२०८३ कार्तिक १२ बुधबार
LATEST NEWS
२०८३ कार्तिक १२ बुधबार

समिम मियाँ
०९ डिसेम्बर २०२०/लिमासोल
मन्त्रीपरिषद्को बैठकले आज कोरोना नियन्त्रण गर्नका लागि आवश्यक कदम भन्दै थप नियमको घोषणा गरेको छ। हप्तादिनको महामारीको डाटा को विश्लेषण पछि शुक्रबार हुने भनिएको मन्त्रीपरिषद्को बैठक बुधबार नै सारिएको ।मन्त्रीपरिषद्को निर्णय अनुसार थप नियम डिसेम्बर ११ तारिख शुक्रबार देखि लागू हुनेछ ।हाल लागू रहेको नियम डिसेम्बर १३ मा सकिने भए महामारीको अवस्था हेरेर यसलाइ आगामी डिसेम्बर ३१ सम्म थप गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। क्रीसमस र नयाँ वर्षको दिन भने यी नियममा लचकता दिने सकिने सम्भावना भए पनि कोरोनाको फैलावट को आधारमा मात्र निर्णय हुने बताइएको छ।

अहिले लागु नियमलाइ ३१ डिसेम्बर सम्म लम्ब्याउदै थप केही नियम घोषणा भएको छ ।
५००वर्ग मिटर भन्दा मुनिका मल र डिपार्टमेन्ट स्टोर बन्द हुनेछन् भने ५०० वर्ग मिटर भन्दा माथीका सुपरमार्केट, ठुला स्टोर र डिपार्टमेन्ट स्टोर खुला हुनेछन् । यद्यपि खाद्यान्न बिक्री हुने सुपरमार्केट र किराना पसल भने खुल्ला रहने छन् ।

त्यस्तै, रेस्टुरेन्टमा डाइन इन सेवा बन्द हुनेछन् भने “डेलिभरी र टेक अवे” संचालित रहनेछन् । चर्च तथा अन्य धार्मिक स्थलमा भक्त बिना नै सन्चलन गर्न सकिने छ भने विवाह लगायतका समारोहमा १० जना मात्र सहभागी हुन पाइने बताइएको छ।
श्रोत :अल्फा न्युज

दिनेश गौतम
युरोप , साईप्रस , भारत सरकारले किसानहरुको मागलाई बेवास्ता गरेको भन्दै युरोपियन देश साईप्रसमा भारतीय समुदायहरुले किसान आन्दोलन प्रति समर्थन जनाउदै प्रर्दशन गरेका छन ।

साईप्रसको निकोसिया सहरमा आइृतवार विहान करिब आठ बजे देखि साढे ११ बजे सम्म साईप्रसको विभिन्न सहरमा बसोबास गरिरहेका भारतीय मुलका समुदायहरुले भारतको दिल्लीमा किसान आन्दोलनलाई प्रधानमन्त्रि नरेन्द्र मोदीको सरकारले कुनै सुनुवाई नगरेको भन्दै आफुहरु प्रर्दशन गरेको पंजाब घर भई विद्यार्थी भिषामा साईप्रस आएका बलविन्द्र सिहंले बताए ।

सिहंका अनुसार आफुहरु पनि किसानहरुको छोराछोरी भएकोले सारा भारतीय किसानहरु आन्दोलनमा ओर्लिएर नरेन्द्र मोदी नेतृत्वको सरकारले ल्याएको हलिया कानुन खारेजको माग गरिरहेको बताए । साईप्रसमा रहेका भारतीय मुलका प्रर्दशनकारीले मोदी सरकारले किसान सम्बन्धि ल्याएको ३ कानुन पास गरेको जुन आफुहरुको विरोधी भएकोले युरोपियन देश साईप्रसमा भारतीय किसानहरुको समर्थनमा प्रर्दशन गरेको दलबीर सिहंले बताए ।

आईतवारको प्रदर्शनको नेतृत्व गरेका दलविर सिहंका अनुसार मोदी सरकारले किसानहरुको माग सुन्नुपर्ने , नया कानुन पास गरेको विधयेक फिर्ता लिनुपर्ने माग गरेका थिए । निकोसियाको बसपार्कमा सयौको संख्यामा भारतीय समुदायहरुले किसान छैन भने खाना छैन , जिवन छैन , किसान बचाऊ , मोदी सरकार मुर्दाबाद आदी लगाएतका प्लेकार्ड बोकेर प्रर्दशन गरेका थिए ।

भारतको नया दिल्लीमा विगत १० दिन देखि भारतको विभिन्न राज्यबाट आएका किसानहरुले सरकारको विरोधमा सडकमै डेरा बसेर विरोध गरिरहेका छन । यसबेला भारतमा किसान आन्दोलन चर्किरहेको छ । दश दिनदेखि राजधानी नयाँ दिल्लीका सडकमा किसानहरुले डेरानै जमाइरहेका छन् । सडकमा चुल्हो बलिरहेको छ । ती चुल्होमा रोटी पाक्छ । चिया पाक्छ । आन्दोलनरत किसानहरु सडकमै सामुहिक रुपमा भोजन गरिरहेका भेटिरहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन ।

समिम मियाँ

०७ डिसेम्बर २०२०/लिमासोल

गत नोभेम्बरमा एक नेपाली विधार्थीले आत्महत्या गरेको खबर आएको एक महिना पछि साइप्रसमा अर्को आत्महत्याको खबर आएको छ । खरे ८ , दोलखा घर भै हाल लार्नाकामा घरेलुु कामदारको रुपमा कार्यरत २३ वर्षीय युवतीले आत्महत्या गरेको नेपाली कन्सुलेट निकोसियाले जानकारी दिएको छ।

आत्महत्या गरेको भनी प्रहरी पुष्टि गरेको र पोस्टमार्टम को लागि शव पठाइएको बारे एनआरएनए साइप्रसले जानकारी दिएको छ ।

आत्महत्याको कारण ।

प्राप्त जानकारी अनुसार मृतक युवति  वैवाहिक सम्बन्ध  मा बाधिएको एक वर्ष नपुग्दै २०१९ अगस्ट मा साइप्रसमा आएकी थिइन् । श्रीमान सुबिन तामाङ नेपालमा ड्राइभरको पेशामा थिए । हिजो आइतबार एक दुर्घटनामा श्रीमानको मृत्यु भएको खबर पाए पछि सोही रात मा आत्महत्या गरेको बताइएको छ । मृतक युवतिले टिकटक भिडियो मा श्रीमानको दुर्घटनाको भिडियो  आफ्ना आमा बुबा सासू ससुरा सङ माफी याचना गर्दै आफू पनि आफ्नो “मुटु” संगै जान लागेको लेखे ।

 

गत सेप्टेम्बर मा पनि लार्नाका मै एक महिला ले पनि आत्महत्या गरेकी थिइन ।

१२ डिसेम्बर २०२०/लिमासोल

साइप्रसको स्वास्थ्य मन्त्रालयले आज थप ३ जनाको मृत्यु भएको जनाएको छ।  ८४ र ९४ वर्षीय  २ वृद्धा र अर्का ७८ वर्षीय वृद्ध को मृत्यु भएको हो। हाल सम्म कोरोनाका कारण ५७ जनाले ज्यान गुमाइसकेका छन्।

मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घन्टामा ९,५६२ नमुना परिक्षण गर्दा पिसिआर बाट २८९ को पोजेटिभ रिपोर्ट आएको हो।  साथै १७६ र्यापिड टेस्ट बाट पोजेटिभ रिपोर्ट आएको छ जसलाई पछि पिसिआर टेस्ट गरिने छ।

आज सम्म ११,८१२ जना कोभिड संक्रमित भै सकेका छन्।

युरोप , बेल्जियम, नेपाल पत्रकार महासघं युरोप शाखाको लेटर प्याड , आधिकारीक लोगो , नाम पुर्ब पदाधिकारीहरुले दुरुपयोग गरेको , पत्रकारका नाममा गैरजिम्मेवारी पन देखाएको भन्दै युरोप शाखाले महासघंको सदस्यता खारेज गर्नुका साथै आवश्यक कारवाहीका लागि माग गरेको छ ।

डिसेम्बर १ तारिख सोमवारका दिन पत्रकार महासघंका अध्यक्ष केजिन राई एवमं कार्य बाहक महासचिव द्रोण रिजालले एक प्रेस विज्ञाप्ती जारी गर्दै महासंघको युरोप शाखाको नाममा भ्रम उत्पन्न गराइ, झुक्याएर अतिथि आमन्त्रण गरी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएकोप्रति ध्यानाकर्षण हुनुका साथै त्यस्ता गलत झुण्डसगं कुनै पनि कार्यक्रम नगर्न गराउन सबै सम्बन्धित निकायलाई आग्रह गर्नु भएको छ ।

नेपाल पत्रकार महासघं युरोप शाखाको आधिकारीक , केन्द्रको स्वीकृति प्राप्त केजिन राईले नेतृत्व गर्दै युरोप देखि लिएर विश्वभरमा रहेका नेपाली समुदायहरुको समसामयिक विषय बस्तुसगं सम्बन्धित अन्तरक्रिया कार्यक्रमहरु गर्दै आउनु भएको छ । नेपाल पत्रकार महासघं युरोप शाखाले हरेक भाषा धर्म , संस्कृति , समसामयिक विषय बस्तु ,अवाज विहिनको अवाजलाई बुलन्द गर्ने धोकोका साथ सबैको प्यारो बनि रहेको बेला एफएनजेलाई बदनाम गराउन केही तत्व लागिपरेको भन्दै सबैमा सचेत हुन अध्यक्ष राईले अनुरोध गर्नु भएको छ ।

                                                   नेपाल पत्रकार महासंघ युरोपको विज्ञप्ति !

नेपाल पत्रकार महासंघ यूरोप शाखाले यूरोपका नेपाली समुदायको समसामयिक सवाल लगायत नेपाल र अन्य क्षेत्रहरुमा पनि भर्चुअल बहस,अन्तरक्रिया चलाउँदै ४० औं शृङ्खलामा आइपुगेको सर्वविदितै छ । बहस र अन्तरक्रियाको शृङ्खला निरन्तर जारी रहने सबैमा अवगत गराउन चाहन्छौं ।

यसै सन्दर्भमा महासंघको सदस्यता स्थानन्तरण गरी बेल्जियम र पोर्चुगल शाखाको तदर्थ समितिमा गइसक्नु भएका र केन्द्र र यूरोप शाखाले पनि विदा गरिसकेका एफएनजे यूरोपका केही पूर्व पदाधिकारीहरुले नेपाल पत्रकार महासंघ यूरोप शाखा समेत आयोजक भनी नाम उल्लेख गरी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको प्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रबाट स्वीकृति प्राप्त भई यूरोप भरिका नेपाली पत्रकारहरुको अधिवेशनबाट चुनिएर केजिन राईको अध्यक्षतामा क्रियाशील नेपाल पत्रकार महासंघ यूरोप मात्र आधिकारिक रहेको जानकारी गराउँदै कसैलाई भ्रममा नपर्नका लागि अनुरोध गर्दछौं । नेपाल पत्रकार महासंघ केन्द्र र यूरोपको विधान, मर्यादा आचरण र आचारसंहिता विपरीत गतिविधि गर्ने पत्रकार महासंघका सदस्यहरुलाई छानबिन गरी आवश्यक कार्वाही गर्न केन्द्र समक्ष पनि आग्रह र माग गर्दछौं ।

युरोप शाखाको ८ नोभेम्बर २०२० दिन बसेको बैठकको दुइतिहाइ बहुमतको निर्णयले यूरोप शाखाबाट विदा दिई बेल्जियम र पोर्चुगल शाखामा स्थानन्तरण भइसकेका साथीहरूले युरोप शाखाको लोगो, लेटरप्याड र अध्यक्षको ई-हस्ताक्षरको दुरुपयोग गरेको सम्बन्धमा महासंघको विधान र प्रचलित कानून बमोजिम युरोप शाखाबाट पनि कार्वाहीको लागि आवश्यक थप प्रक्रिया अगाडि बढाइएको जानकारी गराउदछौं । महासंघ यूरोपलाई यहाँहरुले दिनु भएको साथ, सहयोग र ऐक्यवद्धताका लागि फेरिपनि हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । केजिन राई अध्यक्ष द्रोण रिजाल कावा महासचिव नेपाल पत्रकार महासंघ यूरोप १ डिसेम्बर २०२०

 

दिनेश गौतम
युरोप ,साईप्रस
विश्वभरमा रहेका नेपाली युवाहरुको सवाललाई राज्यसगं पुर्याउन आफु डटेर लाग्ने युवा सघंका अध्यक्ष एवमं नेकपाका केन्द्रिय सदस्य राम प्रसाद सापकोटा दिपशिखाले बताउनु भएको छ ।

नेपाल पत्रकार महासघं युरोप शाखाको आयोजनामा भएको विशेष कार्यक्रममा अध्यक्ष सापकोटाले साईप्रस लगाएतका युवा श्रमिकहरुको सवालका बारेमा नेपाल सरकारलाई कोरोना महामारी आउनु भन्दा पहिलनै जानकारी गराउदै युवाहरुको सवालमा आफु र युवा सघंले फेरि आग्रह गर्ने बताउनु भएको छ ।

नेता सापकोटाले आफु साईप्रसमा आएको बेला नेपाली विद्यार्थी एवम श्रमिकका समास्याका बारेमा जानकार रहेको भन्दै त्यहा स्थिति गैरआवासीय नेपाली सघं लगाएतहरुले नेपाली समुदायहरुलाई गरिरहेको कार्य सरहनिय भएको र नेपाल सरकारले स्वरोजगारको कार्यक्रममा मार्फत स्वदेश फर्केका युवाहरुलाई सहभागिता गराउनका लागि आफु सक्दो पहल , पैरवी गर्न सधै तयार भएको बताए ।

नेपाल पत्रकार महासघं युरोप शाखाका सदस्य रबि चन्द्र भट्टराईको एक युवासगं सम्बिन्धत जिज्ञाशामा नेपालको माटोमा खाडी वा अन्य देशको भन्दा बढि रसायन , उर्बरा शक्ति बढि भएकोले कृषि पेशामा लगाएत स्वरोजगार युवाहरु अफै पनि बन्न सक्ने नेता सापकोटाले सुझाएका थिए ।

यता साईप्रसबाट विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै पाफोस सहरबाट केशव प्रसाद रिजालले साईप्रसमा अब आउने नेपाली कामदार वा विद्यार्थीहरुको हकमा न्युनतम योग्यता तोक्नका लागि युवा सघंका अध्यक्ष सापकोटालाई आग्रह गरेका थिए भने जवाफमा नेता सापकोटाले विद्यार्थीहरुको सवालमा युवा सघं आफै अत्यन्त गम्भिरताका साथ लिएर अगामी कार्य गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

नेपाल पत्रकार महासघं युरोप शाखाका अध्यक्ष केजिन राईको अध्यक्षतामा भएको भर्चुवल अन्तरक्रिया कार्यक्रममा एफएनजे युरोपका कार्यसमितिहरु सदस्य प्रेम परियार नर्बे , दिनेश गौतम साईप्रस , रबिचन्द्र भट्टराई अष्ट्रिया लगाएतले नेता सापकोटासगं जिज्ञास राख्नु भएको थियो भने कार्यक्रम संचालन एफएनजे युरोपका का.बा. महासचिव द्रोण रिजाल र पत्रकार महासघं युरोप शाखा सदस्य राज कुमार थापा पोर्तुगलबाट गर्नु भएको थियो ।

२६ नोभेम्बर २०२०/ लिमासोल

साइप्रस को स्वास्थ्य मन्त्रालयले आज पिसीआर टेस्ट बाट २२० जनामा कोरोना संक्रमण भएको जानकारी दिएको छ। बितेको २४ घन्टामा १२०९९ टेस्ट मध्य पिसिआर टेस्ट बाट २२० र र्‍यापिड एन्टिजेन टेस्टबाट १०३ मा पोजेटिभ देखिएको हो। त्यस्तै, आज पनि ८४ वर्षीय वृद्धको कोरोनाभाइरसका कारण मृत्यु भएको छ। कोभिड बाट हाल सम्म मृत्यु हुनेको संख्या ४८ पुगेको छ।

यता, नेपाली समुदायमा केहि दिन देखि कोरोनाको संक्रमण तिव्र भै रहेको छ। आज पनि ४ जना नेपाली विधार्थीको पिसिआर रिपोर्ट कोरोना पोजेटिभ आएको छ भने अन्य ६ जना को र्‍यापिड एन्टिजेन टेस्टमा पोजेटिभ देखिएको छ। ति सबै को अब पिसिआर परिक्षण गरि कोरोना संक्रमित भएको हो होइन थाहा हुने छ। कोरोनाको दोस्रो छालमा हाल सम्म २४ जनामा नेपालीलाइ कोरोनाभाइरस देखिसकेको छ। उनिहरुको निकट सम्पर्कमा आएकाहरुको पनि कोभिड टेस्ट हुदै छ।

कस्तोलाइ निकट सम्पर्कमा आएको भनिन्छ ?

बिरामीको २ दिन देखि १४ दिन अघि सम्ममा कोरोना संक्रमितको एक मिटरको दुरीमा १५ मिनेट भन्दा बढी बसेका व्याक्ति , कोरोना बिरामीको सँग नै छोईछाइ भएको अवस्थामा र व्यक्तिगत सुरक्षात्मक उपकरण प्रयोग नगरी कोभिड बिरामी हेरचाह गर्ने व्याक्ति लाई (क्लोज कन्ट्याक्ट) मा आएको भनिन्छ।

साइप्रसमा हाल सम्म ९६७३ जना संक्रमित भै सकेका छन् भने २०५५ जना निको भै सकेका छन्। संक्रमित को संख्या बढ्दै जानाले अस्पताल मा भर्ना हुने को संख्या पनि बढ्दो छ। हाल सम्म १०९ जनामा कोरोना को उपचारका लागि अस्पतालमा भर्ना भएका छन्।

नेपाली राजदुतावास इजरायलले साइप्रसमा नेपालीमा कोरोना संक्रमण देखिएकोमा चिन्ता व्यक्त गर्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।अ त्यावश्यक नभएसम्म जमघट तथा भेटघाटका कार्यक्रमहरु नगर्न, यथाशक्य घरमै बस्न तथा अन्य व्यक्तिहरुसँग भौतिक सम्पर्कमा नआउन राजदुतावासले अनुरोध गरेको हो। केही समस्या परेको खण्डमा साईप्रसका लागि नेपाली अवैतनिक वाणिज्यदूत डा. राम जीवन पन्जियारको फोन नम्बर +३५७९९६६६४०१ वा नेपाली राजदूतावासका द्वितीय सचिव अर्जुन घिमिरेको फोन नम्बर +९७२५२८२८९३०० वा नेपाली राजदूतावासका सहचारी प्रदीप सागर गिरीको फोन नम्बर +९७२५४३३०६०७० मा वा साईप्रसमा क्रियाशील गैर आवासीय नेपाली संघ लगायतका नेपाली संघ संस्थाका प्रतिनिधिहरुलाई सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ।

२२ नोभेम्बर २०२०/ लिमासोल
कोरोना संक्रमणका कारण आज एक वृद्धको मृत्युु भएको छ । साइप्रसको स्वास्थ्य मन्त्रालयले बितेको २४ घन्टामा १८७ मा कोरोना देखिएको जानकारी दिएको हो ।
त्यस्तै, साइप्रसमा १५ जना नेपालीमा कोरोना संक्रमण भएको एनआरएनए साइप्रसले जनाएको छ । पापोस ३ जना , लार्नाकामा २ जना र निकोसियामा १० जना गरि १५ जनामा कोरोना देखिएको हो । यस अघि गरिएको अपडेटमा निकोसिया बाट ३ जना मात्र पिसिआर देखिएको भए पनि ताजा अपडेट अनुसार थप सात जनामा कोरोना पुस्टि भएको हो। हाल उनिहरु सबै आइसोलेसनमा रहेका छन् । यता, निकोसियामा ३ नेपालीको र्‍यापिड टेस्ट नतिजा पोजेटिभ आएको छ। ती ३ जना संगै एकै स्थानमा बस्ने अन्य ७ जना को भोलि पिसिआर टेस्ट हुनेछ ।

गत हप्ता पनि लिमासोलमा ३ नेपालीमा कोरोना संक्रमण देखिएको थियो। तिनै जना पनि अहिले होम आइसोलेसन मा छन्। प्राप्त जानकारी अनुसार र्‍यापिड टेस्टमा पोजेटिभ देखिएका नेपाली आइतबार निकोसियाको लिद्रामा घुमिरहेको भेटिएपछी तुरुन्तै आइसोलेसनमा बस्न पठाइएको बताइएको छ ।

नेपाली समुदायमा एकाएक बढेको संक्रमणले नेपाली हरु कोरोनलाई अझै पनि मजाक को रुपमा लिईरहेको देखिएको छ। कोरोना को दोस्रो लहर संगै साइप्रस भरि रहेका नेपालीले अझै सतर्कता अपनाउन पर्ने देखिएको छ। एक संक्रमित नेपालीको निकट सम्पर्कमा कति नेपाली आए र कति मा संक्रमण फैलियो भनेर आगामी केहि दिनमा नै थाहा हुनेछ। पिसिआर टेस्ट पोजेटिभ आएका नेपाली संग ट्राय्किङ्ग टिमले सम्पर्क गरि कन्ट्याक्ट ट्रेसिंग सुरु गर्नेछ।

साइप्रस सरकारले देशभरी नै निशुल्क कोरोना टेस्ट गराइ रहेको छ । र्‍यापिड प्रविधीबाट दस देखि १५ मिनेटमै नतिजा दिने हुनाले यसबाट पोजेटिभ देखिएका व्याक्तीलाई पिसिआर प्रविधी बाट पुन: परिक्षण गराइने गरिएको छ । आज पिसिआर टेस्ट बाट १८७ र एन्टिजेन र्‍यापिड टेस्ट बाट १२१ मा कोरोना देखिएको हो । देखिएका १२१ जनाको नतिजालाई पक्का गर्न पिसिआर परिक्षण गरिने मन्त्रालयले जनाएको छ ।
हाल सम्म साइप्रस भरी ८६८५ जना सन्क्रमित भै सकेका छन् भने ४४ जनाले ज्यान गुमाएका छन् ।

read also : कहाँ कहाँ हुदै छ नि:शुल्क कोरोना टेस्ट ?

दिनेश गौतम
युरोप, साईप्रस

नेपालमा ताकाधारी र मतवाली समुह गरि सारा नेपालीहरुलाई विभाजन गरिएको भन्दै आन्तरिक राष्टियता बलियो नबनाए सम्म मुलुकको राष्टियता सधै कमजोर हुने नेपाली कागं्रेसका केन्द्रिय सदस्य धनराज गुरुगंले बताउनु भएको छ । नेपालका राजनितिक दलहरु आफनै देशका नागरिकहरुलाई फुटाएर राष्टियता कमजोर पारेको भन्दै सबै नेपालीहरुलाई एकिकृत गर्नका लागि नेपाली कांग्रेसका सबै तहका कार्यकर्ता लाग्नुपर्नेमा नेता ग्ुरुगंको जोड थियो ।

नेपाली जनसम्पर्क समिति साईप्रसले आयोजना गरेको कबिता प्रतियोगिताको अनलाईन कार्यक्रममा नेता गुरुगंले पहाडका जनताहरुलाई दुख्दा मधेशका जनताहरुले साथ दिए र मधेशमा बाढी जादा पहाडका जनताहरुले साथ दिए झै कुनै समुदाय वा जातलाई विभेद गर्न नहुने तर्क समेत राख्नु भएको थियो । जनसम्पर्क समिति साईप्रसकी सभापति सिता अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व सांसद समेत रहेका नेता गुरुगंले नेपालका केही नेताहरुको स्वार्थ पुर्तिका लागि आफनै देशका नागरिकहरुलाई देशद्रोही आखाले हेरेर जनता भाडकाउने कार्य प्रति सबै नेपाली समुदाय सचेत हुनुपर्नेमा जोड दिनुभएको थियो ।

यस्तै नेपाली कांग्रेसकी केन्द्रिय सदस्य एवमं नेपाल महिला सघंकी केन्द्रिय अध्यक्ष डा. डिला संग्रौलाले विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि रुनुपर्ने स्थिति रहेको भन्दै नेपाल सरकारको नेतृत्व गरिरहेको नेताहरुले खोक्रो राष्टबादको नारा दिएर जनता गुम्राहमा पारेको बताउनु भएको छ । नेपाल सरकारले प्रवासी नेपालीहरुको रेमिटान्सलाई मात्रै स्वीकार्ने तर दुख पाईरहेका प्रवासी नेपालीहरुलाई उद्दार गर्न ध्यान नदिनु भनेको अत्यन्त खेदजनक कार्य भएको नेता संग्रौलाको भनाई थियो ।

जनसम्पर्क समिति साईप्रसका महामन्त्रि कुमार सिहंको संचालनमा भएको कविता प्रतियोगितामा साईप्रसकी विष्णु काफ्ले प्रथम , द्धितिय अम्बिका थापा र तारा पौडेल , तृतिय बिधिता भारती र चौथो सुमित्रा पाठक भएकी भएकी थिईन ।

जससकी उप सभापति कर्चुगं ह्याल्मोको स्वागतमा भएको कार्यक्रममा गैरआवासीय नेपाली सघं साईप्रसका प्रवक्ता एवमं नेपाल पत्रकार महासघं युरोप शाखाका कार्यसमिति सदस्य दिनेश गौतम , नेपाल महिला सघंकी केन्द्रिय उपाध्यक्ष सरस्वती तिवारी , तमु समाज साईप्रसकी अध्यक्ष धना गुरुगं , नेपाली जनसम्पर्क समिति कतारका महामन्त्रि अजिज अलि , पत्रकार महासघं बेल्जीयमका संयोजक ओम शर्मा , जनसम्पर्क समिति फ्रान्सका सभापति सुधिर राना , नेपाली जनसम्पर्क समिति दुबईका पुर्ब सभापति खेमराज बस्नेत ,जसस स्पेनका पुर्व सभापति चिन्तामनि सापकोटा , नेपाली काग्रेंस सुचना तथा संचार विभागका सदस्य गंगाधर गौतम , डा. नबिन बन्धु , नेपाली जनसम्पर्क समिति साईप्रसकी उपसभापित पुष्पा मिश्र लगाएतले आ आफनो धारण राख्नु भएको थियो ।

युरोप , साईप्रस , विश्वब्यापी महामरी कोरोना भाईरसबाट बांच्नका लागि सबै समुदाय चनाखो हुनुपर्ने साईप्रसबासीहरुले जोड दिएका छन । केही दिन पहिला साईप्रस सरकारले कोरोना भाईरस नियन्त्रणका लागि बनाएको थप नियमहरुलाई अवलम्बन गर्दै सारा नेपालीहरु राज्यको नियम कार्यवन्यन गर्दै अरु साथी भाईहरुलाई समेत सचेत गराउनुपर्नेमा उनिहरुले जोडदिएका छन ।

शनिवार साईप्रस नेपाल डटकमको अयोजना , गैरअवासीय नेपाली सघं साईप्रसको समन्वयमा भएको दिपावली शुभकामना आदानप्रदान कार्यक्रममा साईप्रसका विभिन्न समाजिक सघंसस्था एवमं समाजिक अभियान्ताहरुले सो कुरा बताएका हुन । पत्रकार महासघं युरोप शाखाका कार्यसमिति सदस्य एवमं साईप्रस नेपाल डटकमका सह सम्पादक दिनेश गौतमको संचालनमा भएको कार्यक्रममा साईप्रसको विभिन्न सहरहरुमा केही नेपाली समुदायहरुलाई कोरोना भाईरस लागेको र उहांहरु अहिले आईसोलेसनमा भएको आफुलाई थाहा भएको बताउदै सबै नेपाली समुदायहरु एकआपसमा समाजिक दुरि कायम गरिनुपर्ने समाजिक अभियान्ता धतानन्द पाण्डेले बताउनु भएको छ ।

अभियान्ता पाण्डेले साईप्रसकै निकोसिया सहरमा नेपाली समुदायहरुको उच्च बसोबास रहेको र भोली आईतवार नेपालीहरुको जमघट हुने भएकोले सबैले आपसी समाजिक दुरी बनाउनु पर्ने वा घरमै बसेर आफनो र आफनो साथीहरुको सुरक्षा गर्नुे पर्ने बताए । उता फापोस सहरमा सरकारले लकडाउन गरेकोले यहा रहेका नेपाली समुदायहरु सुरक्षित भएको महसुस गरेको तमु समाज साईप्रसकी अध्यक्ष धना गुरुगंले बताउनु भयो ।

अध्यक्ष गुरुगंले कोभिडले गर्दा यसपालि घरैबाट तिहारको शुभकामना लिनदिनका लागि सबै नेपाली समुदायहरुलाई अनुरोध गरेकी हुन । यस्तै कोभिडले गर्दा साईप्रसमा रहेका विद्यार्थीहरु सबै भन्दा बढि समास्यामा परेको र कोरोना भाईरसको सिकार पनि नेपाली विद्यार्थीहरु हुने भएकाले सबै विद्यार्थीहरु सचेत हुनुपर्ने किरात याक्थुङ चुम्लुङ साइप्रसका सदस्य डिबि सन्वा लिम्बुले आग्रह गर्नु भयो ।

दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रममा शेर्पा किदुक साईप्रसकी नवनिर्वाचित अध्यक्ष निमदिकी शेर्पा , नेपाल तामाङ घेदुङ साईप्रसकी अध्यक्ष लक्ष्मी ब्लोन तामाङ , सुनी तामाङ , नेपाली जनसम्पर्क समिति साईप्रसकी सभापति सिता अर्याल , सहमहामन्त्रि ईन्दिरा खडका उप्रेति , राप्रपा प्रवासी नेपाली एकता समाज साईप्रसका प्रमुख त्रिविक्रम सिहंलगाएतले आ आफनो धारण राख्नु भएको थियो । कार्यक्रममो प्राविधिक रुपमा बेभ डेभलपर दिपक पालले सहयोग गरेका थिए ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट