२०८३ असार ४ बिहीबार
LATEST NEWS
२०८३ असार ४ बिहीबार

अपडेट: एअर इन्डिया ठोक्किएको होस्टेलमा बस्ने ६ रेसिडेन्ट डाक्टरको मृत्यु

काठमाडौं- एअर इन्डिया ठोक्किएको होस्टेलमा बस्ने ६ रेसिडेन्ट डाक्टरको मृत्यु  भएको छ। अहमदाबादमा एअर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान सिभिल अस्पतालको होस्टलका चार वटा भवनमा ठोक्किएको थियो।

ती भवनहरूमा रेजिडेन्ट डाक्टरहरू बस्ने गर्दथे। घटनाको समयमा होस्टलमा करिब ५० देखि ६० जना इन्टर्न डाक्टरहरू रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। उनीहरू सबै दिउसोको खाना खाइरहेका थिए।

दुर्घटना यति शक्तिशाली थियो कि भित्र रहेका डाक्टरहरूको शवसमेत टुक्राटुक्रामा छरिएको पाइएको छ।

 विमानमा लागेको आगोबाट उठेको धुवाँले होस्टलको भवन पूरै कालो भएको छ। होस्टल पूरै खण्डहरजस्तो बनेको छ। घाइते १५ जना चिकित्सक अस्पताल पुर्‍याइएको छ।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट