२०८२ असार १३ शुक्रबार
२०८२ असार १३ शुक्रबार

नेपाल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई अभिमुखीकरण

काठमाडौं – नेपाल मेडिकल कलेजमा स्नातकोत्तर (पिजी) अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण गरिएको छ । 

कार्यक्रमको उद्घाटन गर्दै कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले भर्ना भएका विद्यार्थीहरुलाई लगनशील र मेहनतका साथ अध्ययन गर्न सुल्झाए ।  पछिल्लो समय नेपालको चिकित्सा शिक्षाको गुणस्तरीय र प्रतिष्पर्धात्मक भएको बताउँदै विद्यार्थीहरुले स्नातकोत्तर तहमा झनै मेहनत गरेर अध्ययन गर्नुपर्ने  उनले बताए । आफुले ५० वर्षअघि अध्ययन गर्दाको अवस्था र अहिलेको अवस्थामा धेरै नै सुधार र फरक भइसकेको जनाउँदै प्रा.डा. अन्सारीले त्यसबेला स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीहरु पनि कम हुने स्मरण  गरे ।  

‘हाम्रो पालामा पोस्ट ग्राजुएट गर्न इण्डिया जानु पर्दथ्यो । मुस्किलले १०, १५ जना हुन्थ्यौं । त्यसमा पनि सर्जरी र एनेस्थेसियामा महिला त हुँदै हुँदैनथे, धेरै महिला विद्यार्थीहरु रगत देख्ने वित्तिकै डरले बेहोस नै हुन्थे ।’ तर, विगत एक दशक यता नेपालमै मेडिकल शिक्षा सर्वसुलभ हुँदा हरेक मेडिकल शिक्षा लिने महिला विद्यार्थीहरुको संख्या बढ्दै गएको भन्दै  उनले भने , ‘अहिले सर्जरी र एनेस्थेसिया अध्ययन गर्न महिला विद्यार्थीहरु बढिरहनु भएको छ, रातभर अप्रेसन कक्षमा बसेर काम गरिहनु भएको छ । यो गर्व गर्न लायक विषय हो ।’ नेपालमै चिकित्सा शिक्षा हासिल गर्ने वातावरण नहुँदो होत धेरै महिलाहरु डाक्टर बन्न सक्नुहुन्नथ्यो ।’


कार्यक्रममा बोल्दै कलेजकी प्रबन्ध निर्देशक डा. साविहा यासमिनले स्वास्थ्य सेवामा काम गर्ने जनशक्तिहरुले मानवीयतालाई प्रमुखता दिएर काम गर्नुपर्ने  बताईन् । ‘तपाईहरुले सोच्नुपर्यो कि बिरामी नै मेरो किताब हो, मानवीयता कहिल्लै विर्सनु हुँदैन, फेरी सबै बिरामीको एउटै लक्षण हुँदैन, सबैको एउटै टाइम्स हुँदैन तर, सबैको डायग्नोसिस हुनुपर्छ ।’ प्रबन्ध निर्देशक डा. साविहाले भनिन् ।

पछिल्लो समय नेपालको स्वास्थ्य सेवाको विषयहरु कडा बन्दै गइरहेको र कतिपय केसहरु अदालतमा समेत पुगिरहेकोले बिरामीहरुको उपचारमा कुनैपनि लापरवाही, हेलचेक्र्याई नगरी अगाडी बढ्न  सुल्झाईन् । बिरामीको चेक जाँच, उपचार देखि डिस्चार्जसम्ममा रेजिडेण्ट डाक्टरहरुको महत्वपूर्ण भूमिका रहने भएकोले हरेक कुराहरु गहन रुपमा अध्ययन गर्न  समेत उनले आग्रह गरिन् ।


 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट