२०८२ जेष्ठ ९ बिहीबार
२०८२ जेष्ठ ९ बिहीबार

एनसेल ग्राहकले रु. ९९ मै एक साताभर अनलिमिटेड कल गर्न सक्ने, यस्ता छन् नयाँ रिन्युअल प्याक

 

काठमाडौँ । एनसेलले आफ्ना प्रिपेड प्रयोगकर्ताका लागि तीन नयाँ साप्ताहिक रिन्युअल प्याक सार्वजनिक गरेको छ । सुलभ सञ्चार सेवाको माग बढिरहेको अवस्थामा भ्वाइस, डेटा र एसएमएस सेवाको समायोजनसहित बजेटमैत्री प्याक ल्याएको कम्पनीले जनाएको छ ।

आजदेखि लागु भएका प्याकमध्ये ‘अल नेपाल कल भ्वाइस प्याक’ अन्तर्गत एनसेल वा नेपाल टेलिकमका नम्बरमा सात दिनसम्म अनलिमिटेड कल गर्न सकिनेछ । यसको मूल्य करसहित रु. ९९ छ ।

त्यस्तै, रु. ९९ मै उपलब्ध ‘सधैं अन प्याक’ मा सात दिनका लागि २ जीबी डेटा, ४९ मिनेटको अल नेपाल कल र ९ एसएमएस समावेश छ । केवल डेटामात्र प्रयोग गर्न चाहने ग्राहकका लागि रु. १५० मा सात दिनसम्म १० जीबीको हाई-स्पीड डेटा प्याक पनि उपलब्ध गराइएको छ ।

रिन्यूअलको बेला आवश्यक रकम मेन ब्यालेन्समा उपलब्ध हुनुपर्ने छ । यी सबै प्याक हरेक सात दिनमा स्वतः रिन्यु हुने भएकाले ग्राहकलाई बारम्बार प्याक लिनुपर्ने झन्झटबाट छुट हुने एनसेलको भनाइ छ ।

प्याक खरिद गर्न *१२३*९#  डायल वा एनसेल एप प्रयोग गर्नुपर्ने छ । 

पछिल्लो अध्यावधिक: जेठ ६, २०८२ १८:३७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट