२०८२ असार २१ शनिबार
LATEST NEWS
२०८२ असार २१ शनिबार

पठाओ पार्सलको ग्यारेन्टी स्किम: समयमै सामान नपुगे मर्चेन्टलाई सामान बाराबरको पैसा र सामान फिर्ता

 

काठमाडौँ । राइड हेलिङ र लजिस्टिक सेवा प्रदायक पठाओ नेपालले आफ्नो डेलिभरी सेवा ‘पठाओ पार्सल’ अन्तर्गत ‘डेलिभरीको ग्यारेन्टी’ शीर्षकमा नयाँ योजना सार्वजनिक गरेको छ । आगामी १५ साउनसम्म सञ्चालन हुने यस योजना अन्तर्गत पठाइएका सामान तोकिएको समयमा ग्राहकसम्म नपुगी अर्डर रद्द भएमा सम्बन्धित मर्चेन्टले उक्त सामान बराबरको रकम र सामान दुवै फिर्ता पाउने पठाओले जनाएको छ ।

तर, डेलिभरी प्रयासका क्रममा ग्राहक सम्पर्कमा नआउने, फोन नउठाउने वा अर्डर लिन अस्वीकार गरेमा भने यो सुविधा लागु हुने छैन ।

बाढी, पहिरो, यातायात अवरोध वा हड्तालजस्ता बाह्य कारणले डेलिभरी ढिलाइ भएमा पनि ग्यारेन्टी योजना लागु नहुने कम्पनीले उल्लेख गरेको छ । यो योजना केवल पठाओको त्रुटिका कारण समयमै डेलिभरी हुन नसकेका अवस्थाका लागि प्रयोगमा आउनेछ ।

पठाओ नेपालकी निर्देशक सुरक्षा हमालले भनिन्, “हामी हाम्रो सेवालाई अझ जिम्मेवार र भरपर्दो बनाउन प्रतिबद्ध छौँ । ‘डेलिभरीको ग्यारेन्टी’ जस्ता पहलमार्फत हामी व्यवसायी र ग्राहक दुवैको कारोबारलाई सहज, सुरक्षित र भरोसायोग्य बनाउनेछौँ ।”

कम्पनीले यो योजनाले व्यवसायी र ग्राहकबिच डेलिभरीप्रति विश्वास बढाउने विश्वास व्यक्त गरेको छ । अब व्यवसायीहरूले सामान समयमै पुग्ला कि नपुग्ला भन्ने चिन्ता गर्नु नपर्ने बताइएको छ ।

योजना अन्तर्गत नयाँ मर्चेन्टहरूलाई लक्षित गरी विशेष अफर पनि ल्याइएको छ । अभियान अवधिभर नयाँ दर्ता हुने मर्चेन्टहरूले पहिलो एक हप्ताभित्र पठाएका १०० अर्डरसम्म निःशुल्क डेलिभरी सुविधा पाउनेछन् ।

पठाओ नेपालले हाल देशभर आफ्नो डेलिभरी सञ्जाल विस्तार गरिरहेको जनाएको छ । यो अभियानले पठाओलाई अझ ग्राहक केन्द्रित र व्यवसायमैत्री डेलिभरी प्लेटफर्मको रूपमा स्थापित गर्न सहयोग गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

व्यवसायी तथा व्यापारीहरूले यहाँ गई वा पठाओ मर्चेन्ट एप डाउनलोड गरी सेवा दर्ता गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असार २०, २०८२ १३:५१





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट