काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको अनलाइन सेवा बन्द भएको छ । बिहीबार एक सूचना जारी गर्दै कार्यालयले नयाँ सर्भरमा डेटा स्थानान्तरण गर्नुपर्ने भएकाले २२ असार बिहान ८ बजेसम्म सम्पूर्ण अनलाइन सेवा बन्द हुने जानकारी दिएको हो ।

कार्यालयका अनुसार सर्भर स्तरोन्नति नहुन्जेलसम्म विद्यार्थी तथा सेवाग्राहीहरूले अनलाइनमार्फत कुनै पनि काम गर्न सक्ने छैनन् । यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति कार्यालयले क्षमा मागेको छ । साथै, अनलाइन सेवा प्रयोगकर्ताहरूलाई student.tuexam.edu.np मा गई आवश्यक विवरणहरू समावेश गर्न पनि सूचनामार्फत जानकारी गराइएको छ ।
तर उक्त वेबसाइट अहिले मर्मतको क्रममा रहेको पाइएको छ । वेबसाइट खोल्दा ‘We’ll be back soon! Sorry for the inconvenience. We’re performing some maintenance at the moment!’ भन्ने सन्देश देखिन्छ ।
यसअघि १५ असारदेखि आफ्ना प्रमुख १० सेवा पूर्ण रूपमा अनलाइनमार्फत उपलब्ध गराउने घोषणा गरेको थियो । तर हाल देखिएको प्राविधिक अवरोधले त्रिविले बिना तयारी अनलाइन सेवाको प्रचार गरेको टिप्पणी हुन थालेको छ ।

पछिल्लो अध्यावधिक: असार २०, २०८२ ८:५६
सामाग्री श्रोत :
टेक पाना