२०८२ असार २५ बुधबार
LATEST NEWS
२०८२ असार २५ बुधबार

रसुवागढीको मितेरी पुल भत्किँदा ६० प्रतिशत गाडी आयात ठप्प, चाडपर्वमा अभाव हुने संकेत

काठमाडौँ । चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढीस्थित मितेरी पुल हालैको बाढीपहिरोले क्षतिग्रस्त भएपछि नेपाल भित्रिने सवारीसाधनको आयात ठप्प भएको छ । नेपाल भित्रिने कुल सवारीसाधनमध्ये ६० प्रतिशतभन्दा बढी यही नाकाबाट आयात हुने हुँदा आगामी दशैं-तिहार जस्ता चाडपर्वको मुखमा बजारमा गाडीको गम्भीर अभाव सिर्जना हुने देखिएको छ । 

नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले एक विज्ञप्ति जारी गर्दै पुल भत्किएका कारण आपूर्ति प्रणालीमा ठूलो अवरोध सिर्जना भएको जनाएको छ । नाइमाका अनुसार चिनियाँ भन्सारबाट जाँचपास (क्लियर) भइसकेका गाडीहरू समेत पुल नहुँदा नेपाल प्रवेश गर्न सकेका छैनन् र सीमापारि नै अलपत्र परेका छन् । 

“नेपाल भित्रिने सवारीसाधनमध्ये ६० प्रतिशतभन्दा बढी उत्तरी नाकाबाट आउने हुँदा रसुवागढी नाकास्थित मितेरी पुल पूर्ण रूपमा भत्किनुले आपूर्ति प्रणालीमा ठूलो अवरोध सिर्जना भएको छ,” विज्ञप्तिमा भनिएको छ । 

विशेषगरी दशैं-तिहारको समयमा सवारीसाधनको माग उच्च हुने गर्दछ । यही समयमा आयात रोकिँदा यसले समग्र अटोमोबाइल बजारलाई नै गम्भीर असर पार्ने व्यवसायीहरूको चिन्ता छ । नाइमाले भनेको छ, “चाडपर्व नजिकिँदै गर्दा यस्तो अवस्था अझ गम्भीर बनेको छ ।” 

एसोसिएसनले पुल भत्किएर सिर्जित अवस्थाले मानवीय क्षति मात्र नभई देशको आर्थिक प्रणालीमा पनि गम्भीर असर पारेको भन्दै सरकार र सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएको छ । नाइमाले तत्काल पूर्वाधार पुनर्निर्माण गरी आपूर्ति प्रणालीलाई सहज बनाउन र विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई प्राथमिकता दिनसमेत सरकारसँग अनुरोध गरेको छ ।

 

पछिल्लो अध्यावधिक: असार २५, २०८२ १५:३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट