२०८२ जेष्ठ १६ बिहीबार
२०८२ जेष्ठ १६ बिहीबार

दोस्रो पटक एक्स ‘डाउन’ भएपछि एलन मस्क भन्छन्- “अहिले चाैबिसै घण्टा अफिसमै समय बिताइरहेको छु”

काठमाडौँ । सामाजिक सञ्जाल प्लेटफर्म एक्स एकपटक फेरि डाउन भएपछि एलन मस्कले आफू २४ घण्टा काममै केन्द्रित भएको बताएका छन् । सेवा पुनःसञ्चालन भएलगत्तै एक्सका मालिक मस्कले आफूले अफिसमै समय बिताउन थालेको उल्लेख गरेका छन् ।

उनले एक्समा लेखेका छन्, “पुनः काममा २४/७ बिताउन थालेको छु । सम्मेलन कक्ष, सर्भर र फ्याक्ट्रीका कोठाहरूमा सुतिरहेको छु । म अहिले एक्स, एक्सएआई र टेस्लामा अत्यन्तै केन्द्रित छु, साथै अर्को साता स्टारशिप प्रक्षेपण हुँदैछ । किनकि हामी महत्त्वपूर्ण प्रविधिहरू रोल आउट गर्दैछौं ।”

गएको शनिबार विश्वभर हजारौं प्रयोगकर्ताहरू प्रभावित हुनेगरी एक्स डाउन भएको थियो । आउटेज ट्र्याकिङ वेबसाइट डाउनडिटेक्टरका अनुसार करिब २६ हजार प्रयोगकर्ताले समस्या रिपोर्ट गरेका थिए ।

प्रयोगकर्ताहरूले त्यस अवधिमा एप वा वेबसाइटमा पहुँच गर्न नसकेको, लगइन/साइनअपमा समस्या आएको र नोटिफिकेसन तथा प्रिमियम फिचरहरूमा ढिलाइ भएको लगायतका गुनासो गरेका थिए । यो समस्या डेटा सेन्टर आउटेजका कारण भएको एक्सको इन्जिनियरिङ टोलीले बताए पनि स्पष्ट कारण खुलाइएको छैन । 

यसअघि पनि मार्च ११, २०२५ मा एक्स प्लेटफर्ममा व्यापक रूपमा समस्या देखिएको थियो । त्यतिबेला ४० हजारभन्दा बढी प्रयोगकर्ताले एक्स वेबसाइट र एपमा समस्या आएको रिपोर्ट गरेका थिए । त्यसबेला मस्कले युक्रेन क्षेत्रबाट आएको ठुलो साइबर आक्रमणका कारण सेवा अवरुद्ध भएको दाबी गरेका थिए ।

यसबिच मस्कले गत वर्ष राष्ट्रपतिको चुनावी अभियान र अन्य रिपब्लिकन उम्मेदवारहरूका लागि करिब ३० करोड अमेरिकी डलर खर्च गरेका थिए । अब भने राजनीतिक खर्च कटौती गर्ने र फेरि व्यवसायमै ध्यान केन्द्रित गर्ने संकेत दिएका छन् ।

सरकारी सेवा सुधारसम्बन्धी विभागको नेतृत्व गरिरहेका मस्कले हजारौँ रोजगारी कटौती गर्ने र अर्बौँ डलरको सरकारी अनुबन्ध र अनुदान रद्द गर्ने अभियान थालेका छन् । तर, उनको राजनीतिक धारणा र अभिव्यक्तिका कारण अमेरिका र युरोपमा टेस्लाविरुद्ध विरोध प्रदर्शन हुन थालेपछि कम्पनीको बिक्रीमा असर परेको छ ।

पछिल्लो अध्यावधिक: जेठ १२, २०८२ १०:३५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट