काठमाडाैं। बिभिन्न माग राख्दै यातायात व्यवसायीहरुले मंगलबार पनि सार्वजनिक यातायात बन्दलाई निरन्तरता दिएका छन्।

सरकारसंगको छलफलमा निजी गाडीले पनि यात्रु बोक्न पाउनेगरी गण्डकी प्रदेश सरकारले ल्याएको नियमावली स्थगन गर्ने सहमति भएपनि कार्यान्वयन नभएसम्म आन्दोलन जारी राख्ने व्यवसायीको अडानका कारण सार्वजनिक यातायात सञ्चालन हुन नसकेको हो।
गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गरेपछिमात्रै आफूहरुका आन्दोलन फिर्ता हुने यातायात व्यवसायीहरुले जनाएका छन्।
सार्वजनिक यातायात बन्द भएपनि साझा यातायात, मयुर यातायात र केही विधुतीय बसहरु भने सञ्चालन भएका छन्। त्यस्तै नेपाल प्रहरीले पनि काठमाडौंमा निशुल्क बस सञ्चालन गरेको छ।

सार्वजनिक यातायात चल्न नसकेपछि सर्वसाधारणहरुले राइड सेयरिङ प्रयोग गरेका छन्।
यसैबीच सार्वजनिक सवारी साधान नचल्दा राइड सेयरिङले बढी भाडा लिने गुनासो आएपछि ट्राफिक प्रहरीले बिभिन्न स्थानमा चेकजाच गरेको छ भने आफुखुसी भाडा लिने चालकलाई कारवाही समेत गरेको छ।
सामाग्री श्रोत :