२०८२ जेष्ठ ४ शनिबार
२०८२ जेष्ठ ४ शनिबार

उच्च रक्तचाप अर्थात् ‘सुषुप्त हत्यारा ’ लक्षण, कारण र रोकथाम

उच्च रक्तचापबारे बुझ्नैपर्ने कुरा

शरीरको रक्तचाप सामान्य भन्दा बढी हुनुलाई उच्च रक्तचाप भनिन्छ। रक्तचाप माथिल्लो सिस्टोलिक र तल्लो डायस्टोलिक गरी दुई प्रकारको हुने गर्छ। 
माथिल्लो रक्तचाप ११० देखि १३० हुनुलाई सामान्य मानिन्छ, भने तल्लो रक्तचाप ७० देखि ८० भएको अवस्थालाई सामान्य मानिन्छ।

हालको नयाँ निर्देशिका अनुसार भने १३० देखि १४० को बीचलाई  सामान्य उच्च रक्तचाप भन्ने बुझिन्छ । अर्थात् ८० र ९० बीचलाई पनि सामान्य उच्च रक्तचाप भन्ने बुझिन्छ।

त्यस्तै दोस्रो ग्रेडमा १४० र १६० को बीचलाई उच्च रक्तचाप भनेर परिभाषित गरिएको छ । यदि माथिल्लो रक्तचाप १४० भन्दा माथि र तल्लो ९० भन्दा माथि रहेको अवस्थामा सामान्यतया चिकित्सकहरुले उच्च रक्तचापको औषधि सेवनका लागि सिफारिस गर्छन्।

नेपालमा उच्च रक्तचाप 
नेपालमा उच्च रक्तचाप भएका व्यक्तिहरु बारेको यकिन सर्वेक्षण भएको छैन । त्यसकारण उच्च रक्तचाप भएका व्यक्तिहरु क्ति छन् भनी निश्चित रुपमा भन्न सक्ने अवस्था छैन।

यद्यपि विभिन्न अध्ययन अनुसन्धानले पत्ता लगाए अनुसार नेपालमा १०–१५ प्रतिशत मानिसहरुमा कुनै न कुनै रुपमा उच्च रक्तचापको समस्या रहेको पाइएको छ ।यो केही संस्थाहरुले संस्थागत रुपमा पत्ता लगाएको तथ्यांक हो। 

उच्च रक्तचापका लक्षणहरु 
कतिपय अवस्थामा कुनै लक्षण बिना नै मानिसमा रक्तचापको समस्या आउने गर्छ । यद्यपि टाउको दुख्ने, रिंगटा लाग्ने,छाती दुख्ने तथा भारी हुने,मुटु ढुकढुक हुने लगायतका लक्षणहरु देखिन सक्छन्।

यदि उच्च रक्तचापका कारण अन्य अंगहरुमा समेत असर परेको अवस्थामा दृष्टिमा समेत समस्या ल्याउन सक्छ । उच्च रक्तचापका कारणका मृगौलाले सही रुपमा काम नगर्न पनि सक्छ। 

लामो समय उच्च रक्तचापको समस्या पश्चात् स्ट्रोकको समस्या देखा पर्न सक्छ।

कुन अवस्थामा बिरामीलाई औषधि सिफारिस गरिन्छ ?

उच्च रक्तचापमा बिरामी उमेर हेरेर चिकित्सकहरुले औषधि सेवनका लागि सिफारिस गर्छन्।  

सामान्यतया सिस्टोलिक रक्तचाप १४० भन्दा माथि तथा डायस्टोलिक रक्तचाप ९५ माथि भएको अवस्थामा औषधि सिफारिस गरिन्छ। 

विश्व स्वास्थ्य संगठनका अनुसार औषधि सेवन गरिसकेका मानिसहरुमा १ वर्षसम्म निरन्तर रुपमा रक्तचाप कम भएको अवस्थामा औषधि छोड्न मिल्छ । त्यो बाहेक यदि कसैलाई न्युनतम डोजको औषधि दिइएको छ, त्यो अवस्थामा बिरामीले जीवनशैली परिवर्तन गरेमा पनि औषधि सेवन छोड्न मिल्ने पनि हुनसक्छ।

यद्यपि एक पटक उच्च रक्तचापको औषधि सेवन गरिसकेका अधिकांश मानिसमा औषधि छुट्याउन मिल्ने सम्भावना एकदमै कम हुन्छ।


उच्च रक्तचापका कारण हुने जोखिम 
उच्च रक्तचाप भएका मानिसहरुले लामो समयसम्म पनि औषधिको सेवन नगरेमा मुटुको मांशपेशीहरु बाक्लो हुँदै जाने सम्भावना रहन्छ। लामो समयपछि त्यसले मुटुको च्याम्बर सानो हुँदै जान्छ । यस्तो अवस्थामा सामान्य हिडाइँमा पनि स्वाँ–स्वाँ हुने गर्छ।

समयमा उपचार नगरेमा उच्च रक्तचापका कारण कोलेस्ट्रोरेल उच्च हुने, हृदयाघात हुने, पक्षघात हुने, मिर्गाैला फेल हुने, आँखाको ज्योती गुम्ने, मुटुबाट निस्केको ठूलो नशा वा एओर्टा फुट्नेसम्मका जोखिम हुनसक्छ । जसले मान्छेको ज्यान जाने सम्मको खतरा हुनसक्छ।

त्यसकारण उच्च रक्तचापलाई साइलेन्ट किलर अर्थात् ‘सुषुप्त हत्यारा’ पनि भन्ने गरिन्छ । त्यसकारण उच्च रक्तचापलाई वेवास्ता गरी नियमित रुपमा औषधि सेवन नगरेमा यसले मानिसको ज्यान लिन्छ। 

विश्वका ३० प्रतिशत मानिसहरुमा कार्डियो भाष्स्कुलर रोग रहेको अनुमान गर्न सकिन्छ । संसारमा हुने कुल मृत्युमध्ये ३० प्रतिशत मृत्यु यसका कारण हुने गरेको छ । जसमा हृदयाघात, मस्तिष्कघात लगायत सम्पुर्ण रोगहरु पर्छन् । 

उच्च रक्तचाप हुनबाट कसरी बच्ने ?

–परिवारका अग्रजमा उच्च रक्तचापको समस्या भएका व्यक्तिले ३५ वर्ष पुरा भएपछि नियमित रुपमा रक्तचापको परीक्षण गर्ने । 
–अल्कोहल तथा बढी मात्रामा माछामासुको सेवन नगर्ने । 
–नियमित रुपमा शारीरिक व्यायाम गर्ने । 
–शरीरमा कोलेस्ट्रोरेल र सुगरको मात्रालाई नियन्त्रण गर्ने । 
–नुनको सेवन कम गर्ने । 
–कफीको सेवन कम गर्ने । 

 


 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट