२०८२ माघ ३ शुक्रबार
LATEST NEWS
२०८२ माघ ३ शुक्रबार

समिम मियाँ

४ अप्रिल २०२०/ लिमासोल

साइप्रस सरकारले व्यवसायीक उडान माथी लगाएको प्रतिबन्ध थप दुई हप्ता लम्ब्याएको घोषणा गरेको छ । बिहिबार दिएको जानकारीमा कोरोनाको फैलावट रोक्न यो कदम उठाइएको बताइएको छ ।

यातायात मन्त्री यान्निस करौसोसले एक ट्विट गर्दै अप्रिल ४ तारिख मध्यरात देखि १४ दिनको लागि प्रतिवन्ध लागू हुने बताउनु भयो ।

यात्रु बोक्ने बिमान बन्द भए पनि कार्गो विमान भने सन्चालन मै रहने बताउदै युरोप तथा अन्तर्राष्ट्रिय देशमा देखिएको नाटकीय परिस्थितिको मुल्यांकन गर्दै साइप्रसले यो निर्णय गर्नु परेको उहाँले भन्नू भयो ।


मार्च २१ देखि लागू भएको प्रतिवन्ध ३ अप्रिलमा खुल्नु पर्ने थियो ।
शुक्रबार सम्म ३९६ जनामा कोरोना संक्रमण पुष्टि भै सकेको छ भने १० को मृत्युु भएको छ ।

२८ जना निको भएर घर फर्किएका छन् ।


कोरोना संक्रमण रोक्न मार्च १६ देखि साइप्रस प्रवेश गरेका यात्रुलाई सरकारले विभिन्न क्वारेन्टाइन सेन्टर मा राखेका मध्य पहिलो समूह गत बिहीवार घर फर्किएका छन्

२३ मार्च देखि सुरु भएको लक डाउन अप्रिल १३ सम्म जारी रहने छ।

यो पनि पढ्नुहोस् : कोरोना रोक्न साइप्रसको कठोर कदम : ३ हप्ता लक डाउन

के अनुहारमा प्रयोग गर्ने मास्क लगाउँदा कोरोनाभाइरसको सङ्क्रमण फैलने गतिलाई कम गर्न सकिन्छरु यो प्रश्नको जवाफ विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओका सल्लाहकारहरूको एउटा समूहले खोज्ने भएको छ।
खोक्दा वा हाच्छिउँ गर्दा विगतमा भनिए भन्दा परसम्म भाइरस उछिटिन्छ कि उछिटिँदैन भनेर उक्त समूहले अध्ययन गर्नेछ।
यसअघि अमेरिकामा गरिएको एउटा अध्ययनले खोकी ६ मिटर र हाच्छिउँ ८ मिटरसम्म पुग्न सक्ने भनेको थियो।
उक्त अनुसन्धान समूहका अध्यक्ष प्राध्यापक डेभिड हेमनले बीबीसीलाई नयाँ अध्ययनले मास्कबारे विगतमा दिइएका सुझावमा परिवर्तन ल्याउन सक्ने बताए।
डब्लूएचओका पूर्वनिर्देशक रहेका उनी भन्छन्, ूडब्लूएचओले नयाँ प्रमाणहरू हेरेर मास्क प्रयोगसम्बन्धी आफ्ना सुझावहरू परिमार्जन गर्नुपर्छ कि पर्दैन भन्नेबारे छलफल आरम्भ गरेको छ।
अहिलेको सुझाव के छ ?
डब्लूएचओले सङ्क्रमणबाट जोगिन खोकी रहेका वा हाच्छिउँ गरिरहेका व्यक्तिहरूबाट कम्तीमा एक मिटर परै बस्न सुझाव दिँदै आएको छ।
उसले बिरामी परेका र लक्षणहरू देखिएका व्यक्तिलाई मास्क लगाउन सुझाव दिएको छ।
तर उसले सङ्क्रमण भएको शङ्का लागेका व्यक्तिहरूको स्याहारसुसार गरिरहेका वा आफैले खोकिरहेको वा हाच्छिउँ गरिरहेको अवस्थामा मात्रै स्वस्थ मानिसले मास्क प्रयोग गर्नुपर्ने भन्दै आएको छ।
उसले निरन्तर हात धुने र प्रयोग गरिसकेपछि राम्ररी व्यवस्थापन गरेर मात्रै मास्क लगाउनु परिणाममूलक हुने उल्लेख गरेको छ।
ब्रिटेन र अमेरिकासहित कतिपय देशले २ मिटर सामाजिक दूरी कायम गर्न सुझाव दिएका छन्।
उनीहरूले थुकको छिटाबाट भाइरसहरू फैलनसक्ने प्रमाणका आधारमा ती सुझाव दिएका हुन्। अधिकांश त्यस्ता छिटा हावामा मिसिने वा जसले निकालेको हो त्यही मानिस नजिकै खस्ने गर्छ।

नया अध्ययनले खोकी वा हच्छिउका क्रममा छिट्टाहरु अझै टाढासम्म पुग्न सक्ने देखाएको छ

नयाँ अनुसन्धानले के देखाएको छ ?
अमेरिकास्थित म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी, एमआइटीका अनुसन्धानकार्ताहरूले हाइ स्पीड क्यामेरा र अरू सेन्सरहरूको प्रयोग गरी खोकेपछि वा हाच्छिउँ गरेपछि ठ्याक्कै के हुन्छ भन्ने अध्ययन गरेको थियो।
त्यसक्रममा स्वास बाहिर निस्कँदा एकदमै द्रुत गतिमा फैलने ग्यासको समूहको सिर्जना हुन्छ जसमा फरकफरक आकारका थुकका छिटाहरू हुन्छन्, र तीमध्येका सबैभन्दा सानो आकारका छिटा निक्कै परसम्म पनि जान सक्ने उनीहरूले पत्ता लगाएका छन्।
प्रयोगाशालामा गरिएको अध्ययनले खोक्दा निस्किएको थुक ६ मिटर परसम्म र हाच्छिउँको बेलामा अझ द्रुत गतिमा छिटा ८ मिटरसम्म पुग्ने देखाएको छ।

यसको प्रभाव के हुन्छ ?
उक्त अध्ययनको नेतृत्व गरेकी एमआइटीकी प्राध्यापक लीडीया बुरोइबाले अहिले भनिएको सुरक्षित दूरीको अवधारणाप्रति आफूलाई चिन्ता लागेको बताएकी छन्।
उनले सास फेर्दा वा खोक्दा वा हाच्छिउँ गर्दा परसम्म जान सक्ने गति भएको ग्यासको गुजुल्टो बन्ने र त्यसभित्र फरक फरक आकारका छिटाहरू जम्मा हुने अनि त्यो कोठाभरी फैलन सक्ने बताइन्।
ूत्यही भएर ती छिटा कुनै तरिकाले भुइँमा खस्छन् भन्ने आधारमा एक वा दुई मिटर पर बस्दा सुरक्षित हुने भन्ने गलत अवधारणा हामीले प्रत्यक्ष अध्ययन वा मापन गरेको विवरणसँग मिल्दोजुल्दो छैन।
स्रोत :- बिबिसी नेपाली सेवा तथा डब्लुएचओ

२० चैत २०७६ युरोप साईप्रस । विश्वमहामरी कोरोना भाईरसबाट साईप्रसमा आज बिहिवार थप एक जनाको मृत्यु भएको छ भने ३६ जना नया संक्रमित बिरामी फेला परेका छन । आज एक लिमासोल सहरकी महिलाको मृत्यु भएको छ र योसगै यहा कोरोनाबाट मृत्यु हुनेहरुको सख्यां १० पुगेको छ भने जम्मा संक्रमितहरुको सख्यां ३५६ जना रहेको स्वास्थ्य मन्त्रालयलार्इ उदृत गर्दै यहाका सचांर माध्यमहरुले जनाएका छन । हिजोको तुलनामा आज ३६ जना विरामी भेटिए पनि यो सख्यां हाम्रो लागि ठुलो हो भन्दै यहा रहेका सबै नागरिकहरुले सरकारले गरेको हरेक गतिविधिलाई सहयोग गर्नुपर्ने सरकारका प्रतिनिधि कोस्त्रीकीस्को भनाई छ ।

उता उत्तरी साईप्रसमा आज चार नया कोरोना संक्रमित बिरामी भेटिएका छन । यो सगै उत्तरी साईप्रसमा विरामीहरुको संख्या ८१ जना भएकोर मृतकको संख्या २ पुगेको छ ।

१८ चैत २०७६ निकोसिया साईप्रस । साईप्रसमा आज मगंलवार थप एक जनाको कोरोना भाईरसबाट मृत्यु भएको छ भने ३२ जना नया विरामी भेटिएका छन । योसगैं मृतकको सख्यां ८ पुगेको छ भने जम्मा २६२ जना ( ९ जना बेलायती नागरिक सहित) कोरोना संक्रमितहरु भेटिएको स्वास्थ्य मन्त्रालयजले जनाएको छ । मगंवलार मृत्यु भएका ८३ बर्षिय पुरुष हुन ।

अब ७ जना पुरुष र एक जना महिला गरि ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको यहाका विभिन्न सचांर माध्यमहरुले उल्लेख गरेका छन । आज बिरामीहरु मध्ये एक जना गभृवती महिला समेत रहेक िर उनको उपचार निकोसियाको मकारियोज् हस्पिटलमा उपचार भैरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उता उत्तरी साईप्रसमा आज थप एक जनालाई कोरोनाबाट संक्रमीत बिरामी भेटिएका छन यो सगै उत्ररी साईप्रसमा कोरोनाका बिरामीहरुको सख्यां ७० जना रहेको साईप्रस मेलले उल्लेख गरेको छ । उत्तरी साईप्रसको हिजो मात्रै कोरोना भाईरसबाट संक्रमित बरिामीहरु कारपासिया क्षेत्रबाट एक जना ,२ जना लापिथोस र दुई जना किओनेली क्षेत्रमा भेटिएका थिए ।
। गत हप्ता ७३ बर्षिय एक जर्मन नागरिक (पर्यटक)को मृत्यु भएको थियो । योसगै उत्तरी साईप्रसमा अहिले सम्मा एक जनाको मात्रै मृत्यु भएको छ ।

31 March 2020 कोरोना अपडेट :
साइप्रस को स्वास्थ्य मन्त्रालयले आज 83 वर्षीय वृद्ध को कोरोनाको कारण मृत्यु भएको बताएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार थप 32 जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सङै सन्क्रमित को संख्या 262 पुगेको छ ।
आज पुस्टि भएका बिरामी मध्य एक गर्भवती महिला हुन् ।

१७ चैत २०७६ निकोसिया साईप्रस । साईप्रसमा आज सोमवार थप एक जनाको कोरोना भाईरसबाट मृत्यु भएको छ भने १६ जना नया विरामी भेटिएका छन । योसगैं मृतकको सख्यां ७ पुगेको छ जम्मा २३० जना ( ५ जना बेलायती नागरिक सहित) कोरोना संक्रमितहरु भेटिएको स्वास्थ्य मन्त्रालयजले जनाएको छ ।

सोममवार मृत्यु भएका ७७ बर्षिय पुरुष हुन । अब ६ जना पुरुष र एक जना महिला गरि ७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको यहाका विभिन्न सचांर माध्यमहरुले उल्लेख गरेका छन । उता उत्तरी साईप्रसमा आज थप पाचं जनालाई कोरोनाबाट संक्रमीत बिरामी भेटिएका छन यो सगै उत्ररी साईप्रसमा कोरोनाका बिरामीहरुको सख्यां ६९ जना रहेको साईप्रस मेलले उल्लेख गरेको छ ।

उत्तरी साईप्रसको कारपासिया क्षेत्रबाट एक जना ,२ जना लापिथोस र दुई जना किओनेली क्षेत्रका रहेका छन । गत हप्ता ७३ बर्षिय एक जर्मन नागरिक (पर्यटक)को मृत्यु भएको थियो । योसगै उत्तरी साईप्रसमा अहिले सम्मा एक जनाको मात्रै मृत्यु भएको छ ।

समिम मियाँ


३० मार्च/लिमासोल
साइप्रस सरकारले लक डाउन थप कडा बनाउन आज नयाँ कदमको घोषणा गरेको छ ।
अब अत्यावश्यक परेको खण्डमा प्रती दिन एक Sms मात्र पठाउन मिल्ने बताएको हो । अब कमजोर र वृद्ध (65 वर्ष माथी) का व्याक्ती ले मात्र डिक्लेरेसन पेपर लिन मिल्ने बनाइएको छ । 
यो नियम भोलि बिहान 6 बजे बाट लागू हुने छ भने दैनिक रातमा कर्फ्यु लाग्ने छ। । राती 9 बजे देखि बिहान 6 बजे सम्म कर्फ्यु लाग्ने छ । इम्प्लोयर बाट यो अवधिमा फर्म ए पाएका ले मात्र बाहिर निस्कन अनुमती दिइएको छ। यश अघिको घोषणामा अत्यावश्यक परिस्थितिमा जो सुकैले पनि  sms वा डिक्लेरेसन फर्म भरेर निस्कन मिल्ने थियो ।

अब यो नियम नमानेको खण्डमा जरिवाना लाई दोब्बर पारिएको छ । पहिले 150 युरो को जरिवाना भोलीबाट 300 युरो हुनेछ । जरिवाना तिर्नु परेमा 15 दिन भित्र तिरी सक्नु पर्ने  बताएकी छ अन्यथा प्रहरीले केश बनाएर अदालत मा उपस्थित गराउन सक्ने व्यवस्था गरिएको स्थानीय मिडियाले जनाएको छ ।

रास्ट्रपति निकोस अनास्ट्सियादास को अध्यक्षतामा बसेको कोभिड १९ सम्बन्धी मन्त्रीको  समितीले सोमबार बिहान यो निर्णय गरेको स्वास्थ्य मन्त्रीले बताउदै कोरोना नियन्त्रणमा कडाइ गर्न  यो घोषण गरिएको बताए ।

दिनेश गौतम ,
युरोप साईप्रस २९ मार्च २०२०
। कोराना भाईरसको कारणले आज आईतवार थप एक जनाको मृत्य भएको छ भने ३५ जना मानिसहरुमा थप नया कोरोना भाईरस फेला परेको छ । यो सगै साईप्रस देशमा कोरोनाबाट मर्नेहरुको सख्या ६ जना र जम्मा कोरोना भाईरसका संक्रमीत बिरामीहरुको सख्यां २१४ भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमित बिरामहिरुमा ५ जना बेलायती नागरिक रहेको डा. लुईजो मारियोस्ले बताएका छन । उहाका अनुसार ३१ जना बिरामीहरुलाई मानिसहरुको सम्पर्कबाट , २ जना युरोपियन देशबाट फर्केका हुन भने २ जनालाई अनुसान्धानका क्रममा भेटिएको बताए । आज मृत्यु भएका बृद्धाका ४७ बर्षिय छोराको गत हप्ता मृत्यु भएको डा. लाकीस् प्लाजिज्ले जानकारी दिएको साइृप्रसका विभिन्न संचार माध्यमहरुले समाचार छापेका छन ।

त्यस्तै आईतवार स्वास्थ्य मन्त्रि कोस्तान्तीनोस् आन्नोउले यो सख्यां अहिले सम्मकै उच्च रहेकोले कोही पनि बिना काम घर भन्दा बाहिर नजानका लागि अनुरोध गरेका छन । उहाका अनुसार केही बिरामीहरु साथीहरुको सगंत र भेटघाट गरेर कोरोना सरेको बताउदै साइृप्रसको नियमलाइृ पालना गरिदिन सबै जनताहरुलाई आग्रह गरेका छन ।

दिनेश गौतम युरोप साईप्रस मार्च २८ २०२०

विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाईरसका कारण दुनिया अक्रान्त बनिरहेको अवस्थामा सबै देशहरुले आफनो नागरिकहरुलाई निगरानीमा राखि रहेका छन ।

यसै गरि नेपाल सरकार तथा मातहतका निकायहरूबाट पनि बैदेशिक रोजगारीका अध्ययनका लागी बिभिन्न देशमा रहेका नेपालीहरूको अवस्थालाई मध्य नजर गर्दे कसरी सहज र छिटो आफ्ना नागरिक नजिक पुग्न सकिन्छ भनेर अनलाईन मार्फत बिदेशमा रहेका आफ्ना नागरिकहरूको बिवरण लिन थालेको छ।

यहि क्रमलाई निरन्तरता दिदै नेपाली राजदुताबास ईजरायलले पनि आफ्ना मतहतमा रहेको देश इजरायल र साईप्रसमा रहेका नेपालीहरूको ब्यक्तीगत बिबरण अनलाईन मार्फत डाटा संकलन शुरू गरेको छ ।

कोरोना महामारीमा विभिन्न तवरले सहयोग, समन्वय गर्न र भविष्यमा आइपर्ने समस्याका लागि पूर्वतयारी गर्न पनि सहजीकरण हुने उद्देश्यका साथ दूतावासले दूवै देशमा बस्ने नेपाली नागरिकहरुको अनलाईन रजिस्ट्रेसन सुरु गरेको हो ।

साईप्रसका नेपाली राजदुतावास ईजरायलका अनुसार साइृप्रसमा रहेका सबै विद्यार्थी, कामदार तथा अन्य कामका लागि बसिरहेका सबै नेपाली समुदायहरुले दुतावासले दिएको लिकंमा गएर अनलाईन फारम भर्न अनुरोध गरेको छ ।

यदि फारम भर्दा कसैले नबुझेको खण्डमा गैरअवसिय नेपाली सघंका पदाधिकारीहरुसगं समन्वय गरि भर्न सकिने एन.आर.एन.एन.साईप्रसका महासचिव कृप थापाले जानकारी दिएका छन ।


दिनेश गौतम
मार्च २५ / युरोप साईप्रस

विश्वब्यापी महामारीको रुपमा आएको कोरोना भाईरसबाट दुनिया असर परिरहेको अवस्थामा यसको प्रत्यक्ष असर युरोपेलि मुलुक साईप्रसमा पनि परेको छ । यस महामारीको प्रत्यक्ष असर यहाँ रहेका सबै भन्दा बढि विद्यार्थी तथा केही कामदारहरुमा परेको गैर आवासिय नेपाली सघं साईप्रस का युवा संयोजक कुन्दन कार्कीले जानकारी दिएका छन ।

कार्कीका अनुसार यहाँ रहेका करिब ३ हजार भन्दा बढि विद्यार्थीहरुलाई गत मगंलवार देखि साइप्रस सरकारले लकडाउन गर्ने वित्तिकै खाना र अवासको पैसा तिर्न धेरै नै गाह्रो पर्ने भन्दै यसका लागि यहाँ रहेका सबै समाजिक संघसस्थाहरुलाई सहकार्यका लागि अह्वान गर्नु भएको छ ।

यहाँ रहेका विद्यार्थीहरुमा खास गरि यो महामारीले गर्दा काम पनि नभएको र काम भएकाहरुको पनि कामबाट छुट्टी भएकोले अब यसबाट प्रत्यक्ष पर्न सक्ने समस्यालाई निराकरणका लागि एन.आर.एन.ए साईप्रसका महासचिव कृप थापालाई सघंसस्थाहरुसगं समन्वय गरि यथासिघ्र राहत लगाएतका कार्यक्रम ल्याउनका लागि जिम्मेवारी दिईएको सचिव पुरन मगरले बताए ।

उनका अनुसार गैर आवासिय नेपाली सघंले यहाँका समस्या लगाएत ५ बुँदागत रुपमा साइप्रसलाई हेरिरहेको नेपाली राजदुतावास ईजरायललाई पत्र लेखेको बताए । साईप्रसमा अहिलेको प्रमुख समस्या विद्यार्थीहरुको घरभाडा , खाना , भिषाको समस्या , नेपाल छुट्टीमा गएकाहरुको लागि भिषा सजिलो बनाउनु पर्ने , विद्यार्थीहरुले आफ्नो अभिभावकहरुसगं पैसा मगाउनका लागि केही समयका लागि नो अब्जेक्शन लेटर बिना पैसा पठाउन मिल्ने , नेपालीहरु जो नेपाल जान चाहेका छन्।

उहाहरुको लागि कमसेकम सरकारले अन्य देश जस्तै जहाज पठाएर जान मिल्न सक्ने लगाएतका मुद्दाहरु उल्लेख गरिएको एन.आर.एन साईप्रसकी अध्यक्ष दिल कुमारी तिलीजा पुनले जानकारी दिनु भएको छ । पुनका अनुसार आज बुधवार आफुले साईप्रस देशलाई हेर्दै आईरहेको राजदुत डा. अन्जान शाक्यसगं ईमेल मार्फत कुराकानी भएको र यसको बिषयमा उहाले पररास्ट्र मन्त्री सगं कुराकानी भएको बताईन ।
साईप्रसमा रहेका समस्याका बारेमा राजदुतावास , नेपाल सरकारले छिट्टै केही ठोस योजना ल्याउने बताउदै तत्काल साईप्रसमा रहेका सघंसस्थाहरुसगं मिलेर राहत कार्यक्रम वितरण गरिने पुनको भनाई छ ।

अहिले साईप्रस लक डाउनमा रहेकोले स रकारसंग अनुमति लिएर राहत वितरणका लागि अत्यन्तै गम्भिर रहेको बताउदै समस्याबाट नडाराउनका लागि सबै साईप्रसमा रहेका नेपालीहरुलाई सामाजिक संजाल मार्फत आग्रह गरिरहेको जानकारी दिनुभयो ।


यता साईप्रसमा रहेका सामाजिक सघंसस्थाहरु मध्ये एन.आर.एन. साईप्रस, साईप्रस नेपाल.कमले भामा पसल निकोसियासगं सहकार्य गरि तिर्न सक्नेले एक युरोको खाना खाने र तिर्न नसक्नेहरुको लागि निशुल्क खानाको ब्यवस्था गरेको थियो तर लकडाउन भएपछि आफुहरु यो सुविधाबाट बन्चित भएको विद्यार्थी दिपेन्द्र गौतम बताए ।

आफुहरुको समस्याका लागि सबै सघंसस्थाहरु सहयोग गरिनुपर्ने गौतमको भनाई छ भने यहा अहिलेको यस्तो समास्यामा आफुहरुको कुराहरुलाई नेपाली राजदुतावास गम्भिर नभएको साईप्रसमा लामो समय बस्दै आउनुभएका बिकास श्रेष्ठले आरोप लगाए ।

श्रेष्ठका अनुसार साईप्रसमा समाजिक तथा राजनितिक गरि कम्तीमा २२ वटा सघंसस्थाहरु रहेको बताउदै सस्थाहरु नाचगानका लागि बनाईएको कि यहा रहेका पिडित नेपाली समुदायहरुको दुःखमा सहयोग गर्नका लागि भनी प्रश्न गरे ? त्यसकारण अहिलेको यो विष्म परिस्थीतीमा सबै सघंसस्थाहरु मिलेर पिडित नेपाली विद्यार्थी तथा कामदारहरुलाई सहयोग गर्नुपर्ने श्रेष्ठले आग्रह गर्नु भयो ।

त्यसै गरि विद्यार्थी समर क्षेत्रीका अनुसार आफुहरुको प्रमुख समास्या खाना र घर भाडा रहेको र यहाका सामाजिक सस्थाहरुले आफुहरुलाई सहयोग गरिने आशा रहेकाले यथासिघ्र आफुहरुलाई राहतको जरुरी रहेको बताए ।
त्यसै गरि आजै साइप्रसमा रहेको नेपाली जनसम्पर्क समितिका महामन्त्रि कुमार सिहंले एक प्रेस विज्ञप्ती जारी गर्दै यहा रहेका विद्यार्थी तथा कामदारहरुको समस्या प्रति गम्भिर रहेको र सघसस्थाहरुसग मिलेर छिट्टै राहत वितरणका लागि लागी पर्ने उल्लेख गरेको छ । साथै विज्ञप्तीमा पहिलो चरणमा ३० जना विद्यार्थीहरुलाई तिन हप्ता पुग्ने गरि राहत प्याकेज ल्याईएको र त्यसका लागि आफनो समितिका पदाधिकारीहरुलाई विभिन्न समिति बनाई परिचालन गरिएको जनाएको छ ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट