काठमाडौं–प्रतिनिधिसभा बैठक भोलि बिहान ११ बजेसम्मलाई स्थगित गरिएको छ।

गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलको अवरोधपछि ३० मिनेटका लागि स्थगित गरिएको बैठक सूचना टाँस गरेर भोलिसम्मलाई सारिएको हो।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा बटमलाइन बनाएका छन्।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने बताइरहेका छन्। बिहान बैठक सुरु हुने बित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाए।

त्यसपछि बोलेका प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुन र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले घटनाको छानबिनका लागि उच्च स्तरीय छानबिन आयोग नबन्दासम्म संसद् चल्न नदिने बताएका थिए।
लगत्तै स्थगित संसद् खुलाउन सत्ता र प्रतिपक्षीबीच सभामुख देवराज घिमिरेको पहलमा बैठक बसेको थियो।
बैठकमा सभामुख, उपसभामुख तथा प्रमुख सचेतक र मुख्य सचेतक सहभागी थिए।
तर, विपक्षी दलले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन आयोगसम्मको माग गरेका छन्। उनीहरूले अब प्रधानमन्त्रीले यो प्रकरणमा जवाफ र गृहमन्त्रीको राजीनामा नआएसम्म ब्याक नहुने अडान राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ