२०८२ बैशाख ३० मंगलवार
२०८२ बैशाख ३० मंगलवार

काठमाडौँमा दक्षिण एसियाकै दोस्रो ठुलो फिनटेक कार्यक्रम आयोजना

काठमाडौँ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र युनियनपे इन्टरनेसनलको प्रायोजनमा ‘नेपाल फिनटेक फेस्टिवल’ को पहिलो संस्करण आयोजना गरिएको छ । बिहीबार काठमाडौंमा सम्पन्न कार्यक्रममा नेपाल र विदेशका करिब ४०० जना बैंक, प्रविधि, नियामक निकाय र फिनटेक क्षेत्रमा संलग्न व्यक्तिहरूको उपस्थिति थियो ।

यस कार्यक्रमको अवधारणा ल्याएका काठमाडौँ फिनटेकका संस्थापक सञ्जिव सुब्बाले नेपाललाई विश्व फिनटेक नक्सामा चिनाउने उद्देश्य राखेर यो कार्यक्रम सुरु गरिएको बताए । उनका अनुसार भारतपछिको ठुलो राष्ट्रिय फिनटेक कार्यक्रम आयोजना गर्ने देशका रूपमा नेपाल दोस्रो बनेको छ ।

फेस्टिवलमा विभिन्न वक्ताहरूले फिनटेक क्षेत्रको विकास, डिजिटल बैंकिङ, क्यूआर प्रणाली, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र साझेदारी रणनीतिबारे कुरा गरे । कार्यक्रमको उद्घाटन सत्रमा एनसीएचएलका सीईओ निलेशमान सिंह प्रधान, मुक्तिनाथ विकास बैंकका सीईओ प्रद्युम्न पोखरेल र नेपाल बैंकर्स संघका उपाध्यक्ष सुरेन्द्रराज रेग्मीले बोलेका थिए ।

सो अवसरमा नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई डिजिटल भुक्तानीमा पुर्‍याएको योगदानको लागि विशेष सम्मान दिइयो । सिंगापुरको डीबीएस बैंकका पूर्व चिफ इनोभेसन सेन्टर नील क्रसले डिजिटल परिवर्तनको आफ्ना अनुभव सुनाए । युनियनपे साउथ एसियाका प्रमुख बिङहान हूले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग कार्ड इस्यु जारी गर्ने तयारी भएको जानकारी दिए ।

फेस्टिवलमा भारतको डिजिटल बैंकिङ अनुभवबारे दीपक शर्माले आफ्ना अनुभव सुनाए । त्यसैगरी, एनएमबी बैंकका सीईओ गोविन्द घिमिरे, नबिल बैंकका मनोज घिमिरे, मुक्तिनाथ विकास बैंकका प्रद्युम्न पोखरेल र ग्लोबल आईएमई बैंकका सुमन पोखरेलले पनि कार्यक्रमलाई सम्बोधन गरे ।

कार्यक्रममा प्रविधिको प्रदर्शनी, नयाँ प्रयोगहरूको डेमो र नेटवर्किङ सेसनसमेत भएको थियो । यसले सहभागीहरूलाई एक-आपसमा जोडिन र सहकार्यको मौका दिएको थियो ।

पछिल्लो अध्यावधिक: बैशाख २९, २०८२ ११:४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट