२०८३ असार ४ बिहीबार
LATEST NEWS
२०८३ असार ४ बिहीबार

युवा संघको चुनावमा १४०४ भोट खस्यो, ३ घण्टामा नतिजा आउने

पोखरा–राष्ट्रिय युवा संघको नेतृत्वका लागि भएको निर्वाचनको मतदान सकिएको छ। 

पोखरा सभागृहमा बिहीबार १० बजेबाट सुरु भएको मतदान सवा ५ बजे सकिएको हो। १७६४ प्रतिनिधिमध्ये १४०४ जना मतदानमा सहभागी भएका छन्।

अध्यक्ष पदमा क्षितिज थेबे र सुमन पुरी प्रतिस्पर्धामा छन्। थेबे निवर्तमान अध्यक्ष हुन् भने पुरी निवर्तमान महासचिव हुन्। उनीहरु प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्।

Ncell 2
Ncell 2

पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका छन्। महासचिवमा थेवे प्यानलबाट महेश चौलागाईं र पुरी प्यानलबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका छन्। ६४ पद निर्विरोध हुँदा ९ पदाधिकारीसहित ९३ पदमा निर्वाचन भएको हो।

मुचुल्का तयार पारी डेढ घण्टाजति पछिबाट मतगणना सुरू गर्ने निर्वाचन समितिको तयारी छ। विद्युतीय भोटिङ भएकाले छिट्टै नतिजा आउनेछ।


 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट