
माघ १४,काठमाण्डाैं । वैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि महत्वपूर्ण जानकारी निकालेकाे छ । राेजगाारलाइ मर्यादित बनाउन सूचना हाे । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाई नेपाली कामदारहरुलाई वैदेशिक रोजगारीमा पठाउने सन्दर्भमा श्रम स्वीकृतिका लागि पेश गरिने कागजात प्रमाणहरु सत्य र तथ्यमा आधारित नभएको अवस्थामा वैदेशिक रोजगारीमा जाने कामदारहरु करार बमोजिम काम, सुविधा नपाई मर्का पर्ने, विदेशी भूमिमा पिडित बन्नु पर्ने, स्वदेश फर्कन कठिनाई हुने, कतिपय अवस्थामा जेल सजाय समेत भोग्नुपर्ने र ज्यान समेत गुमाउनु पर्ने हुन सक्छ ।
यसर्थ वैदेशिक रोजगारमा जाने व्यक्तिहरुले निम्न विषयहरुमा विशेष ध्यान पुर्याई यकिन गरि श्रम स्वीकृति लिएर वैधानिक रुपमा मात्र वैदेशिक रोजगारमा जान सम्बन्धित सबै सरोकारवालाहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
वैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि महत्वपूर्ण जानकारी १० बुंदामा हेराैं ।
१. वैदेशिक रोजगारमा जानका लागि कानुनी प्रकृया पुर्याई व्यक्तिगत र संस्थागत गरि २ किसिमले वैदेशिक रोजगार विभाग अन्तर्गत ताहाचल स्थित कार्यालयहरुबाट श्रम स्वीकृति प्राप्त गर्न सकिन्छ । संस्थागत रुपमा वैदेशिक रोजगारमा कामदार पठाउने कार्य वैदेशिक रोजगार व्यवसाय संचालन गर्न इजाजतपत्र लिई नियमित रुपमा नविकरण भएका इजाजतपत्रवाला संस्थाहरु (म्यानपावर कम्पनी)ले गर्दछन् । तपाईले सम्पर्क गरेको संस्था वैदेशिक रोजगार विभागबाट इजाजत लिएको मेनपावर कम्पनी हो की होइन ? उक्त मेनपावरको काम कारवाही रोक्का भएको छ छैन ? तथा खारेजीमा परेको छ छैन ? बुझ्नु होस । व्यक्तिगत प्रयासबाट भिषा प्राप्त गरी वैदेशिक रोजगारमा जाने व्यक्तिले नेपाली दूतावासबाट प्रमाणित सक्कल कागजात सहित स्यवं उपस्थित भई श्रम स्वीकृति लिन सक्नु हुनेछ ।
२. वैदेशिक रोजगारमा जांदा कुन काममा जाने, सोको लागि कति खर्च लाग्छ, काम गरेवापत तलव, खाना र बस्ने व्यवस्था, काम गर्नु पर्ने घण्टा, ओभरटाइम काम भत्ता, करार अवधि आदि बारेमा राम्ररी जानकारी लिनुहोस् । देश, कम्पनी, काम गर्ने पद र पेशा, तलवभत्ता, अन्य सुविधा र सेवाशर्तहरुबारे चित्त बुझेमा मात्र राजिखुसी साथ सम्झौतापत्रमा सही गर्नुहोस सो को १ प्रति आफूसँग राख्नुहोला । विमानस्थलमा फरक फरक सम्झौता गरेका कागज साथमा राखेको पाइएकोले एउटै कम्पनीसँगमात्र सम्झौता गर्नुहोस् दोहोरो सम्झौतापत्र नगर्नुहोस ठगिनु हुन्छ ।
३. वैदेशिक रोजगारमा जांदा कुन संस्थाबाट वा को मार्फत जाने हो त्यसको बारेमा यथेष्ठ जानकारी राख्नुहोस् । दलाल मार्फत् वा त्यस्तै व्यक्तिबाट जाने प्रयत्न नगर्नुहोस् ठगिने र विदेशमा अलपत्र पर्ने प्रवल सम्भावना रहन्छ । कन्सल्टेन्सी फर्म, ट्राभल एजेन्सी, मनी ट्रान्सफर चेन्जर, दलाल, एजेन्ट, कुनै पनि संस्थालाई वैदेशिक रोजगारमा पठाउने अधिकार प्राप्त छैन । यी कसैलाई पनि रकम नदिनुहोस ठगिने वढी सम्भावना हुन्छ ।
४. आफ्नो नाममा भिषा प्राप्त भई वैदेशिक रोजगारमा जाने निश्चित भएपछि मेनपावर कम्पनीको बैंक खातामा वा प्रधान कार्यालयमा मात्र रकम बुझाउनु होला साथै बुझाएको रकमको भर्पाई अनिवार्य रुपमा लिनुहोला । पूर्व स्वीकृति अनुसारको विज्ञापनमा उल्लेख भएको भन्दा बढी रकम कसैलाई नदिनुहोला ।
५. इजाजत प्राप्त मेनपावर कम्पनीले विदेश पठाउन पासपोर्ट माग गरेमा कुन देशमा कुन कामका लागि कति अवधि भित्र पठाउने र कति लागतमा पठाउने हो ? एकीन गरी भर्पाई लिएर मात्र सक्कल पासपोर्ट बुझाउनु होला ।
६. जान चाहेको देशको बारेमा राम्रो जानकारी राख्नुहोस् । त्यो देशको भाषा संस्कृति, रहन सहन, चालचलन, रिति रिवाज र कानूनको बारेमा आवश्यक जानकारी राख्नुहोस् ।
७. आफू काम गर्न जाने मुलुकमा रहेको नेपाली दूतावासको सम्पर्क ठेगाना, अन्य कामदारलाई सघाउने र सहयोग गर्ने संघसंस्थाहरुको फोन र फ्याक्स नं. डायरीमा टिप्नुहोस् । अथवा जानेको मानिससँग लेख्न लगाउनुहोस् ।
८. सूचिकृत स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य परीक्षण गराई तोकिएको होलोग्राम भएको स्वास्थ्य परीक्षण प्रमाण पत्र लिनुहोस् ।
९. सरकारले तोकेको बीमा कम्पनीमा गई करार अवधि अनुसार कम्तीमा रु ५ लाखको जीवन बीमा गराउनुहोस् ।
१०. कल्याणकारी कोषमा रु १,५००।- बुझाई रसिद लिनुहोस् । सो रकम नतिरी श्रम स्वीकृति पाइदैन ।
श्रोत ः बैदेशिक रोजगार विभाग ,काठमाडौ नेपाल
२४ जनवरी २०२१/ लिमासोल
साइप्रस सरकारले लगाएको लकडाउन पूर्ण रुपमा हटाउन गत वर्ष जस्तै विभिन्न चरण अपनाउन सुझाव दिएइको छ। कोरोनाभाइरस सल्लाहकार समितिले भोलि हुने रास्ट्रपति संग हुने भेटमा लकडाउन हटाउन विभिन्न सुझाव बुझाउने छ।
समितिले शुक्रबार मात्रै स्वास्थ्य मंत्री संग भेट गरि महामारीको तथ्यांक अनुसार संक्रमित कम हुदै गएको भए पनि जोखिम अझै रहेको भन्दै विभिन्न चरणमा प्रतिबन्ध हटाउदै जानु पर्ने बताएको थियो।
महामारीको तथ्यांकमा सुधार हुदै गए मार्च सम्ममा पुर्ण रुपमा लकडाउन हटाउन सकिने समितिले बताएको छ। फ्रेब्रुवरी को सुरु बाट भने बाहिर निस्किन आवश्यक पर्ने अनुमति को लागि दैनिक ३ एसएमएस गर्न सकिने गरि सुझाव दिएको छ। साथै बन्द भएका विभिन्न व्यवसाय पनि दोस्रो चरणमा खुलाउन सकिने भनिएको छ।
यद्यपि बुधबार बस्ने मन्त्रीपरिषदको बैठकले नै अन्तिम निर्णय गर्ने छ। दोस्रो लकडाउन को अवधि आगामी ३१ तारिख सकिदै छ।
कोरोना अपडेट
कोरोनाभाइरसका कारण आइतबार थप ३ को ज्यान गएको छ। हाल सम्म १८६ जनाको मृत्यु भैसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ७,४४० मा गरिएको परिक्षणमा १३० जना पोजेटिभ भेटिएका छन्। गत मार्च देखि आज सम्म संक्रमित हुनेको संख्या ३०,०१७ पुगेको छ।
यता,अस्पतालमा १७३ जना उपचाररत छन् जसमध्य ५५ को अवस्था गम्भीर रहेको छ।
द्रोण रिजाल, नेदरल्यान्ड्स | पत्रकारितामा समर्पण गर्दै आउनुभएका अग्रज पत्रकारहरुलाई नेपाल पत्रकार महासंघ युरोप शाखाले पचासौ शृंखला समर्पण गर्दै सम्पन्न गरेको छ | २३ जनावरी का दिन भर्चुयल माध्यमबाट गरिएको कार्यक्रममा बेनेलक्सका लागि नेपाली राजदूत महामहिम गेहेन्द्र राजभन्डारीको प्रमुख आतिथ्यमा बिशेस अतिथिहरु नेपाल पत्रकार महासंघ केन्द्रका पुर्व अध्यक्षज्यूहरुलाई बिशेस सम्मान गर्दै अन्य अतिथिहरु बैदेशिक शाखाका अध्यक्षहरु र प्रेस संगठन, प्रेस युनियनका अध्यक्ष, संयोजक लगायत सम्पूर्णलाइ सम्मान गरेको थियो |
सम्मानित हुनुहुनेमा अग्रज पुर्व अध्यक्षहरु किशोर नेपाल, डा. शुरेश आचार्य, तारानाथ दाहाल, धर्मेन्द्र झा, डा. महेन्द्र बिष्ट, हरिहर बिरही, होमनाथ दाहाल, बिष्णु निस्ठुरी, शिव गाउँले र बर्तमान अध्यक्ष गोबिन्द आचार्य रहेका छन् | त्यसै गरि प्रेस युनियन नेपालका अध्यक्ष बद्रि सिग्देल, फोनिज नेपालका अध्यक्ष दण्ड गुरुङ, प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहाल, प्रेस संगठन नेपालका सह-संयोजक गणेश बस्नेत, संचारिका समूह नेपालकी अध्यक्ष नितु पण्डित र प्रेस युनियन नेपाल बेलायतका अध्यक्ष बिपिन निरौला रहेका छन् |

बैदेशिक शाखाका अध्यक्षहरु नरेश खपांगी मगर बेलायत, मोहन घले जापान, रन्जनराज कुँवर द. कोरिया, करिम बक्स मिया कतार, हरिकृष्ण न्यौपाने कुवेत, मेघ राज सापकोटा (काबा अध्यक्ष ) यु ए इ ,हेमन्त काफ्ले अस्ट्रेलिया, गोबिन्द पोख्रेल भारत, लक्ष्मण खनाल यु ए इ र प्रस्ताबिक बेल्जियम शाखाका संयोजक ओम शर्मा र पोर्चुगल शाखाका संयोजक योगेन्द्र मिलन छन्त्याल समेतलाई शाखाले सम्मान गर्दै प्रमुख अतिथि बेनेलक्सका लागि नेपाली राजदूत महामहिम गेहेन्द्र राजभन्डारी मार्फत सम्मान – पत्र प्रदान गरेको थियो | उक्त सम्मान पत्र र मायाको चिनो काठमांडूमा बिशेस समारोहका साथ प्रदान गरिने अध्यक्ष राईले बताएका छन् |
पत्रकार महासंघमा सबै छेत्रका बिचारहरु अटाउने गरि बिधान संसोधन गरेर हिमाल पहाड र तराइका सम्पूर्ण पत्रकारहरुलाई समेट्दै संगठन बिस्तार गर्नुपर्नेमा जोड दिदै देशमा अस्थिरता भएकाबेला प्रेस माथि लगाम लगाउने खालका अबैधानिक कामहरु हुनसक्ने भन्दै यसको बिरुद्ध एकजुट भएर लड्नुको कुनै विकल्प नरहेको प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देलले जोड दिए | समस्त युरोपमा छरिएर रहेका पत्रकारहरुले नेपालीहरुको दुख:सुखमा साथ दिदै खेलेको भूमिकाको प्रसंशा गर्दै युरोपमा रहेका पत्रकारहरुबाट नेपालले धेरै कुरा सिकन सक्छ भन्दै क्रियासिल रहन पुर्व अध्यक्ष तारानाथ दाहालले आग्रह गरेका थिए |
देश र समाजलाइ प्रवासबाट जोड्दै युरोपका पत्रकारहरुले आफ्नो काम संगै पत्रकारिता लाइ संथागत गराउन सफल भएकोमा धर्मेन्द्र झाले खुसि ब्यक्त गरे | पत्रकार महासंघ केन्द्रको शाखा बिस्तारमा सराहनीय भूमिका रहेको उल्लेख गर्दै बिदेशी शाखाको काम भनेको नेपालीहरुलाई अनलाइन मिडिया मार्फत जोडिन पत्रकारहरुको भूमिका बस्तुगत र तथ्यगत हुनुपर्ने डा. महेन्द्र बिष्टको धारणा थियो | देशको अस्थिरता र बर्तमान कोभिड १९ को प्रभाबका कारण पत्रकारहरुले जीविकाको लागि विकल्प खोज्नु परेको उल्लेख गर्दै संघ संगठनमा उम्मेदवारी बन्नका लागि राजनीतिका पार्टीमा नजोडीएसम्म उम्मेदवार हुन नपाउने तितो अनुभब रहेको डा. सुरेश आचार्यको भनाई थियो |
बैदेशिक शाखाका तर्फबाट यु ए इ शाखाका अध्यक्ष लक्ष्मण खनाल, युरोप शाखाका का का सदस्य राजकुमार थापा ले आ- आफ्नो धारणा राखेका थिए भने साहित्यकार तथा संचारकर्मी इन्दिरा चाम्लिंग र शान्ति अर्याल अधिकारीको गजल र कविताले कार्यक्रम मन्त्रमुग्ध भएको थियो | कार्यक्रम संचालन अध्यक्ष केजिन राई र कार्यबहाक महासचिब द्रोण रिजालले गरेका थिए | स्वागत मन्तब्य का का सदस्य सरला कट्टेलले गरेकी थिइन भने धन्यबाद ज्ञापन संचारकर्मी गोमा खरेलले गरेकी थिईन | ब्रिटेन नेपाल डट कमका प्रधान सम्पादक चिरण शर्मा लगाएत शाखाका कार्यसमितिका पधारिकारीहरुलाइ समेत सम्मान गरिएको थियो |
काठमाडौ । वैदेशिक रोजगारीका क्रममा मलेसियामा कार्यरत लाखौंलाख नेपाली श्रमिकमध्ये विभिन्न कारणबस मृत्यु भएका १७ जना नेपाली श्रमिकको शव नेपाल ल्याइएको छ। नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत १७ नेपालीको शव आज शनिबार बिहान ल्याइएको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गर्न गएका नेपाली विभिन्न कारणले ज्यान गुमाएर शव त्यहाँ अलपत्र अवस्थामा थिए। शव ल्याउन नसकिएका ५ जनाको भने अस्तु मात्रै ल्याइएको निगम स्रोतले जनाएको छ।
मलेसियामा मृत्यु भएका बाँकेका तिर्थराम लोनिया, पाँचथरका सुन्दर राई, लक्ष्मीकुमार माझी, सिन्धुपाल्चोकका कालु तामाङ, अजय भण्डारी, झापाका लिलाबहादुर खड्का, बिष्णुकुमार चौधरी, धनकुटाका भीमबहादुर मगर, सिन्धुलीका सूर्यबहादुर तामाङ, काभ्रेका अजय तामाङ, नुवाकोटका मिलन लामा तामाङ, ताप्लेजुङका धनबहादुर बिके, नेत्रप्रसाद भट्टराई, रौतहटका विरेन्द्र राउत कुर्मी, पर्साका अझिर खान पैठाहान, इटहरीका मोहम्मद मिस्तार, मोरङा रामकुमार मुदियारको शव नेपाल आएको हो ।

शव बुझ्न गएका आफन्तको रुवाबासीले आज बिहान विमानस्थलको वातावरण भावुक बनेको थियो। शव लिन शुक्रबार निगमको विमान मलेसिया गएको थियो।
स्रोतले दिइएको जानकारी अनुसार आज फिर्ता भएका शवहरु गत बर्ष २०२० मै मृत्यु भएका मृत नेपालीहरुका हुन। अझैपनि मलेसियामा दुई दर्जन मृत नेपालीको शव अलपत्र अवस्थामै अस्पतालमा रहेको छ।
मलेसिया स्थित नेपाली दूतावासले नेपाल सरकारको सम्बन्धित मन्त्रालयलाई लामो समयदेखि पटकपटक अनुरोध गर्दागर्दै बल्लतल्ल १७ वटा मृत शव नेपाल फर्काउन सकिएको हो।

नेपाल सरकार मातहतको सम्बन्धित मन्त्रालयको ढिलासुस्तीले समयमै शवलाई नेपाल पठाउन नसक्दा मलेसियामा मृत नेपालीको शव लामो समयसम्म यसरी नै बारम्बार अलपत्र पर्ने गर्ने गरेको छ।
जसले गर्दा अन्तिम दाहसंस्कारको लागी मृतकको शव कुरेर बसेका परिवारमा थप पीडा थपिने गरेको जनगुनासोको खबर आउने गरेको चमार कल्याण समाजका महासचिव राम किशोर मोची चमारले जानकारी दिएका छन ।
२२ जनवरी २०२१/लिमासोल
कोरोना अपडेट
आज कोरोनाका कारण एक वृद्धको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आज १२२ मा कोरोना संक्रमण पुष्ठि भएको हो। आज को संक्रमण सहित हाल सम्म सन्क्रमित को संख्या २९,७६८ पुगेको छ। पछिल्लो २४ घन्टामा ९,६३५ पिसिआर र र्यापिड टेस्ट गरिएको थियो। हाल सम्म १७९ जनाले कोरोनाबाट ज्यान गुमाइ सकेका छन् ।
संक्रमण बाट अस्पताल मा भर्ना हुने मध्य २३ जना आइसियु मा भर्ना भएका छन् ।
लकडाउन खोल्न बारे विभिन्न मन्त्रालयको छलफल
सरकारले लक्डाउनलाई कम जोखिमका साथ चरणबद्ध रुपमा खोल्ने बारे रणनीति बनाउन कोरोनाभाइरस सल्लाहकार समिती सङ छलफल गरेको छ।
जनवरी १० देखि लागू लकडाउन पश्चात् कोरोना संक्रमणको संख्यामा कमि आइरहेको देखिए पनि अस्पताल भर्ना हुने बिरामीको क्रम हेरेर अवस्था जोखिमपुर्ण रहेको समितिले स्वास्थ मन्त्री कोन्स्तान्तिनुस आयान्नुलाई बताए।
संक्रमण कम देखीए पनि उच्च जोखिम रहेको समितिले बताएको हो ।
स्वास्थ्य मन्त्रीका अनुसार ३१ तारिख पछि लक्डाउनलाई कम जोखिममा कसरी खोल्ने भन्ने बारे स्वास्थ्य, अर्थ, श्रम,शिक्षा मन्त्रालय बिच छलफल जारी रहेको छ। सल्लाहकार समितीले जनवरी २५ मा रास्ट्रपति निकोस अनास्टसियादेश सङ पनि भेट गर्ने कार्यक्रम गर्नेछ। रास्ट्रपति सङ हुने भेट महत्त्वपूर्ण रुपमा हेरिएको छ।
भुकम्प पछि आए ३ पराकम्प
बिहिबार दिउसो आएको ५.४ रेक्टर स्केल को भुकम्प पछि २.४ भन्दा कमका ३ पराकम्प गएको भुगर्भ विभागले जनाएको छ। विभागका अनुसार भुकम्पिय जोखिम क्षेत्रमा रहेकोले साइप्रसमा जुनसुकै बेला पनि भुकम्प आउन सक्छ। यश अघि २०१५ देखि २०१८ सम्म हरेक साल लगातार भुकम्प आएको थियो। हिजो को भुकम्प र पराकम्पमा कुनै भौतिक र मानवीय क्षति नभएको स्थानीय मिडियाले समाचार प्रकाशन गरेका छन्।
२२ जनवरी २०२१/लिमासोल
लार्नाका तथा पापोस एयरपोर्टमा कोरोना परिक्षण पिसिआर गर्दा लाग्ने शुल्क घटाएको छ। सरकारले निजि प्रयोगशाला सङ गरेको नयाँ करार अनुसार लार्नाका र पापोस एयरपोर्ट मा आउने यात्रुले कोरोना परिक्षण गराउन लाग्ने शुल्क ७५ युरो बाट घटाएको हो ।
लार्नाका एयरपोर्ट को लागि ३० युरो र पापोस एयरपोर्टका लागि ३२ युरो शुल्क कायम गरिएको छ।
आगामी मार्च १ रेड जोन मा परेका देशका यात्रु ले क्वारेन्टाइन बस्नु पर्ने नियम हटाइने बताइएको छ। फ्लाइट हुनु ७२ घन्टा अघि को कोरोना नेगेटिभ भएको रिपोर्ट लिएर लार्नाका एयर्पोर्ट पुगे पछि पुन: टेस्ट गराउनु पर्ने नियम लागू हुनेछ।
यश बाट यात्रुलाई क्वारेन्टाइन बस्न बाध्यता हुने छैन । अहिले रेड जोन मा परेका देश बाट आउने यात्रुले १४ दिन ” घर वा होटेल क्वारेन्टाइन” बस्नु पर्ने बाध्यता छ।
२१ जनवरी २०२१ / लिमासोल
फामागुस्ता जिल्ला लाइ केन्द्र बिन्दु बनाइ आज ५.१ रेक्टर स्केल को भुकम्प गएको छ। भूकम्पको धक्का लार्नाका, लिमासोल, निकोसिया र पापोस मा पनि महसुस गरिएको थियो। भुकम्पका कारण कहिँ पनि क्षति नभएको स्थानीय मिडियाले समाचार प्रकाशन गरेका छन्।

भूगर्भ सर्वेक्षण विभागका अनुसार दिउँसो साढे ४ बजे लार्नाकाबाट १८ किमि उत्तरपूर्वमा केन्द्रबिन्दु रहेको थियो। भुकम्प महसुसगरि निकोसिया, लार्नाका र फामागुस्ताका सयौ स्थानीय घर बाहिर निस्केका थिए।
१८ जनवरी २०२१/ लिमासोल
कोरोना संक्रमणका कारण आज ५ जनाको ज्यान गएको छ। साइप्रसको स्वास्थ्य मन्त्रालयले आज ५ जनाको मृत्यु भएको जानकारी दिदै १६२ जनामा कोरोना संक्रमण पुस्टि भएको बताएको छ। आज को डाटा सहित हाल सम्म कोरोना संक्रमित को संख्या २९,१३० पुगेको छ।
अस्पताल मा पनि भर्ना हुने संख्या बढेको छ।
स्वास्थ्य मन्त्रालयले जनवरी १८ तारिख मा र्यापिड एण्टिजेन फ्री कोरोना टेस्ट निम्न स्थान मा हुने जानकारी दिएको छ।
र्यापिड टेस्ट को नतिजा ३० मिनेट मा सोहि स्थान मा लिन सकिने छ भने एस एम एस मार्फत २४ घण्टा भित्र जानकरी दीइने बताइएको छ।



१७ जनवरी २०२१ /लिमासोल
दोस्रो चरणको लकडाउनको आज ७ औ दिन सम्म कोरोना संक्रमितको संख्यामा लगातार कमि आइरहेको छ। संकमित को संख्यामा कमि देखिए पनि अस्पताल भर्ना हुनेको संख्या भने बढ्दो छ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा उपचारको क्रममा ३ जाना कोरोनाका बिरामीले ज्यान गुमाएका छन्। यो संगै २०२० मार्च देखि हाल सम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १७० पुगेको छ। अस्पतालमा २०८ कोरोनाका बिरामी भर्नारत छ्न् जसमध्य ५६ को अवस्था गम्भीर रहेको छ।
मन्त्रालयका अनुसार आज ७,०५६ टेस्ट गरिएको थियो जसमध्य १२५९ पिसिआर र ५७९७ एण्टिजेन र्र्यापिड टेस्ट गरिएको मध्य १५७ मा कोरोना संक्रमण पुस्टि भएको हो।हाल सम्म साइप्रसमा कोरोना संक्रमित को संख्या २८,९६८ पुगिसकेको छ।
सरकारले र्यापिड टेस्टमा सहभागी हुन सर्वसाधारण संग अनुरोध गरेको छ। सरकारले दैनिक रुपमा निशुल्क र्यापिड टेस्ट गर्न हरेक शहरमा सेन्टर तोक्ने गरेको छ।

यता, कोरोना खोप लगाउने काम पनि जारि रहेको छ। कोरोनाको खोप लगाउन सरकरले अनलाइन पोर्टल जारि गर्दै सो मार्फत मात्र आवेदन लिएर अपोइन्मेंट दिने गरेको छ। डिसेम्बर २७ देखि सुरु भएको खोप अभियानमा हाल सम्म १०,२२६ जनाले खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।





