२०८२ असार २३ सोमबार
२०८२ असार २३ सोमबार

०५/ नोभेम्बर २०२०

कोरोनाको दोस्रो लहर संग संगै कोभिड १९ तीव्र रुपमा फैलिरहेको छ। कोरोनाको फैलावट रोक्न र जनजीवन सामान्य बनाउने प्रयास स्वरुप हाल कडा कदम चालिएको स्वास्थ्य मन्त्रीले बताए। साइप्रस सरकारले यो अवस्थालाई नियन्त्रण गर्न देश भरि विभिन्न श्रेणीमा नियम लागु गरेको छ जुन आगामी १५ जनवरी सम्म रहनेछ। सरकारले लकडाउन खुल्ला गरे पनि अगस्त देखि विभिन्न नियम लागु गर्दै आएको छ। लागु गरिएका नियमहरु कोरोना भाइरस को फैलावट रोक्न गरिएको भए पनि दुर्भाग्यवस भाइरसको नियन्त्रण गर्न नसकिएको स्वास्थ्य मन्त्रीले बताए। ” साइप्रस सानो छ, हामीले चाहेको नियम लागु गरेर भाइरस नियन्त्रण गर्न सम्भव छैन किनकि एक जिल्ला बाट अर्को जिल्लामा संक्रमण सजिलै फैलिन सक्छ” मन्त्री अयान्नु ले भने।

यता, लिमासोलाका मेयर निकोस निकोलाइदेसले अहिले संकट निकै गम्भीर भएको बताएका छन्। अहिले सम्म गरिएका विभिन्न प्रयासले कोरोनाको दोस्रो लहरलाइ गरेको आसा अनुसारको नतिजा नपाएको उनले भने । “विज्ञहरुका अनुसार हाम्रो जनतामा केहि यस्ता समुह छन् जसले अहिलेको परिस्थितिलाई गम्भीर रुपमा लिएका छैनन् ” तर विज्ञहरुको सुझाब मान्नु बाहेक हामि संग अरु उपाए छैन “. उनले थपे।

लिमासोल नगरपालिकाले बालबालिका खेल्ने खेल मैदान, पब्लिक गार्डन तथा पार्कहरु बन्द गरेको छ। नयाँ नियममा बताइए अनुसार पार्क लगायतका स्थान१६ नोभेम्बर सम्म बन्द गरिएको हो।

सरकारले घोषणा गरेको ३ श्रेणी के के हो र कति समय सम्म लागु हुन्छ ?

पहिलो श्रेणी “।(क्याटेगोरी ए )

५ नोभेम्बर २०२० देखि १५ जनवरी २०२० सम्म लागु हुने मध्यावती नियम

१. चलचित्र हल र नाटक थियटरहरु मा ५० % सिट भरिने गरि संचालन गर्न पाइने

२. सभा, सम्मेलन, सेमिनार लगायतका कार्यक्रम संचालन गर्न सकिनेछ तर प्रति व्याक्ति ३ मिटर स्क्वायर को दुरी कायम राखी बढीमा २५० जना सम्म उपस्थित हुन सकिने छ। तर सो कार्यक्रम भरिको समयमा चियाकफी वा खाजा नास्ता गर्न बन्देज गरिएको छ।

३. सुपरमार्केट, मिनी मार्केट, बुचर र बेकरी जस्ता दैनिक उपभोग्य सामान खरिद गर्नका लागि वृद्धवृद्ध र अपाङ्गका लागी अलग समय छुट्याएको छ। पसल खुल्ने समय देखि बिहान ९ बजे सम्म र दिउसो १ देखि २ बजे सम्म माथि उल्लेखित समुहले मात्र सपिङ्ग गर्न पाउनेछन।

४. उमेर १२ वर्ष माथिका बालबालिका र सबै सर्वसाधारणले मास्क लगाउन अनिवार्य गरिएको छ।

५. नोभेम्बर १३ देखि १५ जनवरी २०२१ सम्म बिबाह र किर्स्तिनिग (नवजात बच्चालाइ पवित्र पानी छर्केर पवित्र पारिने एक किसिमको रीति ) मा ककटेल पार्टी वा बधाई दिने समारोह गर्न मनाही गरिएको छ। भोजमा सरिक हुन् सकिने छ यदपि एक टेबल मा ६ जना भन्दा बढि बस्न पाइनेछैन।

दोस्रो श्रेणी “।(क्याटेगोरी बि ) ५ नोभेम्बर २०२० देखि ३० नोभेम्बर २०२० सम्म देश भर लागु हुने नियम

१. सार्वजनिक स्थान र घर मा व्याक्तिहरु भेला भै जमघट गर्न सकिनेछ। तर घर मा हुने जमघटमा भने बालबच्चा सहित बढी १० जना मात्र जम्मा हुन सकिने छ। वा सार्वजिक स्थानमा बढी मा एक ग्रुप मा १० जना सम्म जम्मा हुन सकिने छ।

२. सबै किसिमका रेस्टुरेन्ट तथा डाइनिङ्ग एरिया (बसेर खाना खाने ठाउँ) राति १०.३० बजे पछि ”डाइन इन ” का लागि बन्द हुनेछन तर डेलिभरी सेवा भने जारि राख्न सकिनेछ। तर लार्नाका र पापोस एयरपोर्टमा यो नियम लागु हुने छैन।

३. रेस्टुरेन्ट भित्र ७५ र बाहिर १५० जना बसेर सेवा लिन सक्नेछन्। प्रति टेबल ६ जना मात्र बस्न पाउनेछन्।

४. राति ११ बजे देखि बिहान ५ बजे सम्म कर्फ्यु लागु हुनेछ। अत्यावस्यक सेवा ( अस्पताल,फार्मेसी जान/आउँन ) वा काममा जान बाहेक अन्य सर्वसाधारण लाई बाहिर निस्किन मनाही गरिएको छ। कर्फ्यु तोड्नेल़ाई ३०० युरो जरिवाना लाग्नेछ।

५. चर्च, मस्जिद जस्ता धार्मिक स्थलमा ७५ जना भन्दा बढी जम्मा हुन पाइनेछैन तर “हेल्थ प्रोटोकोल” पालना गर्नु पर्ने छ।

६. दर्शक को उपस्थिति बिना च्यापियनशिप खेल हरु संचालन गर्न सकिने छ तर “हेल्थ प्रोटोकोल” पालना गर्नु पर्ने छ।

७. घेराबन्द स्थानका खेलमैदानमा ५० जना र खुल्ला खेल मैदानमा १५० जना सहभागी हुन् सकिनेछ। तर बच्चाहरुको प्लेपार्क मा जन्मदिन को पार्टी मनाउदा १० जना भन्दा बढी जम्मा हुन् पाइने छैन।

८. जिम हलको लकर रुम बन्द रहनेछ।

तेस्रो श्रेणी “।(क्याटेगोरी सी ) पापोस र लिमासोलामा ५ नोभेम्बर २०२० देखि १६ नोभेम्बर २०२० सम्म लागु हुने विशेष नियम

१. १८ वर्ष मुनिका बालबालिका को लागी आयोजना हुने सबै किसिमका खेलकुद वा सामाजिक क्रियाकलाप मा प्रतिबन्ध लगाइएको छ।

२. कर्मचारी वा स्थाफको अलग अलग ड्युटी समय वा अलग ग्रुप बनाइ काम गराउनु पर्ने जसले कोहि संक्रमित भए अन्य व्याक्ति मा भाइरस नसरोस्

३. अलग अलग ग्रुप र स्टाफका लागि अलग अलगै “ब्रेक टाइम वा रेस्ट टाइम ” गर्नु पर्ने

४. अफिसका कार्य सके सम्म “वर्क फ्रम होम ” गर्नु पर्ने वा मिटिंग पनि अनलाइन गर्नु पर्ने छ।

०५/नोभेम्बर २०२०

अध्यनको लागि साइप्रस आईपुगेका एक नेपाली विद्यार्थीले आत्महत्या गरेका छन्। हिजो वुधबार निकोसियामा आफ्नै अपार्टमेन्टमा झुन्डिएर आत्म हत्या गरेको प्रहरीले जनाएको छ। मृतक २१ वर्षीय रोशन अधिकारी रहेको पुस्टि भएको छ। कास्की जिल्ला पोखरा घर भै हाल निकोसियाको स्ट्रोभोलोस मा बस्दै आएका अधिकारी सिटि युनिटि कलेजमा अध्ययनरत थिए। गत वर्ष अक्टोबरमा साइप्रस आएका उनि आफ्ना काकाको छोराहरु संगै बस्दै आएका थिए।

suicide nepali student in cyprus

प्राप्त जानकारी अनुसार काम नपाउनाले डिप्रेसन रहेकाले आत्महत्या गरेको हुन सक्ने नजिकका साथिहरुले बताएका छन्। बुधबार बिहान करिब १०.३० बजे झुण्डिएको अवस्थामा रुमका साथीहरुले फेला पारेको प्रहरी रिपोर्टमा उल्लेख छ।

गत सेप्टेम्बर मा काभ्रे घर भै लार्नाका मा चौध महिना देखि घरेलु कामदारको रुपमा कार्यरत ४४ वर्शिय मिना तामाङ ले पनि आत्महत्या गरेकी थिइन्।  

०२ नोभेम्बर २०२०/ लिमासोल

चक्कु प्रहार गरि हत्या गरेको आरोपमा पक्राउ परेका ५ भारतीयको मुद्दामा आज अदालतले फैसला सुनाएको छ। गत जुन २१ मा निकोसियाको लिद्रामा २१ वर्षीय भारतीय नागरिकलाई भिसा सम्बन्धी कलह हुँदा चक्कु प्रहार गरेका मुख्य आरोपीलाई निकोसियाको अदालतले जन्मकैदको सजाय सुनाएको छ।

हत्यामा सहभागी अन्य ३ जनालाई १४ वर्ष जेलको सजाय सुनाएको छ भने अर्का एक आरोपीलाई १७ वर्ष कैदको फैसला सुनाएको हो। हत्यामा संलग्न अर्का एक आपराधि हाल फरार छन्।

चक्कु प्रहार गर्ने मुख्य अभियुक्तले हत्या गरेको कबुल गरेको, हत्या षड्यन्त्र, शारीरिक हानी नोक्सानी, चोटपटकको आरोपमा दोषी ठहरिए पछि जन्म कैद को फैसला भएको स्थानीय मिदियाले खबर छापेका छन्। अन्य चार जना पनि हत्या, गम्भीर शारीरिक चोटपटक लगायतका कार्यमा दोषी ठहरिएका थिए।

जुन २१ को घटनामा २ अन्य पनि घाइते भएका थिए। घटनाको सिसिटिभी फुटेज सामाजिक संजालमा भाइरल भएको थियो।

०१ नोभेम्बर २०२० /लिमासोल

पछिल्लो २४ घन्टामा कोरोनाका १९७ मामिला देखा परेको छ। साइप्रसको स्वास्थ्य मन्त्रालयले आइतबार साँझ दिएको जानकारी अनुसार देश भरिका ल्याबमा गरिएको ३०५३ नमुना परिक्षणमा १९७ मा कोरोना पुष्टी भएको हो। आजको आंकडा सहित हाल सम्म को कोरोना संक्रमितको संख्या ४५६३ पुगेको छ भने २६ जनाको मृत्यु भैसकेको छ। आजको ताजा डाटाले समुदायमा ११ मध्य १ जनामा संक्रमित भएको देखाएको छ। यसको अर्थ कोरोना को फैलावट समुदायमा झनै बढ्दो छ। सतर्कता अपनाउदै भौतिक दुरी कायम गर्नु भाइरस संग बच्ने सबैभन्दा राम्रो उपाय हो।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै संक्रमित कन्ट्याक्ट ट्रेसिङ्ग मार्फत संकलन गरिएको नमुनामा देखिएको हो। ३०० नमुना मध्य ८१ जनामा कोरोना पोजेटिभ पाइएको हो। त्यस्तै, व्याक्तिगत रुपमा टेस्ट गराउन जाने ८२६ जना मध्य ७३ जनामा पनि कोरोना पुष्टी भएको छ । १३० नमुना सरकारी हस्पिटलमा टेस्ट गरिदा दश जनामा, एयरपोर्ट बाट संकलित ९७८ नमुना बाट १६ जना, स्कुल परिक्षण कार्यक्रम अन्तर्गत २५४ नमुनामा ४ जनामा कोभिड १९ देखिएको हो। अन्य १३ मामिला भने फुटबल क्लब, लिमासोलाको किपोरुन्ता गाउका स्थानिय बासिन्दा र रिफ्युजी क्याम्प बाट फेला परेको हो।

हाल फामागुस्ता हस्पिटलमा २६ जना र निकोसिया जेनेरल हस्पिटलमा १३ जना कोरोना संक्रमणका कारण भर्ना भएका छन्।

३० अक्टोबर २०२० /लिमासोल

पछिल्लो २४ घन्टामा साइप्रसमा कोरोनाका १६६ नयाँ मामिला देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ३६७२ परिक्षणमा १६६ मा कोरोना देखिएको हो। आजको ताजा तथ्यांक सहित हाल सम्म कोरोना संक्रमित को संख्या ४२१७ पुगेको छ। कोरोना फैलावट तिव्र वृद्धि भए पछि सरकारले यसलाई नियन्त्रण गर्न देश भर विभिन्न नियम लागु गरे पनि संक्रमण को क्रम भने कम भएको छैन। मन्त्रालयले अब सुरु हुने जाडो महिनामा कोरोना संक्रमण थप वृद्धि हुने अनुमान गरेको छ।

मन्त्रालयले दिएको जानकारी अनुसार कोरोना संक्रमण पुस्टि भएका व्याक्तिको निकट सम्पर्क मा आएका व्याक्तिहरुको कन्ट्राक ट्रेसिङ्ग गरि ५९७ टेस्ट गर्दा २० जनामा कोरोना देखिएको थियो। त्यस्तै, १८०५ जनाले व्याक्तिगत रुपमा परिक्षण गराउदा १२३ जनामा कोरोना पोजेटिभ भेटिएको छ। यता, देशका २ मुख्य एयरपोर्टमा ८८७ जनाको नमुना संकलन गरि परिक्षण गर्दा ७ जनामा कोभिड १९ पोजेटिभ रहेको पाइयो।

डाक्टरको सिफारिसमा ६३ टेस्ट गरिएकोमा २ जना, सरकारी अस्पतालका ल्याबमा परिक्षण गरिएका २३४ नमुनामा ११ मा कोरोना पोजेटिभ भएका बिरामी पाइएका थिए। सरकारले विभिन्न स्कुलमा विधार्थी, शिक्षक र स्टाफहरुको परिक्षण गर्ने कार्यक्रम अन्तरर्गत ४७ परिक्षण गर्दा १ जना पोजेटिभ भेटिए भने फुटबल क्लबमा ३९ नमुनामा २ मा कोभिद १९ भएको पुस्टि भएको छ।

हाल विभिन्न हस्पिटलमा ३४ जना कोरोनाका बिरामि उपचाररत छन्। हिजो बिहिबार पनि १२१ मा कोरोना संक्रमण भेटिएको थियो।

यो पनि पढ्नुहोस : साइप्रसमा हत्या गरिएका अमागाई को हत्यारालाइ ७ वर्षको सजाय

३० अक्टोबर २०२० / लिमासोल

गत मे महिनामा बिबेक अमगाईको हत्या गरेका नेपालीलाई ७ वर्षको जेल सजाय सुनाइएको छ। आज शुक्रबार निकोसियाको अदालतले हत्याको मुद्दा माथि सुनुवाई गर्दै सात वर्षको सजाय सुनाएको हो। प्रहरीले अभियुक्तको पहिचान खुलाएको छैन।

मे महिनाको ५ तारिख राति निकोसिया को इभ्रीचिउ गाउँमा एउटै घर मा बस्दै आएका साथी बिच झगडा भएको थियो। घरको काम विसयमा बहस चर्किएपछी चक्कु प्रहार गरि गम्भीर घाइते बनाए पछि आरोपीले स्थानिय प्रहरीमा सो घटनाको जानकारी दिदै आत्मसमर्पण गरेका थिए । सो रात  घरमा संगै बस्ने सात जना नशामा रहेको अदालतको सुनुवाइमा खुलेको छ।

चितवन जिल्ला रत्ननगर नगरपालिका वार्ड नम्बर १२ , जमुनापुर निवासी विवेक अमगाई अध्ययन को शिलशिलामा साइप्रस आएका थिए।

श्रोत : स्थानीय मिडिया : इन साइप्रस

यो समाचार सम्बन्धित समाचार : साइप्रसमा नेपाली द्वारा नेपालीको हत्या, मृतक चितवनका अमगाई (अपडेट २ )

दिनेश गौतम
युरोप , साईप्रस
, नेपाल तामाङ घेदुङ साईप्रसको चौथो बार्षिकोत्सव एवमं दोस्रो भर्चुवल अधिवेशनले लक्ष्मी ब्लोन तामाङको अध्यक्षतामा नया नेतृत्व चयन गरेको छ ।

गत आईतवार नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङको प्रमुख अतिथ्यतामा भएको अनलाईन मिटिगंले कार्यसमितिको वरिष्ठ उपाध्यक्ष हिरा लामा, उपाध्यक्ष सुनिला दोङ, सचिव मिना लामा, सहसचिव निर्मला थिङ, कोषाध्यक्ष सुनीमाया तामाङ, सहकोषाध्यक्षमा रन्जना तामाङलाई चयन गरेको हो ।

भने कार्यसमितिको सदस्यमा राजु वाइबा, रेनू तामाङ, नानु गोले तामाङ, किया लोप्चान, सहारा लोप्चान, संगीता घले तामाङ, सोनाम तामाङ, सिमा लोप्चान, सुस्मिता गोले तामाङ, अन्जु घिसिङ तामाङ, बिपना तामाङ (किन्जङ), सुबास थोकर तामाङ, काजी बोम्जन तामाङ, रोमन घ्लान तामाङ, युबराज मोक्तान तामाङ, राजमान घ्लान तामाङ, सुबास वाईबा तामाङ, मन्जु तामाङ, बसन्ती लामा, निमा लामा, कविता तामाङ, निरू गोले तामाङ, बिना वाईबा चयन भएकी छिन् ।

अनलाईन छलफलमा अन्तराष्ट्रिय तामाङ परिषदको वरिष्ठ उपाध्यक्ष तथा नेपाल तामाङ घेदुङका विदेश विभाग प्रमुख टासी लामा, नेपाल तामाङ घेदुङको उपाध्यक्ष कुमार घिसिङ तामाङ, ह्याङला दोलखा तामाङ समाजका अध्यक्ष तथा नेपाल तामाङ घेदुङको केन्द्रिय सदस्य सरोज मोहन मोक्तान तामाङ ,विशेष अतिथि नेपाल तामाङ घेदुङका प्रचारप्रसार विभाग प्रमुख जगतमान तामाङ, अतिथि नेपाल तामाङ घेदुङ साईप्रसको संस्थापक अध्यक्ष तथा अन्तराष्ट्रिय तामाङ परिषदकी सहकोषाध्यक्ष नानू गोम्जा तामाङ लगायतले शुभकामना राख्दै आफनो समुदायहरुको पहिचान कायम राख्न नया कार्यसमितिको टिमले थप जिम्मेवारीका साथ काम गर्ने भनी आशा पलाएको बताएका थिए ।

२८ अक्टोबर २०२०

लिमासोलामा बुधबार राति भएको प्रदर्शनले उग्र रुप लिए पछि पार्किङ्ग गरि राखिएका गाडी निशानामा परे। सरकारले लागु गरेको कोरोना सम्बन्धी नियम र भ्रस्टाचार देखि रुस्ट सयौका संख्यामा सडक मा उत्रिएका प्रदर्शनकारीले नाराबाजी गरेका थिए। प्रदर्शनकारीले फोहोरका डब्बा फ्याके, ढुंगा मुडा गरे भने पार्किङ्ग गरि राखेका गाडी तोडफोड गरेका थिए। मोलोस को पार्किङ्ग एरियामा गस्तीमा रहेल्को प्रहरी गाडी समेत प्रदर्शनकारीले जलाइदिए। घटनामा ४ प्रहरी घाइते भएको बताइएको छ। अहिले स्थिति नियन्त्रणमा आइसकेको छ भने प्रहरीको बाक्लो उपस्थिति रहेको स्थानिय मिडियाले जनाएका छन्। स्थानीय मिडियाले प्रकाशन गरेका तस्बिर र भिडियो हेर्नुहोस।

credit cyprus-mail
credit : cyprus times
credit : cyprus times

२८ अक्टोबर २०२०/ लिमासोल

पछिल्लो २४ घन्टामा नोबेल कोरोना भाइरसका ११३ बिरामी फेला परेका छन्। स्वास्थ्य मन्त्रालयले ३१२२ नमुना परिक्षण गर्दा थप ११३ मा संक्रमण भएको पुष्टि गरेको हो ।

आजको ताजा विबरण सहित हाल सम्म कोरोना सन्क्रमितको जम्मा संख्या ३९३० पुगेको छ। कोरोना को दोस्रो लहर सुरु भए संगै अस्पताल भर्ना हुनेको संख्या मा पनि वृद्धि देखिएको छ। निकोसिया जेनेरल हस्पिटल र फामागुस्ता हस्पिटल गरि अहिले ३८ जना उपचाररत छन् । जसमध्य ९ जना आइसियु मा छन् ।

आज कन्ट्याक्ट् ट्रेसिङ बाट ३५ जना, एयरपोर्ट यात्रुबाट ४ जना, सरकारि ल्याब बाट १३ जना, स्कुल परिक्षण कार्यक्रम अन्तरगत विधार्थी , शिक्षक, र कर्मचारीको परिक्षण बाट १२ जना र व्याक्तिगत रुपमा परिक्षण गराउन जाने व्याक्ती बाट ४९ जना मा कोभिड १९ पुष्टि भएको हो ।

युरोप भरीका विभिन्न देशमा कोरोना संक्रमण बड्न थाले पछि फ्रान्स, यु के, जर्मनी लगायतमा पुनः लकडाउन हुने बताइएको छ। साइप्रसमा आगामी नोभेम्बर ९ सम्म मास्क अनिवार्य गरिनुका साथै राती ११ बजे देखि बिहान ५ बजे सम्म कर्फ्यु लागू छ।

२७ अक्टोबर २०२०

पछिल्लो २४ घन्टामा थप १८१ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार साँझ साइप्रसको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ३५८९ टेस्ट मध्य १८१ जनामा कोभिड १९ देखिएको हो । आजको तथ्यांक संगै कोरोना सन्क्रमित को जम्मा संख्या ३८१७ पुगेको छ।

मन्त्रालयका अनुसार ४८ जना कन्ट्याक्ट् ट्रेसिङ, ११३ जना व्याक्तिगत रुपमा परिक्षण गराएका मा कोरोना देखिएको हो ।

त्यस्तै, डाक्टरको सिफारिसमा टेस्ट गराइएका ७ जना, ५ जना एयर्पोर्ट बाट र ८ जना सरकारी ल्याब बाट पुष्टि भएका हुन् ।

टर्कीले कब्जा गरेको उत्तरी साइप्रस तर्फ पनि आज १० जनामा कोरोना देखिएको छ ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट