यो वर्षा र गर्मीको समय हो। विशेषगरी यो समयमा गर्मी र दूषित पानीका कारण विभिन्न पानीजन्य रोगहरु लाग्नसक्ने सम्भावना अधिक रहन्छ।त्यसकारण गर्मी तथा पानीजन्य रोगबाट जोगिन निम्न अनुसारका उपाएहरु अपनाउन आम जनमानसलाई अनुरोध छ।यसले ‘म जोगाउँछु मेरो स्वास्थ्य’ र ‘आफ्नो स्वास्थ्यको आफैं जिम्मेवारी’ भन्ने भनाइलाई आत्मसात् गर्दै, यी उपायहरू अपनाएर हामी स्वस्थ रहन सक्छौँ।
– पानीजन्य रोगबाट बच्नका लागि सबैभन्दा महत्त्वपूर्ण र सजिलो उपाय भनेको पानीलाई राम्रोसँग उमालेर पिउनु हो। कम्तीमा १ मिनेटसम्म पानीलाई भकभकी उमाल्नुपर्छ।
– सधैँ खाना बनाउनुअघि, खाना खानुअघि, बिरामीलाई छुनुअघि, बच्चालाई खुवाउनुअघि, चर्पी प्रयोग गरिसकेपछि, बिरामीको स्याहार गरिसकेपछि, कीटनाशक प्रयोग गरिसकेपछि, र बाहिरबाट घर आएपछि साबुन पानीले मिचिमिची हात धुनु अनिवार्य छ।
– अत्याधिक गर्मीका कारण थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाँउडिने, चक्कर आउने, बेहोस हुने मांसपेशीहरु दुख्ने, बान्ता हुने जस्ता लक्षणहरु देखिन सक्ने भएकाले यस्ता समस्या देखिएमा नजिकको स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्कमा रहि आफ्ना समस्याको समाधानको लागी थप सल्लाहा सुझाब लिने गर्नु पर्दछ ।
– उच्च गर्मीबाट बच्नको लागी अत्याधिक गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा बस्नु पर्दछ।
– पानीको मुहान वरपर तारजाली लगाउने र पानी दूषित हुन नदिन खुला दिसा-पिसाब गर्न तथा गाईभैँसीलाई मुहानमा आउन नदिनुहोस्।
– नियमित रुपमा पानी तथा झोलिलो पदार्थ फलफुलको रस, जुस तथा सर्बत प्रसस्त मात्रामा पिउनु पर्दछ ।
– खेतबारीमा तथा अन्य मेलापातका कामहरु सकभर बिहान वा बेलुकाको समय मिलाएर गर्नु पर्दछ ।
– सम्भब भएसम्म रुखको छहारी मुनि ,सितल ठाँउमा, चिसो ठाँउमा वा पँखा भएको ठाँउमा बस्नु पर्दछ ।
– उच्च गर्मी तापक्रमबाट जोगीनको लागी चिसो पानीले नुहाउने, आबस्यकता अनुसार चिसो पानी पट्टीको प्रयोग गर्नुपर्दछ।
– सडेगलेका, बासी, काँचो खानेकुरा तथा बजारमा माखा भन्केका खाद्य पदार्थहरू प्रयोग नगर्नुहोस्।
– उच्च गर्मी तापक्रम बाट बच्नको लागी सकभर दिउँसोको समयमा घर अफिसबाट बाहिर ननिस्कने, यदी बाहीर निस्कनै परेमा पातलो कपडाले टाउको छोप्ने, हल्का तथा सुतिका कपडा लगाउने, टोपी लगाउने वा छाताको प्रयोग गर्ने ।
– खाना राम्रोसंग पकाएर मात्र खाने बानी बसाल्नु पर्दछ ।
– फलफुललाई सफा पानीले राम्ररी धोएरमात्र खानु पर्दछ ।
– सतही तथा जमिनको पानीको शुद्धता संबन्धित निकाएमा गएर चेक गराएर उक्त पानीको प्रयोग गर्ने । दुषित देखीएमा क्लोरीनको प्रयोग गरी शुद्ध गराई प्रयोग गर्ने ।
– मदीरा सेबन, चिया कफी सोडा जस्ता पेय पदार्थ, चिनिको मात्रा बढी भएका झोल पदार्थ सकभर प्रयोग नगर्ने।
– अतिनै आवस्यक परेको बेलामा वा ट्रेकिङ वा हाईकिङमा जाँदा क्लोरीन ट्रयाब्लेट वा झोलले पानी शुद्ध बनाएर पिउने ।
– किटजन्य रोगबाट बच्न घरायसी तथा बाताबरणीय सरसफाई गर्ने ।
– लामखुट्रटेले फुल पार्ने ठाँउ तथा पानी जम्मा हुने ठाँउ जस्तै टायर सिसी बोत्तल आदी हटाने, घरवरपरका खाल्डा खुल्डी पुर्ने ।
– लामो समय सम्म फ्रिजमा राखीएका खाध्य पदार्थहरु, धेरै चिसो बनाएर राखेको पानी कोक फेन्टा हरुको प्रयोग पनि सकभर नगर्ने ।
– लामखुट्रटे तथा अन्य किटजन्य रोग बाट जोगिन लामो बाहुला भएको कपडा लगाउने पुरा शरिर ढाक्ने अनाबस्यक साँझ वा राती बाहीर नजाने । जानै परे लामखुट्रटे भगाउने क्रिम लगाउने । झुलको प्रयोग गर्ने । घरभित्र किटनासक झोल छर्ने । जम्मा भएको पानीमा लामखुट्रटको लार्भा खाने माछा पाल्ने। पानीका स्रोतहरुलाई ढाक्ने । फोहोर पानीमा अनाबस्यक रुपमा नखेल्ने ।
– गर्मीको समयमा बिहान वा बेलुका एक पटक पकाएर फ्रिजमा राखेको दाल भात रोटी तरकारी जस्ता खाध्य पदार्थ हरु साँझ बिहान प्रयोग नगर्ने । जस्ता साबधानी अपनायौं भने उच्च गर्मी तापक्रम वा पानी जन्य रोगबाट हुन सक्ने समस्या बाट घरयासी तहबाटै बच्न वा जोगीन सकिन्छ ।
-(लेखक भोजराज पोख्रेल स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी हुन्)
सामाग्री श्रोत :
swasthyakhabar

