२०८२ असार १५ आईतवार
LATEST NEWS
२०८२ असार १५ आईतवार

फ्याकल्टी एसोसिएसन पाटनले भन्यो- एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयक खारेज गरियोस्

काठमाडौं- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले हालै सार्वजनिक गरिएको  ‘एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्था गर्न बनेको विधेयक’ प्रति गम्भीर आपत्ति जनाउँदै उक्त विधेयक खारेज गर्न माग गरेको छ। प्रतिष्ठानको फ्याकल्टी एसोसिएसनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमक्ष विधिवत् रुपमा ज्ञापन पत्र पेश गर्दै सो विधेयकले संस्थाको स्वायत्तता, विशिष्टता, र दीर्घकालीन योगदानमाथि गम्भीर आँच पुर्‍याउने उल्लेख गरेको छ।

फ्याकल्टी एसोसिएसनद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएअनुसार, पाटन अस्पतालको समृद्ध इतिहासमा आधारित रही स्थापना भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शिक्षा, स्वास्थ्य सेवा तथा अनुसन्धानका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ। पत्रमा भनिएको छ कि प्रतिष्ठानले ग्रामीण स्वास्थ्य सेवामूलक शिक्षा प्रणाली, सामाजिक उत्तरदायित्वमा आधारित शिक्षण अभ्यास, र महामारी तथा विपद्का समयमा सक्रिय सहभागिताजस्ता महत्वपूर्ण विशेषता कायम गर्दै आएको छ।

साथै, संस्थाको कानुनी, शैक्षिक, प्रशासनिक, तथा सेवा प्रवाहको संरचना फरक रहेको, र यो संरचनालाई बेवास्ता गरी सबै प्रतिष्ठानलाई एउटै ढाँचामा बाध्ने प्रयासले संविधानको संघीय भावना र मर्म प्रतिकूल असर पार्ने ठहर गरिएको छ।

उक्त पत्रमार्फत् मन्त्रालयले सरोकारवालासँग पूर्व परामर्श नगरी विधेयकको मस्यौदा सार्वजनिकरूपमा प्रस्तुत गर्नु दु:खद्, गैरपारदर्शी र रणनीतिक रुपमा दुर्बल कार्य भएको भन्दै गम्भीर ध्यानाकर्षण गराइएको छ।

फ्याकल्टी एसोसिएसनले उक्त विधेयक तत्काल खारेज गरिनु पर्ने माग गर्दै, आवश्यक परे थप सशक्त आन्दोलनको बाटो रोज्न बाध्य हुने चेतावनीसमेत दिएको छ।

ज्ञापनपत्रको बोधार्थ प्रधानमन्त्री तथा कूलपति, सिहंदरवार, काठमाडौं र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई समेत पठाइएको छ।

सामाग्री श्रोत :
swasthyakhabar

ट्रेन्डिङ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट