२०८२ असार १३ शुक्रबार
२०८२ असार १३ शुक्रबार

४० वर्षपछि विन्डोजमा ‘ब्लु स्क्रिन अफ डेथ’ हट्दै, अब ब्ल्याक स्क्रिन देखिने

काठमाडौँ । विगत ४० वर्षदेखि प्रयोग हुँदै आएको विन्डोजको ‘ब्लु स्क्रिन अफ डेथ (BSOD)’ अब परिवर्तन हुने भएको छ । माइक्रोसफ्टले विन्डोज ११ मा यो एरर मेसेज (त्रुटि सन्देश)को नयाँ डिजाइन ल्याउने भएको हो । कम्पनीका अनुसार अब यो ‘ब्ल्याक स्क्रिन अफ डेथ’ नामले चिनिनेछ ।

नयाँ डिजाइनमा पहिले जस्तो नीलो रंग, अनुहारको फोहोर चिन्ह र क्यूआर कोड हटाइएको छ । यसको सट्टा कालो ब्याकग्राउन्डमा सरल जानकारी देखिने व्यवस्था गरिएको छ ।

नयाँ अपडेटपछि ‘ब्लु स्क्रिन अफ डेथ’ कालो स्क्रिनमा परिवर्तन हुनेछ । तर यसमा क्र्यास हुँदा देखिने स्टप कोड र समस्या भएको ड्राइभरको जानकारी देखाइनेछ । यसले आईटी एड्मिनहरूलाई क्र्यास डम्प निकालेर छुट्टै टुल प्रयोग गरेर समस्या पत्ता लगाउनुपर्ने झन्झटबाट छुट्कारा दिने माइक्रोसफ्टको दाबी छ ।

माइक्रोसफ्टका इन्टरप्राइज र ओएस सेक्युरिटी डिपार्टमेन्टका उपाध्यक्ष डेभिड वेस्टनले भनेका छन्, “यो परिवर्तनको उद्देश्य प्रयोगकर्तालाई समस्याको मूल कारण छिटो पत्ता लगाउन सहयोग गर्नु हो । यो सुधारले विन्डोज वा हार्डवेयर वा अन्य कम्पोनेन्टको समस्या हो भनेर स्पष्ट पार्छ ।”

माइक्रोसफ्टले आगामी दुई महिनाभित्र विन्डोज ११ को अपडेटमार्फत सबै प्रयोगकर्ताका लागि ‘ब्ल्याक स्क्रिन अफ डेथ’ उपलब्ध गराउने जनाएको छ । यससँगै ‘क्विक मसिन रिकभरी’ नामको नयाँ फिचर पनि ल्याउने तयारी गरिएको छ । यसले बुट नहुने डिभाइसहरू छिटो सुधार्न सहयोग गर्नेछ ।

यसअघि ‘क्राउडस्ट्राइक’ घटनाका कारण करोडौं विन्डोज कम्प्युटर ‘BSOD’ मा अड्किन पुगेका थिए । त्यस घटनापछि माइक्रोसफ्टले विन्डोजलाई थप सुरक्षित र स्थिर बनाउने प्रयास गरिरहेको जनाएको छ ।

पछिल्लो अध्यावधिक: असार १३, २०८२ ७:२६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट