२०८२ असार १६ सोमबार
LATEST NEWS
२०८२ असार १६ सोमबार

आइएमई पे र खल्तीको मर्जर सम्पन्न, १ साउनदेखि एकीकृत कारोबार सुरु हुने

काठमाडौँ । नेपालका दुई ठुला डिजिटल भुक्तानी सेवा प्रदायकहरू आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) र खल्ती प्राइभेट लिमिटेड (खल्ती)बिचको मर्जर प्रक्रिया सम्पन्न भएको छ । मर्जरपश्चात बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ ले आगामी १ साउन बिहीबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृति प्राप्त भएसँगै दुई कम्पनीले एकीकृत कारोबारको मिति तय गरेका हुन् । नेपाल राष्ट्र बैंकले गत ४ असार र कम्पनी रजिष्ट्रारको कार्यालयले १२ असारमामर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

सोमबार दुवै कम्पनीले संयुक्त रूपमा जारी गरेको सूचनाअनुसार, खल्ती प्राइभेट लिमिटेडको सम्पूर्ण सम्पत्ति तथा दायित्व आइएमई डिजिटल सोलुसन लिमिटेडले सकार्ने गरी मर्जर प्रक्रिया टुङ्गिएको हो । 

मर्जरपश्चात कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नं. ३, पानीपोखरीमा रहनेछ । 

पछिल्लो अध्यावधिक: असार १६, २०८२ ११:८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट