२०८३ असार ४ बिहीबार
LATEST NEWS
२०८३ असार ४ बिहीबार

भ्रष्टाचार आरोपमा मधेश प्रदेश सांसदका स्वकीय सचिव पक्राउ

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशसभा सदस्य सरोज कुमार सिंहका स्वकीय सचिव बिनोद कुमार लाल कायस्थलाई भ्रष्टाचार आरोपमा नियन्त्रणमा लिएको छ।

आयोगको टोलीले जेठ १२ ९उ(हिजो)जनकपुरधाम उपमहानगरपालिका–९ स्थित सरस्वती टोलबाट अपराह्न १ बजे उनलाई पक्राउ गरेको आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ।

आयोगका अनुसार सांसद सिंहले विभिन्न उपभोक्ता समितिहरू गठन गरेको देखाई ती समितिका खातामा आएको रकम आफ्ना स्वकीय सचिवमार्फत झिकाएर आफू र आफ्नी श्रीमतीको व्यक्तिगत खातामा जम्मा गराएका हुन्।

साथै, बिनोद कुमार कायस्थको खातामा समेत सरकारी रकम जम्मा गराई दुरुपयोग गरिएको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।

स्वकीय सचिव कायस्थ पक्राउपछि आयोगले सांसद सिंहले प्रयोग गर्दै आएका विद्युतीय उपकरणहरू पनि नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।


सामाग्री श्रोत :

भ्रष्टाचार आरोपमा मधेश प्रदेश सांसदका स्वकीय सचिव पक्राउ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट