२०८२ जेष्ठ २६ आईतवार
२०८२ जेष्ठ २६ आईतवार

एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए?

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन महिनाअघि एलोन मस्कको कम्पनी टेस्लाबाट कार किनेको बताएका थिए।

मिडियाको अगाडि ह्वाइट हाउसको ल्यानमा पार्क गरिएको रातो टेस्ला कार देखाउँदै ट्रम्पले त्यो कार आफूले किनेको बताए।

ट्रम्प अब त्यो टेस्ला कार बेच्ने सोचमा छन्।

ट्रम्पले बिहीबार एलोन मस्कप्रति आफ्नो असन्तुष्टि व्यक्त गर्दै मस्कले आफ्नो खर्च बिलको विरोध गरिरहेको बताएका छन् किनभने यसले उनको कम्पनी टेस्लालाई हानि पुर्‍याउन सक्छ।

ट्रम्पका अनुसार, सो विधेयकले विद्युतीय गाडीहरूमा दिइने कर छुट (ट्याक्स क्रेडिट) अन्त्य गर्ने प्रस्ताव राखेको छ, जसबाट टेस्ला घाटामा पर्न सक्छ र मस्क त्यसै कारण यस विधेयकको विरोधमा छन्। हालै राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलन मस्कबीच तीव्र शब्दयुद्ध भएको थियो। त्यसपछि ट्रम्पले संघीय सरकारसँग एलन मस्कका ठूलो परिमाणमा भइरहेका व्यावसायिक सम्झौताहरूमा खतरा पुर्‍याउने चेतावनी दिएका छन्।

Ncell 2
Ncell 2

ट्रम्पको उक्त चेतावनीपछि मस्कले ट्रम्पविरुद्ध महाभियोग लगाउन माग गरेका छन्। यसैबीच, ट्रम्प-मस्क विवादबारे चिनियाँ विदेश मन्त्रालयले समेत प्रतिक्रिया दिएको छ। शुक्रबार आयोजित चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लिन जियानलाई ट्रम्प र मस्कबीच बढ्दो तनावबारे प्रश्न सोधिएको थियो।

जवाफमा उनले भने, ‘यो अमेरिकाको आन्तरिक विषय हो।’ यदि ट्रम्पले मस्कविरुद्ध सरकारी संयन्त्र प्रयोग गरे भने मस्कका लागि यो भारी पर्न सक्छ।

हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलोन मस्कबीच चर्को वाकयुद्ध भएको थियो। त्यसपछि ट्रम्पले संघीय सरकारसँगको आफ्नो ठूलो स्तरको व्यापारिक सम्झौताको बारेमा एलोन मस्कलाई धम्की दिएका छन्।

ट्रम्पको यो धम्कीपछि मस्कले ट्रम्पविरुद्ध महाभियोगको माग गरेका छन्।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट