काठमाडौँ । नथिङको हेडफोन चाँडै नै सार्वजनिक हुने तयारीमा छ । त्यसअघि हेडफोनका विभिन्न फिचरको विषयमा जानकारीहरू बाहिर आउने क्रम जारी छ । यसैबिच हेडफोनको डिजाइनको भिडिओ पनि बाहिरिएको छ ।

भिडिओको अनुसार हेडफोनको आकार वर्गाकारको रहेको छ भने स्मार्टफोनको जस्तै यसको पनि पछाडिको भाग पारदर्शी छ । हेडफोनलाई फोल्ड गर्न नमिल्ने जस्तो देखिन्छ । तर यसको वर्गाकार डिजाइनले गर्दा बाहिरको आवाज रोक्नमा मद्दत गर्ने बताइएको छ ।
यस्तै यो हेडफोन ३२९ ग्रामको हुने बताइएको छ । कम्पनीले पहिले नै यो हेडफोन एप्पलको एअरपड्स म्याक्स भन्दा राम्रो हुने दाबी गरेको छ । हेडफोनमा ४० एमएमको ड्राइभर छ भने कम्पनीले हेडफोनको आवाजको गुणस्तरका लागि बेलायतको प्रतिष्ठित कम्पनी केईएफ (KEF) सँग सहकार्य गरेको छ ।
हेडफोनमा १०० एमएएचको ब्याट्री हुने पनि बताइएको छ जसले ३५ घण्टासम्म हेडफोन मजाले प्रयोग गर्न सकिनेछ । यसमा ५.३ भर्सनको ब्लुटुथ प्रयोग गरिएको छ ।

जुलाई १ मा सार्वजनिक हुने तयारीमा रहेको यो हेडफोनको मूल्य भने ३०० डलरसम्म (४१ हजार रुपैयाँ) पर्ने अनुमान छ ।
पछिल्लो अध्यावधिक: असार १५, २०८२ १५:४९
सामाग्री श्रोत :
टेक पाना