२०८२ असार १ आईतवार
LATEST NEWS
२०८२ असार १ आईतवार

रुसले युक्रेनमा गरेको ड्रोन र मिसाइल आक्रमणमा परी १३ जनाको मृत्यु

एजेन्सी – रुसद्वारा युक्रेनको राजधानी किभमा भएको ड्रोन र मिसाइल आक्रमणमा १३ जनाको मृत्यु भएको छ भने ५६ जना घाइते भएका छन् । 

उक्त आक्रमण रूस र युक्रेनबीच कैदीहरूको आदान–प्रदान भइरहेको बेला भएको अधिकारीहरूले जनाएका छन् ।  किभको नागरिक तथा सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोले आक्रमणले शहरका विभिन्न क्षेत्रमा आगलागी गराएको र संरचनात्मक क्षति पुर्‍याएको छ । 

Ncell 2
Ncell 2

अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार रूसी सेनाले युक्रेनले मङ्गलबारदेखि हालसम्म ७८८ ड्रोन तथा मिसाइल प्रहार गरेको र तीमध्ये ७७६ वटा आफ्नो वायु सुरक्षा प्रणालीले खसालेको दाबी गरेको छ । 

यसैबीच, रूसी विदेशमन्त्री सेर्गेई लावरोभले मस्कोले युक्रेनसँग दीर्घकालीन शान्ति सम्झौताका लागि आवश्यक सर्तहरूको समावेश भएको दस्तावेजको मस्यौदा तयार गरिरहेको जानकारी दिएका छन् । यो मस्यौदा कैदीहरूको आदान–प्रदान प्रक्रिया सम्पन्न भएपछि प्रस्तुत गरिने रूसी विदेश मन्त्रालयले जनाएको छ । 

विदेशमन्त्री लावरोभले रूस किभसँग तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्धको शान्तिपूर्ण समाधानमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट