२०८२ असार २१ शनिबार
LATEST NEWS
२०८२ असार २१ शनिबार

एकाएक तीनकुने-गैह्री गाउँबाट कहाँ गयो सूचना प्रविधि विभाग ?

काठमाडौँ । सूचना प्रविधि विभागको काठमाडौँको तीनकुने-गैह्री गाउँमा रहेको कार्यालय अचानक बन्द भएको छ । घरधनीले खाली गराउन ताकेता गरेपछि विभागको कार्यालय हतार-हतार अन्तै सर्न लागेको हो ।

असार मसान्त अगावै देशभरका सरकारी निकायका वेबसाइटहरू विभागको सिस्टममा नल्याए बन्द हुने समयसीमा छ । जसले गर्दा विभागको कार्यालय खोज्दै पुग्नेहरूलाई थप अन्योल र असहज बनेको गुनासो सुनिन थालेको छ ।

कार्यालय सर्ने क्रममा रहेकाले टेलिफोन लाइनहरू जडान हुन बाँकी रहेको विभागका महानिर्देशक रमेश शर्माले जानकारी दिए । यस बीचमा सेवाग्राहीले मोबाइल नम्बर वा विभागको ईमेलमार्फत सम्पर्क गर्न सक्ने उनको भनाइ छ ।

गैह्री गाउँ कार्यालय बन्द भएपछि विभाग बबरमहलस्थित वाणिज्य विभाग नजिकैको सरकारी भवनमा सामान सार्ने क्रम चलिरहेको छ । अब केन्द्रीय धनादेश कार्यालयको भवनबाटै विभागको कार्यालय सञ्चालनमा आउनेछ ।

विभागका अधिकारीहरूका अनुसार गैह्री गाउँस्थित भाडाका घरधनीले गत वैशाखसम्म खाली गरिदिन अग्रिम सूचना दिएका थिए । तर नयाँ कार्यालय राख्ने भवनको टुङ्गो लगाउन र भवन यकिन भइसकेपछि मर्मत सम्भार गर्नु पर्दा ढिलाइ भएको हो । घरधनीलाई दिइएको आर्थिक वर्षको भाका समेत सकिन लागेपछि यतिखेर हतार हतार विभागका सरसामान सार्ने काम भइरहेको छ ।

सेवाग्राही अन्योलमा परेपछि वेबसाइटमा सम्पर्कका लागि मोबाइल नम्बर राख्ने तयारी विभागले गरिरहेको छ । यस सम्बन्धी सार्वजनिक सूचना समेत प्रकाशित गरेर सार्वजनिक रूपमा जानकारी दिइने कुरा महानिर्देशक शर्माले बताए ।

विभागले सरकारी निकायहरूको आईटी सिस्टम, वेब एप्लिकेसन र वेबसाइटको सेक्युरिटी अडिट, केन्द्रीकृत विद्युतीय हाजिरी जडान, एकीकृत एसएमएस गेट-वे जस्ता महत्त्वपूर्ण सेवाहरू दिँदै आएको छ । यति मात्र नभई पछिल्लो समय त राष्ट्रिय सूचना प्रविधि केन्द्र तथा एकीकृत सरकारी डेटा सेन्टर (जीआईडीसी) समेत विभाग मातहत आएका छन् ।

सम्पूर्ण सरकारी निकायको एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस), गभर्मेन्ट क्लाउड सेवा, एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली जस्ता महत्त्वपूर्ण सेवाका लागि विभागकै सहयोग र समन्वय चाहिन्छ । यस बाहेक प्राविधिक परामर्श, सरकारी कर्मचारीहरूलाई आईटी सम्बन्धी तालिम लगायतका काममा पनि विभाग संलग्नता हुने गर्छ । 

 

पछिल्लो अध्यावधिक: असार २०, २०८२ १४:५१





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट