काठमाडौं– तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ७४औँ जन्मजयन्ती शनिबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेकपा एमाले र यसमा आवद्ध विभिन्न संघसंगठनले देशभर कार्यक्रम गर्दै छन् ।

जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा दिउँसो १ बजे विशेष कार्यक्रमको आयोजना गर्दैछ ।
कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
मार्क्सवादको नवीन प्रयोगकर्ता, विचारक तथा जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्तका प्रवर्तक मानिने मदन भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो ।

२०५० जेठ ३ गते पार्टी कामको सिलसिलामा पोखराबाट चितवन जानेक्रममा दासढुङ्गा दुर्घटनामा भएको जिप दुर्घटनामा भण्डारीसहित एमाले सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ