२०८२ जेष्ठ ९ बिहीबार
२०८२ जेष्ठ ९ बिहीबार

के हो बाइडेनलाई भएको मेटास्टेटिक प्रोस्टेट क्यान्सर?

अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनलाई मेटास्टेटिक प्रोस्टेट क्यान्सरको निदान भएको छ। उनलाई पिसाबसम्बन्धी समस्या बढ्दै गएको कारण परीक्षण गर्दा प्रोस्टेटमा गाँठो (नोड्युल्स) देखिएको थियो।

यो गाँठो डिजिटल रेक्टल परीक्षण (डिआरइ) मार्फत पत्ता लाग्ने सम्भावना उच्च हुन्छ। डिआरइ परीक्षणमा चिकित्सकले औंला मार्फत मलाशयबाट प्रोस्टेट ग्रन्थिलाई महसुस गर्छन्। सामान्यतः स्वस्थ प्रोस्टेट चिल्लो र ओखर आकारको हुन्छ। तर, प्रोस्टेटको समस्या देखिएपछि गाँठो कडा, उठेको र अनियमित महसुस हुन्छ —औंलाको जोर्नी जस्तै।

यस्ता सबै गाँठो क्यान्सरकै सङ्केत हुन् भने हुँदैन — केही गाँठो बिनाइन प्रोस्टेट हाइपरप्लासिया (बिपिएच) वा प्रोस्टेटमा ढुङ्गा (क्याल्सिफिकेसन) जस्ता अन्य कारणले पनि हुन सक्छ।तर, बाइडेनको हकमा पिएसए (प्रोस्टेट- इस्पेसिफिक एन्टिजेन) परीक्षण, इमेजिङ तथा बायोप्सी लगायत थप परीक्षणपछि प्रोस्टेट क्यान्सर पुष्टि भएको हो। पछि गरिएको स्क्यानमा क्यान्सर हड्डीमा फैलिएको पाइएपछि यसलाई उच्च जोखिमयुक्त मेटास्टेटिक प्रोस्टेट क्यान्सर भनेर भनिएको हो।
 
के हो मेटास्टेटिक प्रोस्टेट क्यान्सर?
‘मेटास्टेटिक’ भन्नाले क्यान्सर कोशिकाहरु आफ्नो स्थानबाट शरीरका अन्य अंग तथा भागमा फैलिएको अवस्था हो। बाइडेनको प्रोस्टेट क्यान्सर हड्डीमा फैलिएको छ।

सामान्यतया प्रारम्भिक चरणको प्रोस्टेट क्यान्सरको उपचारपछि ५ वर्षे जीवनदर लगभग १०० प्रतिशत हुन्छ। तर, मेटास्टेटिक अवस्थामा यो जीवनदर झरेर लगभग ३७ प्रतिशतमा पुग्छ। यद्यपि, यी तथ्याङ्क औसत हुन् र व्यक्तिगत स्वास्थ्य, उमेर, क्यान्सरको प्रकृति र उपचारको प्रभावकारिता माथि निर्भर गर्छन्।
 
ग्लीसन स्कोर के हो?
प्रोस्टेट क्यान्सरको गम्भीरता मापन गर्न ग्लीसन स्कोर प्रयोग गरिन्छ, जुन ६ देखि १० सम्मको हुन्छ।
स्कोर ६–७: ढिलो बढ्ने, कम आक्रामक क्यान्सर
स्कोर ८–१०: छिटो फैलिने, अत्यन्त आक्रामक क्यान्सर
बाइडेनको ग्लीसन स्कोर ९ रहेको छ, जुन अत्यन्त आक्रामक क्यान्सरको सङ्केत हो, जसलाई तत्काल उपचार आवश्यक हुन्छ।
 
उपचार विकल्पहरू
बिनाइन (नफैलिएको) प्रोस्टेट क्यान्सर प्रायः प्रोस्टेटको शल्यक्रिया (प्रोस्टेक्टोमी) वा रेडिएसन थेरापी द्वारा उपचार गर्न सकिन्छ। तर, मेटास्टेटिक प्रोस्टेट क्यान्सरमा उपचारको उद्देश्य रोग निको पार्ने होइन, लक्षण कम गर्नु, क्यान्सर अझ फैलिनबाट रोक्नु र जीवनस्तर सुधार गर्नु हो।

प्रमुख उपचारहरू:
हर्मोन थेरापी (एडिटी): टेष्टोस्टेरोन नियन्त्रण गरी क्यान्सरको वृद्धि रोक्ने।

केमोथेरापी: क्यान्सर बढ्नबाट रोक्ने औषधिहरू।

रेडिएसन थेरापी: विशेष गरी हड्डीमा फैलिएको क्यान्सरमा दुखाई र लक्षण कम गर्न।

इम्युनोथेरापी र जीन-आधारित उपचार: शरीरको प्रतिरक्षा प्रणालीलाई सक्रिय पार्ने वा जेनेटिक लक्ष्यहरूमा आधारित उपचार।

सहायक उपचार: दुखाइ नियन्त्रण, थकान र जीवनस्तर सुधार गर्न।

थकान, यौन कार्यमा परिवर्तन, गर्मी हुने, चिडचिडापन हुने, मुड स्विङ, मांसपेशी गुम्ने आदि जस्ता यी उपचारहरुका कारण देखिन सकिने साइड इफेक्टहरु हुन्।
 
लक्षणहरू के-के हुन सक्छन्?
पिसाब वा वीर्यमा रगत देखिनु
बारम्बार पिसाब लाग्नु
राति सुतेको बेला पनि पिसाब आएर बिउँझिनु
पिसाब सुरु गर्न गाह्रो हुनु
अनियन्त्रित पिसाब बग्नु
कम्मर, हड्डी दुख्नु
थकान, तौल घट्नु र कमजोरी महसुस हुनु
 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट