२०८२ जेष्ठ १२ आईतवार
२०८२ जेष्ठ १२ आईतवार

आम्दा स्वास्थ्य प्रतिष्ठानमा नर्सलाई सम्मान गर्दै मनाइयो नर्सिङ दिवस

बुटवल- सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवलले नर्सिङ अधिकृत राधा हेम्चुरीलाइ सम्मान गर्दै २०५औं अन्तराष्ट्रिय नर्सिङ दिवस मनाएको छ। 

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिएल नर्सिङ अध्ययनरत विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा नर्सिङ  अधिकृत राधा हेम्चुरीलाई दोशाल्ला र मायाको चिनोले सम्मान गरिएको हो।  

कार्यक्रममा आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानकी  प्राचार्य सरिता रावलले समग्र नर्सिङ पेसाको इतिहास र अहिलेसम्मको विकासका बारेमा छोटो डकुमेन्ट्री प्रस्तुत गरेकी छिन्।

यस्तै  सिद्धार्थ बाल तथा महिला अस्पतालकी मेट्रोन कल्पना विश्वकर्माले नर्सिङ पेसाको महत्वको र यस वर्षको नाराको बारेमा प्रस्ट पारिन्। 

सम्मानित नर्स राधा हेम्चुरीले विद्यार्थीहरुलाई आफ्नो २४ वर्षे कार्य अनुभवबाट सिकेका कुराहरु नर्समा हुनुपर्ने गुण, बिरामीप्रतिको व्यवहार र  सेवा भावको स्वभावको बारेमा बताइन्।

कार्यक्रममा  सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रशासकीय अधिकृत ज्ञानेन्द्र नेपाल, नर्सिङ प्रशिक्षकहरु र विद्यार्थीहरुको उपस्थिति थियो।

 हरेक वर्ष नर्सिङ पेशाकी जननी फ्लोरेन्स नाइटिङ्गेलको जन्म दिन पारेर  मे १२ का दिन अन्तराष्ट्रिय नर्सिङ दिवस मनाउने गरिन्छ। 
 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट