२०८२ असार १७ मंगलवार
LATEST NEWS
२०८२ असार १७ मंगलवार

आवाज ननिकाली सडकमा शान्तसँग गुडेको भन्दै ८ हजारभन्दा बढी ईभी बजारबाट फिर्ता

काठमाडौँ । स्टेलान्टिस नामक अटो निर्माता कम्पनीले आफ्नो बहुप्रतीक्षित डज चार्जर डेटोना विद्युतीय गाडी (ईभी) का करिब ८,३९० युनिटलाई फिर्ता बोलाएको छ । सडकमा आवश्यक आवाज निकाल्न नसक्ने समस्या देखिएपछि यी गाडी फिर्ता बोलाइएका हुन् ।

यो समस्याका कारण गाडीहरूले फेडरल मोटर भेहिकल सेफ्टी स्ट्यान्डर्ड (FMVSS) पालना नगरेको बताइएको छ, जुन पैदल यात्रीहरूको सुरक्षाका लागि महत्त्वपूर्ण मानिन्छ । मोपार इन्साइडरका अनुसार, २०२४ देखि २०२५ मोडेलका डज चार्जर डेटोना ईभीमा एउटा बाहिरी एम्प्लिफायरमा महत्त्वपूर्ण इनेबलिङ सफ्टवेयर प्याच छुटेको हुन सक्छ ।

यो त्रुटिका कारण गाडीले पैदल यात्रीलाई थाहा दिने आवाजसहितका बाहिरी आवाज निकाल्न सक्दैन ।

अमेरिकाको यो नियम अनुसार विद्युतीय र हाइब्रिड गाडीहरूलाई १९ माइल प्रति घण्टा (लगभग ३०.५ किमी/घण्टा) भन्दा कम गतिमा गुड्दा आवाज निकाल्नु पर्ने नियम छ, जसले पैदल यात्रीहरूलाई गाडी आइरहेको सङ्केत दिई दुर्घटनाबाट बचाउन मद्दत गर्छ । उक्त कम्पनीका गाडीले यही सुरक्षा मापदण्ड पूरा गर्न नसक्दा फिर्ता बोलाउनु परेको हो ।

गाडीले ‘नक्कली आवाज’ नदिएकै कारण फिर्ता बोलाउने घटना निकै रोचक मानिएको छ । किनभने डज चार्जर डेटोना ईभीले बजारमा आउँदा नै मसल कार (सन् १९६०-१९७० तिर अमेरिकामा लोकप्रिय पावरफुल कार) चालकहरूलाई आकर्षित गर्न ‘नक्कली इन्जिन आवाज’ को सुविधासहित चर्चा बटुलेको थियो । यसमा ‘फ्र्याटजोनिक चेम्बर एक्जस्ट’ (fratzonic chambered exhaust) नामक प्रणाली जडान गरिएको छ । यो प्रणालीले डिजिटल साउन्ड सिन्थेसिस र एक स्पिकर प्रयोग गरी १२६ डेसिबलको आवाज उत्पन्न गर्छ । जसले एक प्रकारको इन्जिन गाडीको जस्तै आवाज निकाल्छ । यो आवाज यति ठुलो हुन्छ कि कतिपयलाई चर्को रक कन्सर्ट वा उडान भर्न लागेको यात्रुवाहक जेटको जत्तिकै लाग्न सक्छ ।

यद्यपि यस्तो आवाज शक्तिशाली आईसीई इन्जिनका लागि स्वाभाविक लागे पनि विद्युतीय गाडीका लागि भने पूर्ण रूपमा अप्रासङ्गिक हुने बताइन्छ । कम्पनीले मसल कारको अनुभूति दिन नक्कली शक्तिशाली आवाज प्रयोग गरे पनि कानुनले अनिवार्य गरेको आधारभूत सुरक्षा आवाज समावेश गर्न छुटाएकाले गाडी फिर्ता बोलाउनु परेको हो ।

पछिल्लो अध्यावधिक: असार १७, २०८२ १२:०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट