२०८३ कार्तिक १३ बिहीबार
LATEST NEWS
२०८३ कार्तिक १३ बिहीबार
https://www.facebook.com/NRNA-Cyprus-1477384089020847/
Louis Koutroukides

Louis Koutroukides
Head of HMA
Telephone:- 00357- 99612220
E-mail :- hmaofcyprus@cytanet.com.cy
Address :- Kyprianou Street 32, Limassol, 3041, Cyprus

Facebook :- https://www.facebook.com/LLLLLLOUIS

Facebook Group :- https://www.facebook.com/groups/187576235004232/

लिमासोल / २८ जुलाई
नेपाली हिन्दु महिलाको महान पर्व हरितालिका तीजको अवसरमा चितवन सेवा समाज साइप्रसले तेस्रो बार्षिक उत्सब संगै तीज धमाका कार्यक्रम आयोजना गर्ने भएको छ ।
आगामी अगस्टको अठार तारिक आइतबार निकोसिया स्थित ट्रीकिस प्यालेसमा हुने कार्यक्रममा नेपालका चर्चित गायक प्रकाश सपुत र नवोदित गायक सुरेन ताम्लिंग लिम्बुको सांगीतिक प्रस्तुति हुने समाजले जनाएको छ छ । पछिल्लो समयमा गायक प्रकाश सपुतको दोहोरि ब्याटल, बोल माया र गलबन्दी गितले सर्वत्र चर्चा पाएको थियो भने धेरैको मनमुटुमा बस्न सफल भएको थियो ।


अनाथ , विपन्न, पिछडिएका,गरिव तथा जेहन्दार विधार्थीहरुलाई शैक्षिक सहयोग गर्ने उदेश्यका साथ हुन लागेको कार्यक्रममा स्थानीय कलाकारहरुको पनि जोडदार प्रस्तुति हुनेछ । मनोरन्जन संगै तीजको दर खाने व्यवस्था गरिएको समाजकी अध्यक्ष कविता भण्डारीले जानकारी दिनु भयो। प्रवेश शुल्क 15 युरो र विधार्थीहरुका लागि 10 युरो तय गरिएको छ ।


“सेवा नै धर्म हो, चितवनको विकास र सामाजिक भावना, समाजको एकता र सम्वृद्धिको चाहना ” भन्ने मूल नाराका साथ सन् २०१६ मा स्थापित चितवन सेवा समाज साइप्रसले स्थापनाकाल देखि नै अनाथ , विपन्न, पिछडिएका,गरिव तथा जेहन्दार विधार्थीहरुलाई शिक्षा प्रदान गर्दै आइ रहेको छ। हाल ८ जना विधार्थीहरुको सम्पूर्ण शैक्षिक खर्च संस्थाले उपलब्ध गराईरहेको छ ।

शैक्षिक सामाग्री वितरण पछी फोटो खिचाउदै चितवन सेवा समाज साइप्रस का पदाधिकारीहरु

कार्यक्रम बारे थप जानकारी र टिकटको लागि सम्पर्क
————( लिमासोल )————
1:- sen sham>>>96634122
2:- Kalika Thapa Sedhain>>96262821
3:- Manju Singh Thakuri >>96907284
4:- Pradip Poudel >>96164839

————( पाफोस )————
1:- Dipak Ghayal >>>96839761
2:- Lamkan Babu>>>96428114
3:- आसा छ्न्त्याल >>>96927082
————-( लार्नाका )————–
1:- Tamangni KT>>>96197072
2:- Dhata Nanda Pandey>>>96588161
————-( पारालिमिनी )———–
1:- Sabi Thapa>>>96294577
2:- Rubi Thapa>>>96859767
3:- Sita Nanu Gomjaa Tmg>>>96739953
4:- Chitwan Sewa Samaj Cyprus

————( निकोसिया )————–
1:- Kabita Bhandari—(अध्यक्ष )>>>>>96471974
2:- Naina Gurung>>>96979078
3:- Muna Gurung >>>96202531
4:- Saru Nepol>>>>> 96837098
5:- Bantawa di >>>>>96088572


होम कार्की

काठमाडौँ — साइप्रसको निकोसिया अपराध अदालतले एक नेपाली महिलासहित ७ जनाको शृंखलाबद्ध रूपमा हत्या गरेका सेनाका क्याप्टेन निकोस मेटाक्सासलाई आजीवन कारावासको सजाय सुनाएको छ।
मेटाक्सासले अदालतमा ५ महिला र दुई बालिकाको हत्या गरेको स्वीकार गरेका छन्। अदालतले ७ जनाको हत्यामा कुल १५० वर्षको जेल सजाय हुने फैसला गरेको छ।

मेटाक्सासले एक नेपाली, एक रोमानिया, तीन फिलिपिनो गरी ५ जना विदेशी महिला र दुई बालिकाको हत्या गरेका थिए। प्रहरीले ६८ दिन लामो अनुसन्धानपछि उनलाई अदालतमा पेस गरेको थियो। उनले महिलालाई परिबन्धमा पारी यौन सम्बन्ध राखेर हत्या गरेको बयान दिएका छन्।

अदालतको फैसला आउनु एक साताअघि साइप्रस सरकारले पीडित परिवारको हकदारलाई १७ हजार युरोका दरले क्षतिपूर्ति दिने निर्णय गरेको थियो।

मेटाक्सासबाट मारिएकी काठमाडौंकी ३० वर्षीय अस्मिता खडका विष्ट गत वर्षको जुलाई ९ बाट हराएकी थिइन्। खडका १८ जुलाई २०१७ मा घरेलु कामदारका रूपमा साइप्रस गएकी थिइन्। उनलाई अल ओभरसिज म्यानपावरले साइप्रसको सीआईजी एजेन्सी सर्भिसमा मासिक ३ सय ९ युरो तलब पाउने गरी पठाएको थियो। काम र सेवासुविधाको विषयमा म्यानपावरमा गुनासो आएको थिएन। उनका एक छोरा काठमाडौंमा हजुरआमासँग बस्दै आएका छन्।

३५ वर्षीय मेटाक्सासले सन् २०१६ को सेप्टेम्बरदेखि २०१८ जुलाईसम्म हत्या गरेका थिए। गत अप्रिल १४ मिस्टसिरो भन्ने स्थानमा एक महिलाको शव भेटिएपछि उनी पक्राउ परेका हुन्। उनकै बयानका आधारमा अरू शव भेटिएका थिए। अस्मिताको शव गत अप्रिल २८ मा ओरान्दा भन्ने स्थानमा भेटिएको थियो।

‘अस्मिताको कोठामा भएका सरसामानसँग डीएनए परीक्षण गर्दा मिलेपछि पहिचान भएको हो,’ साइप्रसस्थित नेपाली अवैतनिक दूतको कार्यालयका एक अधिकारीले कान्तिपुरलाई भने, ‘शव अस्पतालमै छ।’सिंगो साइप्रसलाई तरंगित पार्ने यो घटनाक्रममा नेपाली महिलासमेत रहेको प्रमाणित भएपछि साइप्रसमा कार्यरत नेपाली हत्यारालाई कारबाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका थिए।

साइप्रसको न्याय इतिहासमा कुनै एक व्यक्तिलाई यति धेरै सजाय सुनाइएको यो पहिलो पटक हो। यो घटना सार्वजनिक भएपछि साइप्रसका प्रहरी प्रमुख पदमुक्त भएका थिए। न्यायमन्त्रीले राजीनामा दिएका थिए।

युरोपियन युनियनको सदस्य साइप्रसमा झन्डै ६ हजार नेपाली कार्यरत छन्। जसमध्ये ८० प्रतिशत महिला घरेलु कामदार छन्। ‘साइप्रस ७ वर्षदेखि महिला कामदारका लागि प्रमुख गन्तव्यका रूपमा विकास भइरहेको छ। यो घरेलु कामदारको निश्चित तलब तोकिएको र सुरक्षाको प्रत्याभूति गरिएको देश हो,’ १० वर्षदेखि साइप्रसमा बस्दै आएका गैरआवासीय नेपाली संघका अध्यक्षसमेत रहेका सुवास मल्लले कान्तिपुरलाई भने, ‘युरोप छिर्ने प्रवेश ढोका पनि भएकाले नेपाली महिलाको आकर्षण बन्दै आएको हो।’ उनले यस्तो खालको घटना आफू र साइप्रसका जनताका लागि पहिलो भएको बताए।

श्रोत : इकान्तिपुर

८ असार, काठमाडौं । नेपालका लागि हुवावे स्मार्टफोनको वितरकले हुवावेका स्मार्टफोन र ट्याब्लेटहरूमा गुगल एपहरू तथा फेसबुक चल्न नसक्ने भन्ने चिन्ताहरूका माझ यदि ती एपहरू आˆनो फोन वा ट्याब्लेटमा नचलेमा ग्राहकहरूलाई पूरै पैसा फिर्ता गरिने ग्यारेन्टी दिलाएको छ ।

यो प्रत्याभूतिले हुवावे स्मार्टफोनका प्रयोगकर्ताहरूले विभिन्न गुगल एपहरू जस्तै जिमेल, गुगल प्ले, गुगल म्यापहरू, यूट्युब, क्रोम र नन-गुगल एपहरू फेसबुक, ट्वीटर, भाइबर, इन्स्टाग्राम र अन्य धेरै एपहरू चलाउन सक्ने विषयलाई स्पष्ट पारेको छ ।

यसले हुवावेका उत्पादनहरूमा एन्ड्रोइड अपरेटिङ सिस्टमको निर्माता गुगल हट्ने भन्ने चिन्ता व्यक्त भइरहँदा त्यस्तो नहुने भन्ने आफ्ना ग्राहकहरूलाई प्रत्याभूति गराएको छ । हुवावे विश्वमै टेलिकम्युनिकेशन उपकरणहरू उत्पादन गर्ने सबैभन्दा ठूलो उत्पादक हो र सामसङपछिको विश्वकै सबैभन्दा दोस्रो ठूलो स्मार्टफोन उत्पादक हो ।

हृवावेका स्मार्टफोनहरू बलियो, टिकाउ र गुणस्तरीय हुने भएकाले कम्पनीले आˆना ग्राहकहरूलाई सबैभन्दा उत्कृष्ट आफ्टर-सेल्स अर्थात् बिक्रीपश्चात् सेवाहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

हुवावेले यसको अद्वितीय प्रविधि र अद्भूत विशेषताहरूका कारण केही वर्षयता नेपाली बजारमा लोकप्रियता हासिल गरेको छ ।

यो सेवा हुवावेका आधिकारिक च्यानल पार्टनहरूमार्फत् बिक्रीहुने हुवावे स्मार्टफोनहरू र ट्याब्लेटहरूमा लागू हुनेछ ।

आईडीसी, एसए, क्यानलिस र काउन्टर पोइन्टले जारी गरेको सन् २०१८ को विश्वव्यापी त्रैमासिक बजार अनुगमन प्रतिवेदनमा हुवावे विश्व स्मार्टफोन बजारमा दोस्रो स्थान हासिल गर्न सफल रह्यो ।

निरन्तर रूपमा उत्कृष्ट गुणस्तर, उत्कृष्ट प्रविधि र डिजाइनहरूको स्मार्टफोनहरू सार्वजनिक गरिरहेको हुवावेले संसारभरका ग्राहकहरूबाट बढ्दो लोकपि्रयता र सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको कम्पनी बताउँछ ।

श्रोत : अनलाइन खबर

दिनेश गौतम

नेपालका बिभिन्न म्यानपावरले साइप्रसबाट बिभिन्न डिमाण्डहरु ल्याएका छन् । म्यानपावरमा आउने अधिकांश डिमाण्डहरु यहाँको म्यानपावरले त्यहाँको म्यानपावरलाई दिने खालको हुन्छ ।

सिधा कम्पनीको लागि आउने डिमाण्डहरुमा त्यति धेरै समस्या नहुने भए पनि म्यानपावर टु म्यानपावरमा आउने डिमाण्डमा समस्या हुने गरको छ । त्यस्तै साइप्रस युरोपियन देश भएको हुँदा घरेलु कामदार तथा महिला कामदारहरु बढी आकर्षित हुने गरेका छन् । घरेलु कामदार (हाउसमेड) का रूपमा जाने कामदारले शुल्क बुझाउनु पर्दैन । घरेलु कामदार निर्देशिका २०७२ ले हाउसमेडका लागि निस्शुल्क लागतको व्यवस्था गरेको छ । तर महिला कामदारहरुलाई डिमाण्डमा निशुल्क हुने भने पनि ३ लाख देखि ४ लाख वा कतिपयले सो भन्दा बढी लिने गरिएको पनि भेटिएको छ ।

डिमाण्डमा एजेन्ट

नेपालबाट साइप्रस पठाउदै आएको एक म्यानपावरका अनुसार साइप्रसबाट डिमाण्ड झार्न निकै गाह्रो छ । साईप्रसका एजेन्टहरुलाई प्रति कामदार १ लाख भन्दा बढी रकम बुझाउने सम्झौतामा मात्र डिमाण्ड पाइन्छ । त्यसैले अनि बिभिन्न प्रोसेस गर्दा साइप्रस जान लागत बढ्ने गरेको छ । अर्को मुख्य कुरा के पनि छ भने साइप्रसमा आउने कामदारले यहाको दलालाई कमिसन रकम समेत बोकेर आउनुपर्ने हुन्छ ।

साइप्रसको नियामानुसार घरेलु कामदारले एउटा स्पोन्सर मन नपर्दा तीनवटासम्म स्पोन्सर परिवर्तन गर्न पाउने कानुनी सुविधा छ । यस्तो सुबिधा त छ तर स्पोन्सर भेटिन निकै समस्या हुन्छ । नयाँ कामको खोजीमा नै समय व्यतित हुने गरेको छ भने पाए पनि फेरी एजेन्टलाई नै पैसा खर्च गर्नुपर्ने बाध्यता छ ।

म्यानपावरले साइप्रसमा भएको म्यानपावरलाई पठाउने कामदारहरुको पहिलो समस्या नै भने जस्तो काम नपाउनु हो । नेपालका म्यानपावरहरुले बिभिन्न मिठा सर्त र कामको आश्वासन देखाउने गरेको भएतापनि यहा साईप्रसमा समस्यामा पर्ने गरेको धेरै नेपालीको गुनाशो छ । कतिपय घरेलु कामदारको रुपमा त्यहाँ रहेका नेपालीले मालिकले सारीरिक यातना समेत दिने गरेको गुनाशो गरेका छन् । सारीरिक यातना मात्र नभई तलब समेत नदिने अर्को समस्या छ ।

७०प्रतिशत भन्दा बढी समस्यामा

घरेलु तथा महिला कामदारको लागि निकै राम्रो भन्दै म्यानपावरहरु भन्ने गरेका छन् तर यहाहाँको समस्या भोग्नेले मात्र बुझेका छन् । सिमित महिलाहरुलाई भनेजस्तो भएता पनि धेरै महिलाहरुमा केहि न केहि समस्या छ । पछिल्लो समय साइप्रस गएका मध्ये ९०प्रतिशत को हाराहारीमा घरेलु कामदार छन् । त्यसमा पनि समस्यामा पर्ने कामदारको संख्या ७०प्रतिशत भन्दा बढी छ ।

नेपाली कामदारलाई साइप्रसमा समस्या परेको हालसालै मात्र हैन । यो समस्या सुरुवातदेखिकै हो । अघिल्लो बर्ष धेरै संचार माध्यममा यस बिषयमा समाचारहरु आएको भएता पनि सम्बन्धित निकायले त्यति चासो देखाएको छैन । नेपालदेखि साइप्रससम्म दलालहरुको सेटिङ हुने र त्यसमा पनि केहि सम्बन्धित निकायका कर्मचारीले समेत आर्थिक फाइदा पाउने हुनाले समस्या समाधानको प्रयास नभएको स्पष्ट छ । समस्या पर्न सक्ने बिभिन्न मिडियाले समाचार प्रसारण गर्दा समेत नेपाली कामदारहरु म्यानपावरकै आश्वासनमा लोभिदै साइप्रस आउने गरेका छन् र धेरै समस्यामा पर्ने गरेका छन् ।

साभार : संसार न्युज

1) प्रमुख सल्लाहकार : ननु गोम्जा तामाङ (सिता)
2) सल्लाहकार : ज्ञानु तामाङ
3) सल्लाहकार : मानमाया लोप्चन तामाङ


4) अध्यक्ष : साङमो थोकर तामाङ
5) बरिस्ठ उपाध्यक्ष : सबिता घिसिङ तामाङ
6) उपाध्यक्ष : हिरा देबि तामाङ
7) महासचिव : लक्ष्मी ब्लोन तामाङ
8)सचीव : सुनिला दोङ तामाङ
9) कोषाध्यक्ष : मिना ङ्यसुर तामाङ(दोङ)
10) सह कोषाध्यक्ष : निरु घिसिङ तामाङ
11) संस्कृतिक बिभाग प्रमुख : सुनिमाया डिम्दुङ तामाङ

संस्कृतिक बिभाग सदस्यहरु

12) बिना मोक्तान तामाङ
13) साहारा लोप्चन तामाङ
14) रेनु तामाङ
महिला प्रवक्ता :
15)रन्जना ब्लोन तामाङ
सदस्य हरु:
16) राजु वाईबा तामाङ
17) अम्मर पाख्रीन तामाङ
18) सुजता वाइबा तामाङ
19) देबिश्वरी दोङ तामाङ
20) बिश्वोरी दोङ तामाङ
21) कल्पना मोक्तान तामाङ
22) शान्ती तामाङ
23) धनकुमारी तामाङ
24) कबिता तामाङ
25) किया लोप्चन तामाङ
26) निर्मला थिङ तामाङ

साइप्रस को भिसा निस्किए पछी म्यानपावर वा कन्सनटेंसी ले तपाइँ लाइ हरियो रंग भएको भिसा पेपर दिन्छ यस प्रकार को ।

cyprus entry permit

भिसा चेक गर्न तपाइँलाइ आवश्यक पर्छ । MP NUMBER , Passport Number, Date of Birth र Country of Passport .

MP NUMBER यहाँ हुन्छ

Genuine entry permit or entry visa

पहिले यस लिंक http://emfa-cy.eu/2/registration.php मा क्लिक गरेर साइप्रस सरकारको वेबसाइट मा जानुहोस्

यस पछी यस्तो पेज खुल्छ

government of the republic of cyprus website




अब फर्म भरेर Submit गर्नुहोस्

submit गरे पछी यदि error देखायो भने एक पटक date of birth paassport number वा mP नम्बर फेरी चेक गर्नु होला , फेरी पनि error show गर्यो भने काठमाडौं स्थित साइप्रस कन्सुलर मा फोन गरेर कन्फर्म गर्नुहोला ।

ADDRESS :- Cypriot Honorary Consulate in Kathmandu, Nepal

Jyoti Bhawan, Kantipath
P.O. Box 133
Kathmandu
Nepal
TELEPHONE(+977) 1 422 5490 / 6327
FAX(+977) 1 422 6314
EMAIL :- pjyoti@mail.com.np
HEAD OF MISSION :- Mr Padma Jyoti, Honorary Consul

युरोपेली संघ आवद्ध मुलुक साइप्रसमा नेपाली युवतीकोे हत्या भएको छ।
एक सिरियल किलरले ७ जना आप्रवासी महिलाको हत्या गरेको थियो। मृतक मध्ये एक नेपाली चेली अस्मिता खड्का विष्ट रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

Asmita bista, photo : facebook

स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार रोयटर्सले जनाएअनुसार साइप्रस सेनाका एकजना बहालवाला कप्तानले आप्रवासी कामदार महिला र तिनका छोरीलाई श्रृङ्खलावद्ध रुपमा हत्या गरेका हुन्। सेनाका ३५ वर्षे ती कप्तानलाई प्रहरीले हिरासतमा लिएको छ।

serial killer

प्रहरीसँगको बयानमा उनले आपराध कबुल गरेका छन्। उनकै बयानका आधारमा विभिन्न स्थानबाट हत्या गरिएका ५ जनाको शव साइप्रस प्रहरीले बरामद गरेको छ। शवहरु राजधानी निकोसिया नजिकै रहेको तामा खानीको दुषित पानी जम्मा हुने पोखरीमा फेला परेका हुन्।
स्थानीय प्रहरीलाई उद्धृत बीबीसीले जनाएअनुसार सैनिक सुटिङ रेन्जमा भेटिएको शव नेपाली अस्मिता खड्का विष्टको हो।

अस्मितालाइ न्याय को माग गर्दै प्रदर्शनमा उत्रिएका साइप्रसका नेपाली

अस्मितालाइ न्याय दे भन्दै साइप्रसका नेपाली प्रदर्शनमा उत्रिएका छन्

अस्मितामा २०१८ जुलाइ १८ देखि हराइरहेकी थिइन्। उनको खोजीका लागि महिला अधिकारवादी समूहले माग गर्दै आइरहेको थिए। साइप्रसमा सयौंका संख्यामा नेपाली महिला घरेलु कामदार छन्। मारिने अन्यमा फिलिपिन्स र रोमानियाका महिला तथा उनीहरुका सन्तान छन्।

डेटिङ साइटबाट महिला पञ्जामा
अपराधिक मानसिकता ती सैनिक कप्तानले डेटिङ वेबसाइट प्रयोग गरी महिलालाई पञ्जामा पार्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आप्रवासी महिलाहरु डेटिङ साइटबाटै उनको सम्पर्कमा पुगेको प्रहरीले उल्लेख गरेको छ।

७ जना आप्रवासीको हत्याको विषय सार्वजनिक भएसँगै साइप्रसमा आप्रवासी कामदारको अवस्थाबारे बहस सुरु भएको छ। मृतकको सम्झनामा स्थानीय बासिन्दा र आप्रवासी कामदारहरुले राष्ट्रपति भवन अगाडि कार्यक्रम आयोजना गरेका छन्।

आप्रवासी महिला कामदार बेपत्ताको विषयमा गम्भीरतापूर्वक छानबिन नभएको भन्दै आलोचना भएपछि राष्ट्रपतिले प्रहरी प्रमुखलाई बर्खास्त गरेका छन्। यही विवादका कारण कानुनमन्त्रीले पदबाट राजिनामा दिएका छन्।

श्रोत : नेपाल खबर

दिनेश गौतम, युरोप

साईप्रस, २३ माघ । तमागं जातिहरुको उत्थान ,भाषा र सास्कृतिलाई संरक्षण गरौं, २८५५ औ सोनाम ल्होछार ड्वा ल्हो (सुगुंर बर्ग) भब्यताका साथ सफल पारै भन्ने नाराका साथ ल्होछार धामाका २०१९ कार्यक्रम सम्पन्न भएको छ ।

युरोपको दक्षिण पुर्व पर्ने साईप्रस देशको लिमासोल भन्ने सहरमा तमागं घेदुगं साईप्रस शाखाको आयोजनामा ल्होछार धामाका २०१९ कार्यक्रम आईतवार सम्पन्न भएको हो ।

तमागं घेदुगं साईप्रसकी अध्यक्ष साग्मु थोकरको सभापतित्व तथा साईप्रस देशको महाबणिज्यदुत डा.राम जिवन पजिंयारको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गैरअवसिय नेपाली सघं साईप्रसका अध्यक्ष सुबास मल्ल लगाएत यहा रहेका विभिन्न सघंसस्थाहरुको प्र्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

ल्होछार कार्यक्रमलाई शुभकामना दिदै महाबिणज्यदुत डा. पजिंयारले प्रवासमा रहेका सबै नेपालीहरु एक आपसमा सहयोगी बन्नु पर्नेमा जोड दिएका थिए ।

पछिल्लो समयमा साईप्रसमा नेपालीहरुको सख्यांमा बृद्धि भैरहेको अवस्थामा दलालहरु विभिन्न प्रलोभन दिएर नेपालीहरुलाई ठगिने गरेको जानकारी पाएकोले सचेत रही नेपाली नियोग,सघंसस्थाहरुको सहयोग तथा सम्पर्कमा रहन सबैलाई आग्रह गरेका थिए ।

यस्तै शुभकामना पश्चाप्त भएको सास्कृतिक कार्यक्रममा प्रथम नेपाल आइडल बुद्ध लामाको सांगीतिक प्रस्तुतिले माहोल निकै तातियो। उनले ‘ओइ झुमा झुम्के वालीु, अरे क्यानमु, के भन्ने हाम्रो समयु, रातो टिका निधारमा टल्क्यो टल टलु, सानी नरिसाउन’ लगायतका चर्चित गीत गाएर दर्शकलाई भरपुर मनोरंजन दिदै दर्सक उफारे ।

सानी नारिसाउनु गाउँदा दर्सकको वान्स मोरुले कार्यक्रम स्थल नै गुन्जायमान भयो। दर्शकको भिडबाट आइ लभ यु बुद्द भनेर प्रेम प्रस्ताव राख्ने युवतीको ठुलै जमात देखियो । म्हेन्दोमाया र सेलो गायक सुमन घलेको प्रस्तुति निकै दमदार रह्यो ।

उनले दर्सकलाइ स्टेजमै उतार्न सफल भए, तामांग भेसभुषामा सजिएर आएका म्हेन्दोमाया र सेलो प्रेमी दर्शकहरुको सामुहिक नृत्यले गाउघरको झल्को दिलायो भने स्थानीय कलाकारको नृत्य र गायनले थप मनोरंजन दियो । अतिथि कलाकारद्वयलाई बुद्ध लामा र सुमन घलेलाई सम्मान पत्र र खादा सहित सम्मान गरिएको थियो ।

लिम्बुहरु को न्वागी पर्व सम्पन्न

त्यस्तै २१४६औ सा.मो फाक लो लोसारको अवसरमा शेर्पा केदुक साईप्रसको आयोजनामा अगामी फेरबुरी १० तारिख आईतवार हुने ग्याल्पो लोसार बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । युरोपमा नेपालका शेर्पा जातिहरुको भााषा सस्कृति र रितिरिवाजलाई संरक्षण गर्ने हेतुले कार्यक्रमलाई सफलातका साथ सम्पन्न गर्न लगेको शेर्पा केदुककी सदस्य पेम्बा लक्की शेर्पाले बताएकी छन ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट