२०८२ असार २२ आईतवार
LATEST NEWS
२०८२ असार २२ आईतवार

भारतमा समाचार एजेन्सी रोयटर्सको एक्स ह्यान्डल बन्द

काठमाडौँ । भारतमा अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सको आधिकारिक एक्स अकाउन्ट भारतमा बन्द भएको छ । भारतमा रहेका प्रयोगकर्ताले उक्त अकाउन्ट (@Reuters) खोल्दा ‘कानुनी मागको जवाफमा @Reuters लाई भारतमा रोकिएको छ’ (IN in response to a legal demand) भन्ने मेसेज देखाइएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार शनिबार राति ११:४० बजेसम्म रोयटर्स वर्ल्डको एक्स ह्यान्डल पनि बन्द थियो । यी दुई ह्यान्डल बन्द गर्नुको कारण भने अझै स्पष्ट हुन सकेको छैन ।

रोयटर्सको मुख्य एक्स अकाउन्ट भारतमा बन्द भए पनि यससँग सम्बन्धित अन्य ह्यान्डल जस्तै-रोयटर्स टेक न्युज, रोयटर्स फ्याक्ट चेक, रोयटर्स पिक्चर्स, रोयटर्स एसिया र रोयटर्स चाइना भने अझै पनि खुलिरहेका छन् । भारतमा आफ्नो मुख्य एक्स अकाउन्ट बन्द भएको विषयमा रोयटर्सले अहिलेसम्म कुनै आधिकारिक विज्ञप्ति जारी गरेको छैन । 

यस विषयमा भारतीय अधिकारीको प्रतिक्रिया पनि आउन बाँकी छ । यो प्रतिबन्ध भारतमा मात्र सीमित देखिन्छ, किनभने अन्य देशबाट यो अकाउन्ट सहजै चलाउन सकिन्छ । 

नेपालमा पनि रोयटर्स र यससँग सम्बन्धित एक्स अकाउन्ट खोल्दा कुनै समस्या देखिएको छैन । यो रोक अस्थायी हो वा स्थायी भन्ने पनि भएको स्पष्ट छैन । साथै यो कुनै विशेष समाचार वा प्लेटफर्मविरुद्ध जारी गरिएको कानुनी निर्देशनको परिणाम हो भन्नेबारे पनि आधिकारिक जानकारी बाहिर आइसकेको छैन ।

पछिल्लो अध्यावधिक: असार २२, २०८२ ११:३२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट