२०८२ असार १३ शुक्रबार
२०८२ असार १३ शुक्रबार

कुन लुगा लाउँदा कस्तो देखिन्छ ? गुगलले ल्यायो भर्चुअल रूपमै लगाएर हेर्न मिल्ने नयाँ एप

काठमाडौँ । गुगलले एउटा नयाँ परीक्षणात्मक एप ‘डपल’ (Doppl) सार्वजनिक गरेको छ । जसले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी तपाईँलाई विभिन्न पोसाकहरूमा कस्तो देखिन्छ भनेर हेर्न सघाउने छ ।

डपल एपमा प्रयोगकर्ताले सुरुमा आफ्नो पूर्ण-कदको फोटो अपलोड गर्नुपर्ने हुन्छ । त्यसपछि एपमा फोटो तथा स्क्रिनशट प्रयोग गरेर विभिन्न पोसाकहरू भर्चुअल रूपमा परीक्षण गर्न सकिन्छ । यी तस्बिरहरू कुनै थोक पसलमा देखिएको लुगा, साथीको लुगा वा सामाजिक सञ्जालमा देखिएको पोसाकका स्क्रिनशट पनि हुन सक्छ ।

एक पटक परीक्षण गर्न चाहेको पोसाक चयन गरेपछि डपलले प्रयोगकर्ताको भर्चुअल भर्सनमा त्यो पोसाक लगाएको तस्बिर बनाउँछ । यति मात्र होइन, डपलले तस्बिरलाई एआईबाट तयार पारिने भिडिओमा पनि रूपान्तरण गर्न सक्छ, जसले प्रयोगकर्तालाई वास्तविक जीवनमा पोसाक कस्तो देखिन्छ भन्ने राम्रो जानकारी दिन्छ ।

गुगलले यो डपल एप ‘गुगल ल्याब’को एक प्रयोगको रूपमा रहेको र हाल प्रारम्भिक चरणमा रहेको बताएको छ । कम्पनीले बिहीबार गरेको घोषणा अनुसार यो एप हाल अमेरिकामा रहेका आईओएस एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध छ । परीक्षणात्मक रूपमा सार्वजनिक गरिएकाले यो एप अन्य क्षेत्रहरूमा कहिलेसम्म आउँछ वा आउँदैन भन्ने बारे कम्पनीले केही खुलाएको छैन ।

पछिल्लो अध्यावधिक: असार १३, २०८२ ११:३७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट