूमा लग्न रुचाउँथे । विलियम्सले शेर्पाले दिएको परिचयबारे चर्चा गर्दै भने, “उनका बुबा नेपालका थिए, आमा कोरियाली । उनी कोरियामा हुर्केका थिए तर पछि दुबई सरे ।”

सुरुमा शेर्पालाई क्रिप्टोकरेन्सी स्मार्ट कन्ट्र्याक्टको जटिल संसारबारे धेरै थाहा थिएन । त्यसैले विलियम्स आफैंले ‘सोलिडिटी’ (Solidity) नामक प्रोग्रामिङ भाषा प्रयोग गरेर कोडिङ गर्थे । तर एक दिन, मार्च २०२१ मा शेर्पाले आफूले आफ्नो क्षमता बढाएको बताए । उनले विलियम्सलाई चकित पार्दै भने, “मैले पछिल्लो एक महिना जति सोलिडिटी सिक्नमा बिताएँ र मलाई लाग्छ अब म यसमा साँच्चै राम्रो भएको छु ।”

विलियम्सले शेर्पालाई एउटा ‘लकर’ (locker) अर्थात् स्मार्ट कन्ट्र्याक्टमा टोकन सुरक्षित गर्ने तरिका डेभलप गर्न लगाए । त्यसको केही समयमै शेर्पाले कोड तयार पारिदिए । उक्त कोडमा एउटा पनि त्रुटी थिएन । यो यति कुशलतापूर्वक लेखिएको थियो कि त्यो विलियम्सले कहिल्यै कल्पना नै गरेका थिएनन् । शेर्पाले गरेको कामले विलियम्सको धेरै समय बचत गर्‍यो । विलियम्सले भने, “उनले साँच्चै गज्जबको काम गरे ।”

कामबाट प्रभावित भएर शेर्पालाई सीटीओको जिम्मेवारी !

शेर्पाको काम, लगनशिलता र इमानदारीताबाट प्रभावि भएर सन् २०२१ को जुन/जुलाईतिर विलियम्सले शेर्पालाई आफ्नो १२ जनाको कम्पनीको प्रमुख प्रविधि अधिकृत (सीटीओ) बनाए । अब शेर्पा व्यवस्थापनमा थिए र उनले आफ्नै कोडरहरू ल्याउन थाले ।

तीमध्ये एकजनाको नाम ‘पेस्ट्री बेकर’ (Pastry Baker) थियो । शेर्पाले उनी आफ्नो काकाको छोरा भएको बताएका थिए । अभियोगपत्र र विलियम्सले दिएको जानकारीको आधारमा उनी वास्तवमा ‘जोङ पोङ जु’ भएको खुल्यो ।

सेक्युरिटी फर्म पालो अल्टो नेटवर्क्सका परामर्श निर्देशक इभान गोर्डेनकरका अनुसार केही उत्तर कोरियाली आईटी कामदार कठिन परिस्थितिमा काम गर्छन्, जहाँ उनीहरूलाई निरन्तर निगरानीमा राखेर दिनको १७ घण्टासम्म काम लगाइन्छ ।

तर शेर्पाको समूहलाई भने बढी स्वायत्तता देखिन्थ्यो ।

गत वर्षदेखि केही अनुसन्धानकर्ताले शेर्पा र अन्य उत्तर कोरियाली आईटी कामदारबारे जानकारी पोस्ट गर्न थाले । उनीहरूले लाओसको १४ कोठे एयरबीएनबी, रुसको भ्लादिभोस्तोकमा रेस्टुरेन्ट र खेलकुद कार्यक्रममा खिचिएका उनीहरूका तस्बिर पनि सार्वजनिक गरेका थिए । ब्लकचेन एनालिटिक्स कम्पनी टीआरएम ल्याब्सका अनुसार यस टिमले उत्तर कोरियाका लागि वार्षिक कम्तीमा एक करोड डलर आम्दानी गरिरहेको थियो ।

गोर्डेनकरले भने, “उनीहरू आजसम्म पनि धेरै क्रिप्टो फर्ममा कार्यरत छन् ।”

विलियम्सलाई शेर्पा वास्तवमा उनको टोलीका सदस्यको एउटा संयुक्त रूप लाग्थ्यो । अर्थात् शेर्पा कुनै एक व्यक्ति नभई धेरै सदस्यको गुण र अनुभव मिसाएर बनाइएको एक पात्र जस्तो महसुस हुन्थ्यो । कहिलेकाहीँ शेर्पाले उनीहरूबिच विगतमा भएका कुराकानी बिर्सेको जस्तो गर्थे । “मेरो मनमा केही कुरा खट्किन्थ्यो,” विलियम्स सम्झन्छन् । 

सीटीओका रूपमा शेर्पाले आफूलाई स्टार्टर ल्याब्सको आर्थिक गतिविधिमा सामेल गराउन सके । विलियम्सका अनुसार लगानीकर्ताले प्रोजेक्टमा जम्मा गरेको रकममा शेर्पाको पहुँच हुन्थ्यो । सन् २०२१ को अन्त्यसम्ममा उनले आफ्नो वालेटबाट पाँच लाख डलरभन्दा बढी रकम कुनै समस्या बिना ट्रान्सफर गरिसकेका थिए । “मैले उनलाई झन्-झन् विश्वास गर्न थालेँ,” विलियम्सले भने, “मेरो मनमा, हामी साथी बनिसकेका थियौं ।”

अनि गुम्दै गयो विश्वास

अक्टोबर २०२१ मा एउटा प्रोजेक्टबाट ३० हजार अमेरिकी डलर हराएपछि विलियम्सले शेर्पामाथिको विश्वास गुमाउन थाले । तर शेर्पाको वालेट धेरै प्रोजेक्टसँग जोडिएको हुनाले उनले शेर्पालाई तत्कालै हटाउन सकेनन् । शेर्पा र विलियम्सबिचको सम्बन्ध टुङ्ग्याउन महिनौं लाग्यो । तर, मार्चसम्म आइपुग्दा सबै कुरा बिग्रियो ।

शेर्पाले सयौं हजार डलर झिके र ‘मनि लाउन्ड्रिङ’ गर्न खोले । सुरुमा शेर्पाले प्राविधिक गडबडीका कारण यस्तो भएको बताए । र आफूलाई निर्दोष भएको भान पार्न अनेक तर्क गरे । त्यसपछि उनले यसको दोष पेस्ट्री बेकर (आफ्ना काकाका छोरा भनिएका व्यक्ति)लाई दिए, तर विलियम्सले पत्याएनन् । “त्यसको केही समयपछि उनले हाम्रा सबै च्याट डिलिट गरे,” विलियम्सले भने । त्यसपछि उनले आफ्नो लिङ्क्डइन प्रोफाइल पनि हटाए र बेपत्ता भए । 

विलियम्सको हातमा एफबीआईको सूचना

विलियम्सले एफबीआईमा यस ठगीबारे उजुरी दिए । उनले दुबईमा एक नीजि अनुसन्धानकर्तालाई शेर्पाबारे जानकारी पत्ता लगाउन लगाए । ३० हजार डलर हराएपछि एकाएक शेर्पाको व्यवहारमा परिवर्तन आएको थियो । तर, विलियम्स यसमा शेर्पाकै हात छ भन्नेमा विश्वस्त थिएनन् । उनी भन्छन्, “मैले त यो कुनै असन्तुष्ट कर्मचारीले गरेको काम हो सोचेको थिएँ ।”

ह्याक भएको लगभग तीन वर्षपछि एफबीआईले विलियम्सलाई नयाँ जानकारीसहित सम्पर्क गर्‍यो । विलियम्सलाई एफबीआईले भन्यो, “हामी तपाईंको कुनै रकम फिर्ता ल्याउन नसकौंला, तर हामीलाई यो कसले गर्‍यो भन्ने थाहा छ । वास्तवमा तपाईंको कम्पनीमा काम गर्ने शेर्पा र उनले काममा राखेका कोडरको एउटा समूह थियो । यो सबै उत्तर कोरियाली आईटी कामदारले गरेका हुन् ।”

कुनै समय ‘एनोनिमिटी कल्चर’लाई बढी महत्त्व दिने विलियम्सलाई अहिले विश्वास नै लाग्न छोडेको छ । “म अब कहिल्यै पनि नचिनेको डेभलपरसँग काम गर्ने छैन,” उनले भने, “मैले काम गर्ने व्यक्ति उनको श्रीमती, परिवार, छोराछोरीलाई देख्नैपर्छ । र, सँगै खाना खाएकै हुनुपर्छ ।”

पछिल्लो अध्यावधिक: साउन ५, २०८२ १५:५०





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं- एक वर्ष पूरा गरेको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पत्रकार सम्मेलन गरेका छन्।  उनले पत्रकार सम्मेलनमा विगत एक वर्षभित्रका उपलब्धिहरू र आगामी योजनाहरू सार्वजनिक गरेका हुन्। 

मन्त्री पौडेलका अनुसार, मन्त्रालयको जिम्मेवारी सम्हाल्दा आर्थिक वर्ष २०८१/०८२ का नीति तथा कार्यक्रम तथा बजेट पहिल्यै तय भइसकेको हुँदा नयाँ योजनाहरू ल्याउने अवसर सीमित थियो। तथापि, विनियोजित बजेट भित्र रहेर पनि स्वास्थ्य सेवा प्रभावकारी बनाउने, दीर्घकालीन सुधारको मार्गचित्र कोर्ने र नागरिकलाई लक्षित सेवा प्रवाहमा केन्द्रित हुने उद्देश्यसहित मन्त्रालयले कार्य अघि बढाएको उल्लेख गरेका छन् । 

मन्त्रालयले गत २०८१ सालको श्रावण २७ गते सार्वजनिक गरेको विस्तृत कार्ययोजनाका आधारमा प्राथमिकताका क्षेत्रहरू निर्धारण गरेको थियो। बजेटको सीमितताका बाबजुद विभिन्न दातृ निकाय र विकास साझेदारसँग समन्वय गरी अतिरिक्त स्रोत जुटाउन सफल भएको मन्त्रालयले जनाएको छ। मन्त्री पौडेलले भने, ‘हाम्रो एक मात्र ध्येय  सबै नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु र जनसंख्या व्यवस्थापनमा सशक्त भूमिका खेल्नु हो।’

गत वर्ष थालिएका कतिपय योजनाले नागरिकको दैनिक जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको उनको दाबी छ। स्वास्थ्य पूर्वाधारको सुदृढीकरण, औषधि आपूर्ति प्रणालीमा सुधार, मातृ तथा शिशु स्वास्थ्यमा लक्षित कार्यक्रम, दूरदराजका बासिन्दाका लागि मोबाइल स्वास्थ्य सेवा, र प्रविधिमार्फत सेवा पहुँच विस्तारका केही मुख्य पहलहरू रहेका छन्।

आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि मन्त्रालयले ती दीर्घकालीन सोच भएका योजनाहरूलाई निरन्तरता दिने र स्वास्थ्य तथा जनसंख्यामा सन्तुलन ल्याउने दीर्घकालीन दृष्टिकोणमा आधारित नयाँ कार्यक्रमहरू समेत अगाडि बढाउने उनले बताएका छन्। ु

यस्तो छ उनले एक वर्षको अवसरमा प्रस्तुत गरेको वक्तव्य

आदरणीय पत्रकार मित्रहरू, 
यहाँहरू सबैलाई मेरो हार्दिक नमस्कार।

हामीले गत असार ३१ गते वर्तमान सरकारको एक वर्ष पूरा गरेका छौँ। आज, हामी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा रहेर गत एक वर्षमा गरेका प्रयासहरूबाट हासिल भएका उपलब्धिहरू र आगामी दिशानिर्देशबारे यहाँहरूमार्फत आम जनसमुदायलाई जानकारी गराउन उपस्थित भएका छौँ। 

जब हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गर्‍यौँ, त्यस समयमा आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र वार्षिक बजेट पूर्ण रूपमा तय भइसकेको थियो। जसका कारण हामीसँग नयाँ योजना तथा कार्यक्रमहरू समावेश गर्ने अवसर अत्यन्तै सीमित थियो। यद्यपि, हामीले विनियोजित बजेट तथा कार्यक्रमको निर्धारित सीमाभित्र रहेरै आम नागरिकलाई स्वास्थ्य सेवाको अधिकतम लाभ पुर्‍याउने संकल्पका साथै स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रको दीर्घकालीन सुधारका लागि मार्गचित्र कोर्यौं। सोही अनुरूप, मन्त्रीको जिम्मेवारी सम्हालेको केही दिनमा गत २०८१ श्रावण २७ गते यसै गरी एक पत्रकार सम्मेलन आयोजना गरी हाम्रा प्राथमिकताका क्षेत्रहरू समेटिएको एक विस्तृत कार्ययोजना सार्वजनिक गरेका थियौँ।

बजेटको विद्यमान सीमाका बावजुद पनि हामीले अतिरिक्त स्रोत र साधनको व्यवस्थापन गर्न अथक प्रयास गर्‍यौँ। विभिन्न दातृ निकाय, विकास साझेदारहरू र सरकारी संयन्त्रहरूसँगको निरन्तर संवाद र सहकार्यबाट केही थप स्रोत जुटाउन सफल भयौँ। हाम्रो एक मात्र ध्येय  – सबैको लागि गुणस्तरीय स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच सुनिश्चित गर्ने र स्वास्थ्य क्षेत्रको सुधारका साथै नेपालको जनसंख्यालाई सन्तुलित, व्यवस्थित र लाभदायी बनाउन विशेष भूमिका खेल्ने। यही पवित्र उद्देश्यका साथ, हामीले केही नवीन र प्रभावकारी पहलहरू थालनी गर्‍यौँ जसले स्वास्थ्य तथा जनसङ्खयाको क्षेत्रमा एक नयाँ र सकारात्मक आयाम थप्ने छ भन्ने हाम्रो रहको विश्वास छ।

हामीले निर्धारण गरेका अधिकांश प्राथमिकताका क्षेत्रहरूमा एक वर्षको यो छोटो अवधिभित्रै उल्लेख्य सफलता हासिल गर्न सफल भएका छौँ। यीमध्ये कतिपय कार्यक्रमहरूले नागरिकको जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पारेका छन्। जनताको स्वास्थ्य जस्तो संवेदनशील विषयमा दीर्घकालीन सोच राख्नु अपरिहार्य छ भन्ने कुरालाई मनन गर्दै ती मध्ये दीर्घकालीन महत्व राख्ने र राष्ट्रिय गौरवसँग जोडिएका विषयवस्तु तथा कार्यक्रमहरूलाई हामीले चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट तथा कार्यक्रममा समेत समावेश गरी निरन्तरता दिएका छौँ। 


हाम्रा यी प्रयासहरू एक्लै सम्भव थिएनन्। हामीले तय गरेका प्राथमिकता प्राप्त क्षेत्रहरूको सफल कार्यान्वयनमा आ-आफ्नो ठाउँबाट अमूल्य सहयोग, साथ र समर्थन प्रदान गर्नुहुने सम्माननीय प्रधानमन्त्रीज्यू, नेपाल सरकारका सबै निकाय, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरू, चिकित्सक एवं स्वास्थ्यकर्मीहरू, राष्ट्रसेवक कर्मचारीहरु, विकास साझेदारहरू, यस क्षेत्रका विज्ञहरु, नागरिक समाज, नेपाली डायस्पोरा र विशेषगरी आम नेपाली दाजुभाई, दिदीबहिनी र यहाँहरू सञ्चारकर्मी मित्रहरूलगायत सम्पूर्णमा म हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्न चाहन्छु।

अब, म एक वर्षको कार्यकालमा हामीले हासिल गरेका केही महत्वपूर्ण उपलब्धिहरूको सारसंक्षेप विवरण यहाँहरू समक्ष प्रस्तुत गर्न चाहन्छु।

१. संवैधानिक दायित्व तथा संघीयता कार्यान्वयन (समन्वय र सहकार्य)
•    संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्न विषयगत समिति र राष्ट्रिय जनस्वास्थ्य समितिलाई क्रियाशील बनाईएको छ।
•    स्वास्थ्य तथा जनसंख्याको सवाल तीन तहका सरकारको समन्वयमा मात्र सम्बोधन हुने तथ्यलाई आत्मसात गर्दै निस्कृय प्राय रहेको विषयगत समितिलाई सक्रिय पारिएको छ। 
•    संघ, प्रदेश तथा स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ बमोजिम विषयगत समितिको बैठकहरू बसी तहगत समस्या र आगामी कार्यदिशा तय गरिएको छ।
संविधान र स्वास्थ्य नीतिहरूले निर्दिष्ट गरेका तहगत अधिकार र जिम्मेवारीमा देखिएका समस्या समाधान गर्न तीनै तहका सरकारबीच संवाद र छलफल मार्फत स्पष्टता ल्याउने प्रयास गरिएको छ।
 समन्वय गरिएका मुख्य विषयहरू
•    तीन तहका सरकारको स्वास्थ्य सम्बन्धी विषयमा रहेका अस्पष्टताहरु प्रष्ट पार्ने र जिम्मेवारी बाडफाट तथा सहकार्यको ढाँचा निर्धारण
•    (५/१०/१५ शय्यायुक्त) आधारभूत अस्पताल संचालन
•    डेंगु नियन्त्रण तथा नसर्ने रोगको स्क्रिनिंग
•    एच. पी. भी. खोप अभियान
•    विपद व्यवस्थापन तथा आपतकालीन पूर्व तयारी एवं प्रतिकार्य
•    कर्मचारी समायोजन तथा व्यवस्थापन
जनस्वास्थ्य समितिः
•    जनस्वास्थ्य सेवा ऐन, २०७५ बमोजिम राष्ट्रिय जनस्वास्थ्य समितिलाई क्रियाशील बनाइएको छ भने आठवटा प्राविधिक उपसमितिहरू गठन गरी कार्य अगाडि बढाइएको छ।
•    विषयगत प्राविधिक उपसमितिले आ-आफ्ना क्षेत्र सुधारका लागि निरन्तर संवाद, परामर्श र मन्त्रालय समक्ष महत्वपूर्ण सिफारिश गरेका छन्। प्राप्त  सिफारिशहरु कार्यान्वयनमा ल्याईएको छ। 
२. मुख्य नीति तथा कानूनी व्यवस्था 
•    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतमा पाँच वर्षभित्र १२००० जनशक्ति थप गर्ने प्रयास स्वरुप हाल २१०० जनशक्ति सहितको  संगठन संरचना सुधार गर्न O&M सर्वेक्षण प्रतिवेदन तयार गरी नेपाल सरकार मन्त्रिपरिषद् समक्ष पेश गर्ने गरी स्वीकृतीको अन्तिम चरणमा रहेको छ।
•    स्वास्थ्य क्षेत्रलाई निर्देशित गर्ने १० वटा महत्वपूर्ण विधेयक तथा विद्यमान ऐनहरुलाई संशोधन गर्ने गरी विधेयकहरूलाई अघि बढाइएको छ।
•    रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक प्रतिनिधि सभामा टेबुल गर्न नेपाल सरकार मन्त्रिपरिषद् समक्ष स्वीकृतिका लागि पेश गरिएको छ। 
•    सूर्तिजन्य पदार्थ नियन्त्रण ऐन (संशोधन) मन्त्रिपरिषदमा पेश गर्ने अन्तिम तयारीमा छन्।
•    औषधि तथा स्वास्थ्य सामग्री विधेयक, प्रत्यायन विधेयक  र स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी ऐन (संशोधन) जस्ताः विधेयकहरू कानून तथा अर्थ मन्त्रालयबाट राय प्राप्त गरी अन्तिम रूप दिने क्रममा छन्।
•    स्वास्थ्य सेवा विधेयक, एकीकृत अस्पताल विकास समिति विधेयक, एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन (संशोधन) जस्ताः महत्वपूर्ण विधेयकहरूको मस्यौदा तयार भई छलफल तथा सार्वजनिक राय संकलनको चरणमा रहेका छन्।
स्वास्थ्य सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन दर्जनभन्दा बढी निर्देशिका/ कार्यविधि/ रणनीति स्वीकृत भएका छन्, 
•    नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने गरी क्यान्सर तथा जलनको उपचार सेवा विस्तार, बिरामीलाई एक अस्पतालबाट अर्कोमा पठाउन राष्ट्रिय बिरामी प्रेषण निर्देशिका, बालबालिकाका लागि एच.पि.भी. खोप सञ्चालन निर्देशिका तथा विद्यालय स्वास्थ्य सेवा निर्देशिका  र नसर्ने रोग नियन्त्रणका लागि मधुमेह, उच्च रक्तचाप परीक्षण अभियान जस्ता एक दर्जनभन्दा बढी महत्वपूर्ण कार्यविधि, निर्देशिका र रणनीतिहरू लागू भइसकेका छन्। 
•    हैजा निवारण योजना र रेविज रोग निवारण रणनीति जस्ताः दूरगामी महत्वका दस्तावेजहरु अर्थ मन्त्रालयको राय सहमतिका लागि पेश भएका छन्।
•    विद्युतीय चिकित्सा अभिलेख (EMR) प्रणाली, आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८१ स्वीकृत गरी लागू गरिएको छ। 
३. स्वास्थ्य बीमा तथा सामाजिक स्वास्थ्य सुरक्षा
•    स्वास्थ्य बीमा ऐन र नियमावली संशोधन गरी अनलाइन नवीकरण र सहज रिफरलको व्यवस्था गरिएको छ।
•    स्वास्थ्य बीमाको बक्यौताका कारण देखिएको समस्या हल गर्न चालू आ.व. मा हालसम्म बाँकी रहेको भुक्तानी दावी रकम परीक्षण गराई यसै आर्थिक वर्षमा फरफारक गर्ने व्यवस्था मिलाईएको छ।
•    नागरिकको सास्ती हटाउन आफू बसेकै स्थानबाट समेत प्रथम बिन्दुको सेवा लिन सकिने व्यवस्था गरिएको छ।
•    प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा प्रथम सेवा विन्दु रहने व्यवस्था गरिएको छ।
•    दीर्घ रोगको उपचारका लागि एक पटक रिफर लिएर गए पछि पुन फलोअपमा जाँदा फेरि रिफर पुर्जा बनाउनु नपर्ने व्यवस्था गरिएको छ।
•    बीमाको म्याद सकिएर नवीकरण गर्नु परेमा घरैबाट अनलाईन मार्फत गर्न सकिने व्यवस्था गरिएको छ।
•    बीमा मार्फत प्राप्त हुने गरी ८ प्रकारका कडा रोग (क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमर) का लागि २ लाख बराबरको उपचार सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ।
•    बीमितले सेवा लिनका लागि बीमा भएको अवधी तीन महिना हुनुपर्ने विगतको व्यवस्था घटाई एक महिनामा झारिएको छ।
४. एकीकृत स्वास्थ्य प्रणाली: पूर्वाधार, जनशक्ति र चिकित्सा शिक्षा 
•    स्वास्थ्य पूर्वाधार निर्माण
o    हालसम्म ११३ वटा आधारभूत अस्पताल निर्माण सम्पन्न भएका छन् भने ५५ वटा अस्पताल सञ्चालनको लागि तयारी अवस्थामा रहेका छन्। छ।
o    चालु आव मा निर्माणाधीन १३७ थप  भई कुल २५० निर्माण संम्पन्न हुनेछन्। आधारभूत अस्पताल निर्माणका लागि रु. ११ अर्ब बजेट व्यवस्था गरिएको छ।
o    स्वास्थ्य संस्था नभएका २५७ वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण गरिएको छ। चालु आ व मा थप २५० वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण गरिनेछ।
o    तीनै तहका सरकारको समन्वयमा सञ्चालन गर्ने गरी “आधारभूत अस्पताल सञ्चालन मापदण्ड, २०८१” जारी गरिएको छ।
o    विगतमा निर्माण सम्पन्न भई सञ्चालनमा नआएका स्वास्थ्य संरचनाहरू; वीपी प्रतिष्ठानको ४०० शय्याको आमा-नवजात शिशु भवन, भक्तपुर छाती रोग अस्पताल सञ्चालन हुने अवस्थामा पुर्याइएको छ।
•    जनशक्ति व्यवस्थापन र परिचालन
o    स्थानीय तहमा समायोजन भई विशेषज्ञ सेवा प्रवाह गर्न नपाएका (MD/ MS) १६० जना विशेषज्ञ चिकित्सक प्रदेश मातहतका अस्पतालमा खटाइएको छ।
o    छात्रवृत्तिका ७५१ जना विशेषज्ञ चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई आवश्यकता अनुसार विभिन्न तहमा खटाइएको छ।
o    लामो समयदेखि रिक्त विशेषज्ञ सहित १५६ पदमा लोक सेवा आयोगबाट स्थायी पदपूर्ति गरी पदस्थापन गरिएको छ।
•    चिकित्सा शिक्षा तथा क्षमता विकास
o    पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा MBBS तहको अध्ययन अध्यापन सुरुवात गरिएको छ।
o    भरतपुर र गेटा अस्पताललाई प्रतिष्ठान बनाई MBBS कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्थापन गरिएको छ।
o    कार्डियोथोरासिक एण्ड भास्कुलर सेवा अस्पताल, अर्थोपेडिक्स एवं ट्रमा सेन्टर अस्पतालको न्युनतम सेवा मापदण्ड स्वीकृत गरी लागू गरिएको छ।
o    न्याम्समा पोष्ट ग्राजुयटतर्फ करिब ४०० सिट र नर्सिङ, एलाइड साइन्सतर्फ सिट थप गरिएको तथा Bachelor in Audiology and Speech Language Pathology (BASLP) र भक्तपुर स्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र मार्फत रिनल ट्रान्सप्लान्ट फेलोसिप जस्ता नयाँ विशिष्टीकृत कार्यक्रम सञ्चालन गरिएको छ।
•    उपकरण व्यवस्थापन
o    बायोमेडिकल औजार उपकरण व्यवस्थापन सूचना प्रणालीको कार्यान्वयनमा ल्याईएको छ।
o    संघीय अस्पतालमा विशिष्टकृत सेवा विस्तारका लागि सिटी स्क्यान, MRI, पेटस्क्यान, क्याथ ल्याब जस्ता अत्याधुनिक उपकरणका लागि बजेट सुनिश्चित गरिएको छ।
उपकरण मर्मत
o    राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा संघीय अस्पतालहरुमा ९०० भन्दा बढी बिग्रिएका उपकरण मर्मत गरी पुन: सञ्चालनमा ल्याइएको छ।
५. डिजिटल हेल्थ 
•    बिरामीको परीक्षण नदोहोरियोस् भन्नका लागि एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली लागू गर्ने तयारीस्वरूप निर्देशिका जारी गरिएको छ।
•    विद्युतीय स्वास्थ्य अभिलेखनका लागि Central Data Repository System/ EHR लागू गरिएको छ।
•    देशभरका ११,२३७ स्वास्थ्य संस्था र करिब ४०,००० स्वास्थ्यकर्मीलाई राष्ट्रिय स्वास्थ्य संस्था एवं स्वास्थ्यकर्मी पञ्जीकरण प्रणालीमा आबद्ध गरिएको छ।
•    चालू आ. व.  मा २२ संघीय अस्पतालमा एक्स रे फिल्म लगायतका प्रतिवेदन विस्थापन गरी  डिजिटल रिपोर्ट उपलब्ध गराउने व्यवस्था मिलाईएको छ।
•    स्वास्थ्य सेवा विभाग अन्तर्गतको औषधि औजार र उपकरणसम्बन्धी अभिलेख व्यवस्था प्रणालीलाई एकीकृत तथ्यांक प्राप्त गरी आर्थिक भार समेत कम गर्न ELMIS बाट सार्वजानिक सम्पत्ति व्यवस्थापन सूचना प्रणाली मा स्थानान्तरण गरिएको छ।
•    Patient Portal र Health ID लागू गर्ने गरी प्रणाली विकास सम्बन्धीको तयारी अन्तिम चरणमा रहेको छ।
६. निरोगी नेपाल, 
•    ‘निरोगी नेपाल’: रोकथाम र प्रवर्द्धनात्मक कार्यक्रम
o    जनस्वास्थ्य अभियान तथा कार्यक्रम
    नसर्ने रोग: फागुन महिनालाई “नसर्ने रोग परीक्षण महिना” घोषणा, आगामी वर्षदेखि राष्ट्रिय कार्यक्रमका रुपमा संचालन गर्न व्यवस्था मिलाइएको छ। सबै स्थानीय तहमा स्क्रिनिंग तथा सचेतना अभियानका लागि आवश्यक स्रोत व्यवस्थापन गरिएको छ।
    डेंगु नियन्त्रण: देशमा हरेक वर्ष धेरै जनधनको क्षति गराउने महामारी डेंगु नियन्त्रणका लागि साउन देखि असोज महिना सम्मै  ‘खोज र नष्ट गर’ अभियानलाई केन्द्रमा राखेर श्रावण महिनालाई “डेंगु सचेतना महिना” घोषणा गरी राष्ट्रिय अभियान सुरु गरिएको छ।
    HPV खोप: १०-१४ वर्षका १४ लाख ६१ हजार ६ सय ५४ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध निःशुल्क खोप प्रदान गरिएको छ। HPV खोपलाई नियमित खोप कार्यक्रममा समावेश गरिएको छ।उक्त खोप अभियानमा लक्ष्यको ८७ प्रतिशतभन्दा बढिलाई यो खोप प्रदान गरिएको छ।
    जनस्वास्थ्यकर्मी परिचालन: ‘म स्वस्थ, मेरो समुदाय स्वस्थ’ कार्यक्रमका लागि चालू आ. व. मा सबै स्थानीय तहमा जनस्वास्थ्यकर्मी परिचालन गर्न बजेटको व्यवस्था गरिएको छ।
    नागरिक आरोग्य कार्यक्रम: आयुर्वेद, योग, ध्यान र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने कार्यक्रमलाई चालू आ. व. मा सबै स्थानीय तहमा विस्तार गरिएको छ।
    विद्यालय स्वास्थ्य: विद्यालय स्वास्थ्य सेवा तथा नर्सिङ्ग कार्यक्रम अन्तर्गत विद्यालय नर्स कार्यक्रम, ‘विद्यालय स्वास्थ्य दूत’ (School Health Ambassador) र स्वास्थ्य प्रवर्द्बनात्मक विद्यालयको को अवधारणाको सुरुवात गरिएको छ।
    मानसिक स्वास्थ्य: स्वास्थ्य सेवा विभागमा छुट्टै युनिट स्थापना तथा चालू आ. व. मा  सबै स्थानीय तहसम्म मानसिक स्वास्थ्य मनोपरामर्श सेवा विस्तार गर्न स्रोत व्यवस्थापन गरी कार्य अघि बढाइएको छ। 
    महामारी तथा विपद् व्यवस्थापन: चालू आ. व. देखि सबै स्थानीय तहमा महामारी तथा स्वास्थ्य आपतकालको पूर्व तयारी एवं प्रतिकार्यका लागि आवश्यक स्रोत व्यवस्थापन गरिएको छ।
o    सुर्तीजन्य पदार्थ नियन्त्रण
    बट्टामा शत प्रतिशत चेतावनीमूलक चित्र छाप्ने निर्देशिका स्वीकृत गरिएको छ।
    सुर्ती नियन्त्रणमा देशले पुर्‍याएको योगदानको कदरस्वरूप विश्व स्वास्थ्य संगठन (WHO) बाट विशेष अवार्ड प्राप्त भएको छ ।
    सुर्ती सेवनको लत त्याग गर्न चाहनेहरूका लागि राष्ट्रिय स्तरमा ‘सुर्ती छाड्ने हेल्प लाइन “११३२” स्थापना गरिएको छ।
•    आयुर्वेद र वैकल्पिक चिकित्सा
o    बुढानिलकण्ठस्थित ‘राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्र’ मा सेवा सञ्चालन गरिएको छ।
o    सिंहदरबार वैद्यखानाको पुनर्संरचना र उत्पादन क्षमता विस्तार गर्न ५ वर्षे रणनीतिक योजना सार्वजनिक गरिएको छ।
o    सिंहदरबार वैद्यखानामा विगतमा १३ प्रकारका औषधी उत्पादन भएकोमा हाल ५४ प्रकारका आयुर्वेद औषधीहरुको उत्पादन भैरहेको छ।
o    आयुर्वेदिक औषधिहरूको गुणस्तर बढाउन र निर्यात प्रवर्द्धन गर्न “औषधी कुशल उत्पादन अभ्यास संहिताको (दोस्रो संशोधन), २०८२” जारी गरिएको छ।
७. गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह र विस्तार 
•    सेवा प्रवाह सुधार तथा पारदर्शिता
o    संघीय अस्पतालमा दुई सिफ्ट ओपिडी तथा विस्तारित सेवा कार्यक्रम लागू गरिएको छ।
o    अस्पतालहरुमा टोकन प्रणाली, अनलाइन टिकट र डिजिटल भुक्तानी जस्ता प्रविधिहरूको विस्तार गरिएको छ।
o    अस्पतालहरूलाई सेवा शुल्क र खाली शय्याको विवरण वेबसाइट तथा सूचना पाटीमा अनिवार्य सार्वजनिक गर्न निर्देशन गरिएको छ।
o    फर्मासिस्ट र फार्मेसी सहायकका लागि पहिचान स्पष्ट गर्न ड्रेस कोडको पालना अनिवार्य गरिएको छ।
•    विशिष्टीकृत सेवाहरूको प्रादेशिक विस्तार
o    सातै प्रदेशका सरकारी अस्पतालहरू मार्फत सेवा प्रदान गर्ने गरि क्यान्सर, मुटुरोग, जलन, मिर्गौला प्रत्यारोपणको सेवा विस्तार गरिएको छ भने सोको निरन्तरका लागि बजेटको व्यवस्थापन गरिएको छ।
•    निःशुल्क उपचार तथा औषधि
o    कान्ती बाल, भक्तपुर क्यान्सर, पाटन अस्पताल र बी पि कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर अस्पतालहरुमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार पूर्णतः निःशुल्क गरिएको छ।
o    संघीय अस्पतालहरुमा पक्षघात (स्ट्रोक), हिमोफिलियाको औषधि निःशुल्क उपलब्ध गराइएको छ।
o    सरकारी अस्पतालहरुमा सिकलसेल एनेमिया तथा थालासेमियाका बिरामीलाई आवश्यक औषधि तथा भ्याक्सिन निःशुल्क गरिएको छ।
•    स्वास्थ्य सूचना र गुनासो सम्बोधन: हेल्लो स्वास्थ्य- “१११५”
o    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र यस मातहतका स्वास्थ्य संस्थाहरूबाट प्रदान हुने सेवाबारे वा कुनै गुनासो भएमा त्यसलाई तत्काल सम्बोधन गर्न हटलाइन सेवा “हेल्लो स्वास्थ्य १११५” को व्यवस्था गरिएको छ।
o    नागरिकले सरकारबाट पाउने निःशुल्क स्वास्थ्य सेवाबारे सूचनाको अभाव भई कुनै पनि कठिनाइ भोग्नु नपरोस् भन्ने उद्देश्यले “निःशुल्क स्वास्थ्य सेवा” का सम्पूर्ण जानकारी स्वास्थ्य मन्त्रालयको वेबसाइटमार्फत हेर्ने मिल्ने व्यवस्था गरिएको छ। उक्त वेबसाइटमा निःशुल्क सेवाका प्रकार, सेवा प्राप्त हुने स्थान र आवश्यक पर्ने कागजातहरू जस्ता विवरणका बारेका जानकारी उपलब्ध छ।
•    नयाँ तथा विशिष्टीकृत सेवाहरूको सुरुवात
o    वीर अस्पताल: जलन वार्ड र सर्जिकल आईसीयू सेवा विस्तार गरिएको छ।
o    भक्तपुर क्यान्सर अस्पतालः सिटि स्क्यान, रेडियोथेरापी सेवा र बाल क्यान्सर उपचारका लागि अन्कोलोजी वार्ड स्थापना
o    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान: नशा परीक्षणको (EMG/NCV) अत्याधुनिक सेवा विस्तार गरिएको छ।
o    बीपी प्रतिष्ठान, धरान: बर्न वार्ड, अन्कोलोजी वार्ड र मिल्क बैंक सेवा विस्तार गरिएको छ।
o    परोपकार प्रसूति अस्पताल: निःसन्तान सेवा, सिमुलेसन ल्याब र New Born Screening सेवा विस्तार गरिएको छ ।
o    नारायणी अस्पतालः म्यामोग्राम सेवा र निःसन्तान सेवा सुरुवात
o    भेरी अस्पताल: सिकलसेल उपचार र स्क्रिनिङ युनिट, जलन वार्ड सेवा विस्तार गरिएको छ।
o    भरतपुर अस्पताल: क्याथ ल्याब सेवा विस्तार गरिएको छ।
o    बि पि मेमोरियल क्यान्सर अस्पतालः बोन म्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि व्यवस्था मिलाईएको छ।
o    कोशी अस्पताल: निःसन्तान उपचार र स्पाइनल सर्जरी, थालसेमिया विभागको स्थापना तथा सेवा विस्तार गरिएको छ।
o    जि पि कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र तनहुँ – हेमोडाईलाइसिस सेवा सुरुवात 
o    डडेल्धुरा अस्पतालः प्रसूति सेवा विस्तार र हेमोडाईलाइसिस सेवा विस्तार
o    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (NPHL): नेपालमै सबै किसिमका परीक्षणहरू सम्भव गराई विदेशमा नमुना पठाउनुपर्ने बाध्यता अन्त्य गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमता विस्तारका लागि नयाँ प्रविधि र उपकरण थप गरिएको छ। नेपालमै पहिलोपटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सेवा सुरु गरिएको छ।
o    साथै, नेपालमा सम्भव नहुने क्यान्सर सम्बन्धी जटिल ल्याब परीक्षणहरू राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मार्फत गराउने प्रबन्ध मिलाइएको छ।
•    शहिद धर्मभक्त राष्ट्रिय  प्रत्यारोपण:  
•    वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि स्वास्थ्य सम्बन्धी परामर्श सेवा तथा रोजगारीबाट फर्किए पश्चात् निःशुल्क स्वास्थ्य परीक्षण सेवा सुरुवात गरिएको छ।
•    अङ्ग दान तथा प्राप्तीका लागि अनलाइन प्रणाली सुरु गरिएको साथै मस्तिष्क मृत्यु पश्चात् अंग दान गर्ने परिवारलाई प्रोत्साहन रकम दोब्बर गरी रु. २ लाख पुर्याइएको छ।
८. स्वास्थ्यमा साझेदारी तथा समन्वय 
•    अन्तर्राष्ट्रिय सहकार्य: भारतसँग स्वास्थ्य क्षेत्र र आयुर्वेद क्षेत्रसँग सहकार्य गर्ने समझदारीपत्र नेपाल सरकार मन्त्रिपरिषदबाट स्वीकृत गरिएको छ।
•    प्रवासी नेपाली: स्वास्थ्य क्षेत्रमा प्रवासी नेपालीको ज्ञान र लगानी भित्र्याउन ‘नेपाल हेल्थ कन्क्लेभ’ मार्फत १०-बुँदे प्रतिबद्धता जारी गरिएको छ।
•    अन्य साझेदारी: महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सार्वजनिक यातायातमा निःशुल्क यात्राको लागि यातायात व्यवसायी राष्ट्रिय महासंघसँग सम्झौता गरी लागू गरिएको छ।
o    शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र मार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने खेलाडीहरुको वार्षिक स्वास्थ्य परीक्षण नि:शुल्क गर्ने व्यवस्था मिलाइएको छ।
o    स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका समुह, समुदाय र दुर्गम क्षेत्रमा सेवा पुर्‍याउन, जनशक्ति व्यवस्थापन र सेवा प्रवाहमा प्रतिष्ठान, मेडिकल कलेज र विशिष्टिकृत अस्पताल लगायतसंग साझेदारी र समन्वय गरिएको छ।
o    आँखा स्वास्थ्य सेवाको लागि नेपाल आँखा कार्यक्रम (तिलगंगा आँखा अस्पताल) सँग तहाँ उत्पादिन लेन्सको दश प्रतिशत नेपाल सरकारलाई निःशुल्क उपलब्ध गराउने लगायतका सम्झौता गरिएको छ।
o    नेपालमा आखाँ स्वास्थ्य सेवामा आम नागरिकको सहज पहूँच पुर्याउन नेपाल नेत्रज्योति सङ्घसँग द्बिपक्षीय सहकार्यका लागि सम्झौता भएको छ।
त्रिभुवन विश्वविद्यालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबिच त्रिविका शिक्षक, कर्मचारी र विद्यार्थीहरूले त्रि वि कल्याणकारी कोषको प्रावधान बमोजिम संघीय अस्पतालहरुबाट स्वास्थ्य उपचार सुविधा पाउने गरी १० वर्षका लागि समझदारी पत्र नवीकरण गरिएको छ।
९. जनसङ्ख्या (Population)
•    मानव पूँजीमा आधारित जनसांख्यिक लाभको उपयोग बढाउने,
•    जनसङ्ख्या र विकासबीच तादात्म्यता कायम गरी दिगो विकास हासिल गर्ने,
•    समावेशिता, सामाजिक न्याय र प्रजनन अधिकारमा आधारित समतामूलक समाज निर्माण गर्ने,
•    ज्येष्ठ नागरिकको ज्ञान, सीप र क्षमतालाई अन्तरपुस्ता सञ्चार गर्ने र
•    संस्थागत क्षमता र तथ्याङ्क प्रणाली सुदृढ गरी जनसङ्ख्या व्यवस्थापनलाई प्रभावकारी बनाउने,  गरी
 “राष्ट्रिय जनसंख्या नीति, २०८२” स्वीकृत भएको छ।
अन्त्यमा,
स्वास्थ्य क्षेत्रका गम्भिर समस्या हल गर्दै लैजान तथा यसको दीर्घकालीन सुधार तथा जनसङ्ख्या जस्तो महत्वपूर्ण तर कम चासो दिईएको क्षेत्रको आयामिक सुधारका लागि एक वर्षमा यो स्तरको उपलब्धि हासिल गर्न यहाँहरु सबैले पुर्याएको सहयोगको लागि हार्दिक आभार व्यक्त गर्दछु। स्वास्थ्य क्षेत्रलाई एकीकृत तथा प्रभावकारी बनाई गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा आम नागरिकको सहज पहुँचमा पुर्याउने यस महान अभियानमा यहाँहरुको सहयोग अझ Visible/Tangible हुनेछ भन्ने विश्वास छ। चालु आर्थिक वर्षको अन्त सम्ममा हामीले थालेका सुधारका अभियानले पूर्णता पाई नेपालको स्वास्थ्य क्षेत्र नयाँ उचाईमा पुग्ने विश्वास दिलाउन चाहन्छु।
धन्यवाद!!!
 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । सफ्टवेरिका कलेज अफ आईटी एन्ड ईकमर्सले आयोजना गरेको प्रविधि महोत्सव ‘टेक एक्स: एलिभेट २०२५’ सम्पन्न भएको छ । प्रविधि, उद्यमशीलता र प्रेरणालाई एकै थलोमा ल्याउने उद्देश्यले ३२ असारदेखि ३ साउनसम्म आयोजित महोत्सवमा १० हजारभन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ ।

सञ्चालित महोत्सवमा विद्यार्थीहरूले विकास गरेका २० भन्दा बढी नवीन प्रविधिमूलक परियोजनाहरू प्रदर्शन गरिएका थिए । ‘करुणा’ (रोबोटिक असिस्टेन्ट), ‘मिरा’ (एजुकेसनल रोबोट) र ‘तोमात्रों’ (गोलभेंडा टिप्ने एआई-पाव…
सामाग्री श्रोत :
टेक पाना

 एक वर्ष पूरा गरेको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक पत्रकार सम्मेलनमार्फत विगत एक वर्षभित्रका उपलब्धिहरू र आगामी योजनाहरू सार्वजनिक गरेको छ। मन्त्रीको नेतृत्वमा आयोजित सम्मेलनमा मन्त्रालयले आर्थिक, प्रशासनिक र सेवाप्रवाहका क्षेत्रमा हासिल गरेका उपलब्धिहरू जनसमक्ष प्रस्तुत गर्दै स्वास्थ्य सेवामा आम नागरिकको पहुँच विस्तार गर्न गरिएको प्रयासबारे जानकारी गराइएको हो।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डेमोक्र्याटहरूमाथि अर्को व्यंग्यात्मक प्रहार गर्दै पूर्वराष्ट्रपति बाराक ओबामालाई एफबीआई एजेन्टहरूले पक्राउ गरेको एउटा एआई-निर्मित भिडिओ शेयर गरेका छन् । आइतबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा पोस्ट गरिएको उक्त भिडिओ भाइरल बनेको छ ।

डिपफेक प्रविधि प्रयोग गरेर बनाइएको भिडिओमा ओबामालाई ओभल अफिसभित्रै हतकडी लगाएर लगिएको देखाइएको छ भने ट्रम्प मुस्कुराउँदै हेरिरहेका देखिन्छन् । भिडिओको सुरुमा निवर्तमान राष्ट्रपति जो बाइडेनसहितका डेमोक्र्याटिक नेताहरूले ‘कानुनभन्दा माथि कोही छैन’ भनेको क्लिप समावेश छ, जसलाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरिएको छ ।

ट्रम्पले भिडिओ राखेपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आउन थालेका छन् । ट्रुथ सोसलमा ट्रम्पका समर्थकहरूले यसको प्रशंसा गर्दै ‘यसलाई वास्तविकतामा बदलौं’ जस्ता कमेन्ट गरेका छन् भने आलोचकहरूले भ्रामक, उत्तेजक र खतरनाक भन्दै निन्दा गरेका छन् ।

ओबामाको यो व्यंग्यात्मक भिडिओ यस्तो समयमा सार्वजनिक भएको छ, जतिबेला राष्ट्रिय गुप्तचर निर्देशक (डीएनआई) तुल्सी ग्याबार्डले ओबामा प्रशासनमाथि गम्भीर आरोप लगाएकी छिन् । ग्याबार्डले शुक्रबार सन् २०१६ को चुनावपछि ओबामाका शीर्ष अधिकारीहरूले ‘ट्रम्प-रसिया साँठगाँठ’ को कथा रचेको आश्चर्यजनक र प्रबल प्रमाण आफूसँग रहेको दाबी गरेकी थिइन् ।

यो षड्यन्त्र ट्रम्पलाई राष्ट्रपति बन्नबाट रोक्न गरिएको आरोप लगाइएको छ । ग्याबार्डले ती गोप्य कागजातहरू न्याय विभाग र एफबीआईलाई बुझाउने योजना बनाएको समेत बताएकी छिन् ।

“यसको प्रभाव ऐतिहासिकभन्दा कम छैन,” ग्याबार्डले फक्स न्युजसँगको कुराकानीमा भनिन्, “हामीले प्राप्त गरेका १०० भन्दा बढी कागजातहरूले राष्ट्रपति ट्रम्प निर्वाचित भइसकेपछि ओबामाले कार्यालय छोड्नुभन्दा केही हप्ताअघि कसरी यो देशद्रोही षड्यन्त्रको निर्देशन दिएका थिए भन्ने प्रमाण प्रदान गर्दछ ।”

ओबामा वा उनको तत्कालीन टोलीबाट भने यी आरोपहरूबारे अहिलेसम्म कुनै प्रतिक्रिया आएका छैनन् ।

पछिल्लो अध्यावधिक: साउन ५, २०८२ १४:०





सामाग्री श्रोत :
टेक पाना

Kathmandu: Kathmandu Metropolitan City has published the results of the scholarship entrance exam for grades 11 and 12 for the academic session 2082/083. The exam was held on Saturday at 54 centers for students seeking admission to institutional schools under the scholarship quota.

The results were made public on Sunday. Students can check their results by visiting entrance.kathmandu.gov.np and entering their roll number, date of birth, and password. According to the metropolis&r…
सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट