
द्रोण रिजाल, नेदरल्यान्ड्स | पत्रकारितामा समर्पण गर्दै आउनुभएका अग्रज पत्रकारहरुलाई नेपाल पत्रकार महासंघ युरोप शाखाले पचासौ शृंखला समर्पण गर्दै सम्पन्न गरेको छ | २३ जनावरी का दिन भर्चुयल माध्यमबाट गरिएको कार्यक्रममा बेनेलक्सका लागि नेपाली राजदूत महामहिम गेहेन्द्र राजभन्डारीको प्रमुख आतिथ्यमा बिशेस अतिथिहरु नेपाल पत्रकार महासंघ केन्द्रका पुर्व अध्यक्षज्यूहरुलाई बिशेस सम्मान गर्दै अन्य अतिथिहरु बैदेशिक शाखाका अध्यक्षहरु र प्रेस संगठन, प्रेस युनियनका अध्यक्ष, संयोजक लगायत सम्पूर्णलाइ सम्मान गरेको थियो |
सम्मानित हुनुहुनेमा अग्रज पुर्व अध्यक्षहरु किशोर नेपाल, डा. शुरेश आचार्य, तारानाथ दाहाल, धर्मेन्द्र झा, डा. महेन्द्र बिष्ट, हरिहर बिरही, होमनाथ दाहाल, बिष्णु निस्ठुरी, शिव गाउँले र बर्तमान अध्यक्ष गोबिन्द आचार्य रहेका छन् | त्यसै गरि प्रेस युनियन नेपालका अध्यक्ष बद्रि सिग्देल, फोनिज नेपालका अध्यक्ष दण्ड गुरुङ, प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहाल, प्रेस संगठन नेपालका सह-संयोजक गणेश बस्नेत, संचारिका समूह नेपालकी अध्यक्ष नितु पण्डित र प्रेस युनियन नेपाल बेलायतका अध्यक्ष बिपिन निरौला रहेका छन् |

बैदेशिक शाखाका अध्यक्षहरु नरेश खपांगी मगर बेलायत, मोहन घले जापान, रन्जनराज कुँवर द. कोरिया, करिम बक्स मिया कतार, हरिकृष्ण न्यौपाने कुवेत, मेघ राज सापकोटा (काबा अध्यक्ष ) यु ए इ ,हेमन्त काफ्ले अस्ट्रेलिया, गोबिन्द पोख्रेल भारत, लक्ष्मण खनाल यु ए इ र प्रस्ताबिक बेल्जियम शाखाका संयोजक ओम शर्मा र पोर्चुगल शाखाका संयोजक योगेन्द्र मिलन छन्त्याल समेतलाई शाखाले सम्मान गर्दै प्रमुख अतिथि बेनेलक्सका लागि नेपाली राजदूत महामहिम गेहेन्द्र राजभन्डारी मार्फत सम्मान – पत्र प्रदान गरेको थियो | उक्त सम्मान पत्र र मायाको चिनो काठमांडूमा बिशेस समारोहका साथ प्रदान गरिने अध्यक्ष राईले बताएका छन् |
पत्रकार महासंघमा सबै छेत्रका बिचारहरु अटाउने गरि बिधान संसोधन गरेर हिमाल पहाड र तराइका सम्पूर्ण पत्रकारहरुलाई समेट्दै संगठन बिस्तार गर्नुपर्नेमा जोड दिदै देशमा अस्थिरता भएकाबेला प्रेस माथि लगाम लगाउने खालका अबैधानिक कामहरु हुनसक्ने भन्दै यसको बिरुद्ध एकजुट भएर लड्नुको कुनै विकल्प नरहेको प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देलले जोड दिए | समस्त युरोपमा छरिएर रहेका पत्रकारहरुले नेपालीहरुको दुख:सुखमा साथ दिदै खेलेको भूमिकाको प्रसंशा गर्दै युरोपमा रहेका पत्रकारहरुबाट नेपालले धेरै कुरा सिकन सक्छ भन्दै क्रियासिल रहन पुर्व अध्यक्ष तारानाथ दाहालले आग्रह गरेका थिए |
देश र समाजलाइ प्रवासबाट जोड्दै युरोपका पत्रकारहरुले आफ्नो काम संगै पत्रकारिता लाइ संथागत गराउन सफल भएकोमा धर्मेन्द्र झाले खुसि ब्यक्त गरे | पत्रकार महासंघ केन्द्रको शाखा बिस्तारमा सराहनीय भूमिका रहेको उल्लेख गर्दै बिदेशी शाखाको काम भनेको नेपालीहरुलाई अनलाइन मिडिया मार्फत जोडिन पत्रकारहरुको भूमिका बस्तुगत र तथ्यगत हुनुपर्ने डा. महेन्द्र बिष्टको धारणा थियो | देशको अस्थिरता र बर्तमान कोभिड १९ को प्रभाबका कारण पत्रकारहरुले जीविकाको लागि विकल्प खोज्नु परेको उल्लेख गर्दै संघ संगठनमा उम्मेदवारी बन्नका लागि राजनीतिका पार्टीमा नजोडीएसम्म उम्मेदवार हुन नपाउने तितो अनुभब रहेको डा. सुरेश आचार्यको भनाई थियो |
बैदेशिक शाखाका तर्फबाट यु ए इ शाखाका अध्यक्ष लक्ष्मण खनाल, युरोप शाखाका का का सदस्य राजकुमार थापा ले आ- आफ्नो धारणा राखेका थिए भने साहित्यकार तथा संचारकर्मी इन्दिरा चाम्लिंग र शान्ति अर्याल अधिकारीको गजल र कविताले कार्यक्रम मन्त्रमुग्ध भएको थियो | कार्यक्रम संचालन अध्यक्ष केजिन राई र कार्यबहाक महासचिब द्रोण रिजालले गरेका थिए | स्वागत मन्तब्य का का सदस्य सरला कट्टेलले गरेकी थिइन भने धन्यबाद ज्ञापन संचारकर्मी गोमा खरेलले गरेकी थिईन | ब्रिटेन नेपाल डट कमका प्रधान सम्पादक चिरण शर्मा लगाएत शाखाका कार्यसमितिका पधारिकारीहरुलाइ समेत सम्मान गरिएको थियो |
काठमाडौ । वैदेशिक रोजगारीका क्रममा मलेसियामा कार्यरत लाखौंलाख नेपाली श्रमिकमध्ये विभिन्न कारणबस मृत्यु भएका १७ जना नेपाली श्रमिकको शव नेपाल ल्याइएको छ। नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत १७ नेपालीको शव आज शनिबार बिहान ल्याइएको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गर्न गएका नेपाली विभिन्न कारणले ज्यान गुमाएर शव त्यहाँ अलपत्र अवस्थामा थिए। शव ल्याउन नसकिएका ५ जनाको भने अस्तु मात्रै ल्याइएको निगम स्रोतले जनाएको छ।
मलेसियामा मृत्यु भएका बाँकेका तिर्थराम लोनिया, पाँचथरका सुन्दर राई, लक्ष्मीकुमार माझी, सिन्धुपाल्चोकका कालु तामाङ, अजय भण्डारी, झापाका लिलाबहादुर खड्का, बिष्णुकुमार चौधरी, धनकुटाका भीमबहादुर मगर, सिन्धुलीका सूर्यबहादुर तामाङ, काभ्रेका अजय तामाङ, नुवाकोटका मिलन लामा तामाङ, ताप्लेजुङका धनबहादुर बिके, नेत्रप्रसाद भट्टराई, रौतहटका विरेन्द्र राउत कुर्मी, पर्साका अझिर खान पैठाहान, इटहरीका मोहम्मद मिस्तार, मोरङा रामकुमार मुदियारको शव नेपाल आएको हो ।

शव बुझ्न गएका आफन्तको रुवाबासीले आज बिहान विमानस्थलको वातावरण भावुक बनेको थियो। शव लिन शुक्रबार निगमको विमान मलेसिया गएको थियो।
स्रोतले दिइएको जानकारी अनुसार आज फिर्ता भएका शवहरु गत बर्ष २०२० मै मृत्यु भएका मृत नेपालीहरुका हुन। अझैपनि मलेसियामा दुई दर्जन मृत नेपालीको शव अलपत्र अवस्थामै अस्पतालमा रहेको छ।
मलेसिया स्थित नेपाली दूतावासले नेपाल सरकारको सम्बन्धित मन्त्रालयलाई लामो समयदेखि पटकपटक अनुरोध गर्दागर्दै बल्लतल्ल १७ वटा मृत शव नेपाल फर्काउन सकिएको हो।

नेपाल सरकार मातहतको सम्बन्धित मन्त्रालयको ढिलासुस्तीले समयमै शवलाई नेपाल पठाउन नसक्दा मलेसियामा मृत नेपालीको शव लामो समयसम्म यसरी नै बारम्बार अलपत्र पर्ने गर्ने गरेको छ।
जसले गर्दा अन्तिम दाहसंस्कारको लागी मृतकको शव कुरेर बसेका परिवारमा थप पीडा थपिने गरेको जनगुनासोको खबर आउने गरेको चमार कल्याण समाजका महासचिव राम किशोर मोची चमारले जानकारी दिएका छन ।
२२ जनवरी २०२१/लिमासोल
कोरोना अपडेट
आज कोरोनाका कारण एक वृद्धको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आज १२२ मा कोरोना संक्रमण पुष्ठि भएको हो। आज को संक्रमण सहित हाल सम्म सन्क्रमित को संख्या २९,७६८ पुगेको छ। पछिल्लो २४ घन्टामा ९,६३५ पिसिआर र र्यापिड टेस्ट गरिएको थियो। हाल सम्म १७९ जनाले कोरोनाबाट ज्यान गुमाइ सकेका छन् ।
संक्रमण बाट अस्पताल मा भर्ना हुने मध्य २३ जना आइसियु मा भर्ना भएका छन् ।
लकडाउन खोल्न बारे विभिन्न मन्त्रालयको छलफल
सरकारले लक्डाउनलाई कम जोखिमका साथ चरणबद्ध रुपमा खोल्ने बारे रणनीति बनाउन कोरोनाभाइरस सल्लाहकार समिती सङ छलफल गरेको छ।
जनवरी १० देखि लागू लकडाउन पश्चात् कोरोना संक्रमणको संख्यामा कमि आइरहेको देखिए पनि अस्पताल भर्ना हुने बिरामीको क्रम हेरेर अवस्था जोखिमपुर्ण रहेको समितिले स्वास्थ मन्त्री कोन्स्तान्तिनुस आयान्नुलाई बताए।
संक्रमण कम देखीए पनि उच्च जोखिम रहेको समितिले बताएको हो ।
स्वास्थ्य मन्त्रीका अनुसार ३१ तारिख पछि लक्डाउनलाई कम जोखिममा कसरी खोल्ने भन्ने बारे स्वास्थ्य, अर्थ, श्रम,शिक्षा मन्त्रालय बिच छलफल जारी रहेको छ। सल्लाहकार समितीले जनवरी २५ मा रास्ट्रपति निकोस अनास्टसियादेश सङ पनि भेट गर्ने कार्यक्रम गर्नेछ। रास्ट्रपति सङ हुने भेट महत्त्वपूर्ण रुपमा हेरिएको छ।
भुकम्प पछि आए ३ पराकम्प
बिहिबार दिउसो आएको ५.४ रेक्टर स्केल को भुकम्प पछि २.४ भन्दा कमका ३ पराकम्प गएको भुगर्भ विभागले जनाएको छ। विभागका अनुसार भुकम्पिय जोखिम क्षेत्रमा रहेकोले साइप्रसमा जुनसुकै बेला पनि भुकम्प आउन सक्छ। यश अघि २०१५ देखि २०१८ सम्म हरेक साल लगातार भुकम्प आएको थियो। हिजो को भुकम्प र पराकम्पमा कुनै भौतिक र मानवीय क्षति नभएको स्थानीय मिडियाले समाचार प्रकाशन गरेका छन्।
२२ जनवरी २०२१/लिमासोल
लार्नाका तथा पापोस एयरपोर्टमा कोरोना परिक्षण पिसिआर गर्दा लाग्ने शुल्क घटाएको छ। सरकारले निजि प्रयोगशाला सङ गरेको नयाँ करार अनुसार लार्नाका र पापोस एयरपोर्ट मा आउने यात्रुले कोरोना परिक्षण गराउन लाग्ने शुल्क ७५ युरो बाट घटाएको हो ।
लार्नाका एयरपोर्ट को लागि ३० युरो र पापोस एयरपोर्टका लागि ३२ युरो शुल्क कायम गरिएको छ।
आगामी मार्च १ रेड जोन मा परेका देशका यात्रु ले क्वारेन्टाइन बस्नु पर्ने नियम हटाइने बताइएको छ। फ्लाइट हुनु ७२ घन्टा अघि को कोरोना नेगेटिभ भएको रिपोर्ट लिएर लार्नाका एयर्पोर्ट पुगे पछि पुन: टेस्ट गराउनु पर्ने नियम लागू हुनेछ।
यश बाट यात्रुलाई क्वारेन्टाइन बस्न बाध्यता हुने छैन । अहिले रेड जोन मा परेका देश बाट आउने यात्रुले १४ दिन ” घर वा होटेल क्वारेन्टाइन” बस्नु पर्ने बाध्यता छ।
२१ जनवरी २०२१ / लिमासोल
फामागुस्ता जिल्ला लाइ केन्द्र बिन्दु बनाइ आज ५.१ रेक्टर स्केल को भुकम्प गएको छ। भूकम्पको धक्का लार्नाका, लिमासोल, निकोसिया र पापोस मा पनि महसुस गरिएको थियो। भुकम्पका कारण कहिँ पनि क्षति नभएको स्थानीय मिडियाले समाचार प्रकाशन गरेका छन्।

भूगर्भ सर्वेक्षण विभागका अनुसार दिउँसो साढे ४ बजे लार्नाकाबाट १८ किमि उत्तरपूर्वमा केन्द्रबिन्दु रहेको थियो। भुकम्प महसुसगरि निकोसिया, लार्नाका र फामागुस्ताका सयौ स्थानीय घर बाहिर निस्केका थिए।
१८ जनवरी २०२१/ लिमासोल
कोरोना संक्रमणका कारण आज ५ जनाको ज्यान गएको छ। साइप्रसको स्वास्थ्य मन्त्रालयले आज ५ जनाको मृत्यु भएको जानकारी दिदै १६२ जनामा कोरोना संक्रमण पुस्टि भएको बताएको छ। आज को डाटा सहित हाल सम्म कोरोना संक्रमित को संख्या २९,१३० पुगेको छ।
अस्पताल मा पनि भर्ना हुने संख्या बढेको छ।
स्वास्थ्य मन्त्रालयले जनवरी १८ तारिख मा र्यापिड एण्टिजेन फ्री कोरोना टेस्ट निम्न स्थान मा हुने जानकारी दिएको छ।
र्यापिड टेस्ट को नतिजा ३० मिनेट मा सोहि स्थान मा लिन सकिने छ भने एस एम एस मार्फत २४ घण्टा भित्र जानकरी दीइने बताइएको छ।



१७ जनवरी २०२१ /लिमासोल
दोस्रो चरणको लकडाउनको आज ७ औ दिन सम्म कोरोना संक्रमितको संख्यामा लगातार कमि आइरहेको छ। संकमित को संख्यामा कमि देखिए पनि अस्पताल भर्ना हुनेको संख्या भने बढ्दो छ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा उपचारको क्रममा ३ जाना कोरोनाका बिरामीले ज्यान गुमाएका छन्। यो संगै २०२० मार्च देखि हाल सम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १७० पुगेको छ। अस्पतालमा २०८ कोरोनाका बिरामी भर्नारत छ्न् जसमध्य ५६ को अवस्था गम्भीर रहेको छ।
मन्त्रालयका अनुसार आज ७,०५६ टेस्ट गरिएको थियो जसमध्य १२५९ पिसिआर र ५७९७ एण्टिजेन र्र्यापिड टेस्ट गरिएको मध्य १५७ मा कोरोना संक्रमण पुस्टि भएको हो।हाल सम्म साइप्रसमा कोरोना संक्रमित को संख्या २८,९६८ पुगिसकेको छ।
सरकारले र्यापिड टेस्टमा सहभागी हुन सर्वसाधारण संग अनुरोध गरेको छ। सरकारले दैनिक रुपमा निशुल्क र्यापिड टेस्ट गर्न हरेक शहरमा सेन्टर तोक्ने गरेको छ।

यता, कोरोना खोप लगाउने काम पनि जारि रहेको छ। कोरोनाको खोप लगाउन सरकरले अनलाइन पोर्टल जारि गर्दै सो मार्फत मात्र आवेदन लिएर अपोइन्मेंट दिने गरेको छ। डिसेम्बर २७ देखि सुरु भएको खोप अभियानमा हाल सम्म १०,२२६ जनाले खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
गए राती ट्रोडोस मा हिउँ परेको छ। यो सिजन को पहिलो हिउँ गत रात परेको हो । मौसम विभागका अनुसार अब २ दिन लगातार हिउँ पर्ने र देश भर चिसो बढ्ने बताइएको छ।
स्थानीय अनलाइनले छापेका ट्रोडोसका केही तस्बिरहरु।





समिम मियाँ
८ जनवरी २०२१/ लिमासोल
सरकारले देशव्यापी लकडाउन लगाउने निर्णय गरेको छ। जनवरी १० तारिख देखि जनवरि ३१ सम्म तिन हप्ता लकडाउन हुने सरकारले जनाएको छ। कोरोनाका कारण पछिल्लो एक महिनामा संक्रमित र मृतक को संख्यामा तिव्रता आए पछि यसलाई नियन्त्रण गर्ने कोसिस स्वरुप सरकारले पुन: लकडाउन गर्ने निर्णय गरेको हो।
सरकारी अस्पतालमा कोभिड बेड को अभाव हुने अवस्था सृजना भएको छ। कोभिड बिरामीका लागि बेड देश भर २०० छन् जसमध्य १९४ भरिसकेका छन्। स्वास्थ्य मंत्री कोंस्तानीत्नुस आयान्नुले आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै अबको यी ३ हप्ता घर मै बसेर मात्रै कोरोना को फैलावट रोक्न सकिने भएकाले व्याक्तिगत वा पेशागत भेटघाट नगर्न आग्रह गरे।
“हामीहरु यस्तो परिदृश्य लाइ रोक्ने कोसिस गर्दै छौ जहाँ अस्पतालमा बेड उपलब्ध नहुदा मानिसहरु असहाय भएर मृत्यु को सिकार होउन। मंत्री आयान्नुले भने।
लकडाउनको बारे बताउदै मंत्री आयन्नुले राति ९ बजे देखि बिहान ५ बजे सम्म कर्फ्यु लागु हुने बताए। सार्वजिक स्थान वा प्राइभेट मा हुने सबै किसिमका जमघटमा प्रतिबन्ध गरिएको छ भने पार्क तथा समुन्द्री किनारमा भने शारीरिक व्यायाम गर्न २ जना सम्म एक साथ जान सकिने बताइएको छ। त्यस्तै, लकडाउनको समयमा काम विशेषले मात्र बाहिर जान सकिने गरि अनुमति लिनु पर्ने प्रणाली फेरी ल्याइएको छ। अनुमति लिनका लागि 8998 नम्बरमा एसएमएस गर्न सकिने छ भने प्रति दिन २ पटक मात्र अनुमति दीइनेछ। एक पटक गरिएको एसएमएस ले बढीमा ३ घण्टा मात्र बाहिर बिताउन सकिनेछ। SMS कसरी पठाउने त ? यहाँ क्लिक गरि पढ्नुहोस् .
त्यस्तै धार्मिक स्थान र समारोहमा बढी मा १० जना मात्र समिल हुन भनिएको छ। किण्डर गार्डेन यथावत संचालनमा रहने छ भने बाकि सबै विद्यालयहरु अनलाइन बाट मात्रै संचालन रहनेछन। निर्माण सम्बधि सबै कार्यहरु चालु नै रहने छन् भने खाधान्न तथा खुद्रा पसल, सुपरमार्केट, कियोस्क,बेकरी लगायत दैनिक उपभोग्य सामाग्री वा सेवा प्रदायक पनि खुल्ला रहने भनिएको छ।
बिजुली, पानी, बैंक, फोन तथा इन्टरनेटसेवा प्रदायक कम्पनी साथै नागरिक सेवामा रहने सरकारी अफिसहरु पनि खुल्ला रहने छन्। खुल्ला रहेका प्राइभेट कम्पनि र व्यवसायमा भने १५ % स्टाफ मात्र उपस्थित रहेर ड्युटी गर्न भनिएको छ यस्ता अफिस तथा व्यवसायमा बढी मा २० जना मात्र उपस्थित रहेन सक्ने व्यवस्था गरिएको छ।
हेयर ड्रेसर तथा सलुन , ब्युटी सलुन, ट्याटु पसल, सिनेमाहल, एम्पिथियटर, रेस्टुरेन्ट तथा नाइटक्लब, सपिङ्ग मल, डिपार्टमेन्टल स्टोर, डान्स तथा संगीत सम्बन्धि स्कुलहरु बन्द रहने सरकारले जनाएको छ। साथै यस अघिका नियममा बन्द रहेका व्यवसायहरु आगामी ३१ जनवरी सम्म बन्द नै रहने भनिएको छ।
लकडाउनको दौरानमा खुल्ला रहेका व्यवसाय र कम्पनि साथै आम जनतामा थप मात्रामा र्यापिड टेस्ट गराउने स्वास्थ्य मन्त्रालयले जनाएको छ।




