काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेप्रति एैक्यवद्धता प्रदर्शन गर्न सञ्चालन गरिएको हस्ताक्षर अभियानमा कलाकर्मीहरूले पनि बलियो साथ दिएका छन्।

काठमाडौँमा आयोजित एक कार्यक्रमकाबिच कलाकारहरू किरण केसी, रमेश उप्रेती, अशोक शर्मा, खगेन्द्र लामिछाने लगायतले हस्ताक्षर गरी ऐक्यबद्धता जनाएका हुन्।
लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै पार्टीको तेस्रो स्थापना दिवसबाट देशभरि हस्ताक्षर अभियानमा सञ्चालन गरिएको थियो।
आज हस्ताक्षर गर्नेहरूमा अभिनेता कृष्ण मल्ल, खगेन्द्र लामिछाने, संगीतकार तथा गायक खेम सेञ्चुरी, हास्यकलाकारहरू राजाराम पौडेल, किरण केसी, रामचन्द्र अधिकारी, निर्देशक अशोक शर्मा र दीपेन्द्र के खनाल, सिनेपत्रकार प्रकाश सुवेदीलगायत छन्।

यसअघि अभिनेता विपीन कार्की र अभिनेता रमेश उप्रेतीले रास्वपाको केन्द्रीय कार्यालयमै पुगेर हस्ताक्षर गरेका थिए। आज भने नागपोखरीस्थित एउटा रेस्टुरेन्टमा हस्ताक्षर कार्यक्रम राखिएको थियो। पार्टी स्रोतका अनुसार आज कलाकारहरूलाई जुटाउने कार्यमा रविकी पत्नी निकिता आफैँ सक्रिय थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ