२०८२ बैशाख २७ शनिबार
२०८२ बैशाख २७ शनिबार

‘टाइम १०० हेल्थ २०२५’ सार्वजनिक: विश्व  स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउने व्यक्तिहरूको सूची सार्वजनिक

काठमाडौं – विश्वप्रसिद्ध अमेरिकी म्यागजिन ‘टाइम’ले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिहरूलाई समेटेर तयार पारेको  टाइम १०० हेल्थ २०२५ को सूची सार्वजनिक गरेको छ। सूचीमा स्वास्थ्य नीति निर्माणदेखि प्रविधि, अनुसन्धान, नेतृत्व र सामाजिक परिवर्तनका क्षेत्रमा क्रान्तिकारी भूमिका निर्वाह गर्ने व्यक्तित्वहरू समावेश छन्।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस एड्हानोम गेब्रेयससलाई स्वास्थ्य संरचनाका योजनाकारका रूपमा सूचीको अग्रस्थानमा राखिएको छ। सूचीमा समावेश अमेरिकाआधारित स्वास्थ्य विश्लेषक जय भट्टाचार्यले अनुसन्धानको वित्तीय स्वरूप परिवर्तन गर्न भूमिका खेलेका छन् भने रवर्ट एफ. केनेडी जुनियर ले स्थापित स्वास्थ्य सेवा प्रणालीलाई चुनौती दिएका छन्।

मेलिन्डा फ्रेन्च गेट्स को नाम महिलाको स्वास्थ्य सुधारमा योगदान दिने अभियन्ताका रूपमा समावेश गरिएको छ। स्वास्थ्य प्रविधिमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोगलाई अघि बढाउने करेन डेसाल्भो, औषधि विकासमा तीव्रता ल्याउने डेभिड रिक्स र सुम्बुल देसाई को प्रविधिमार्फत स्वास्थ्य सेवा विस्तार गर्ने प्रयास सूचीमा प्रमुख छ।

औषधिको क्षेत्रमा ऐतिहासिक सफलता दिलाउने रेश्मा केवालरामानी, जीन थेरापीको क्षेत्रमा क्रान्ति ल्याउने समर्थ कुलकर्णी र कृत्रिम मुटु विकास गर्ने डेनियल टिम्स जस्ता नवप्रवर्तनकर्ताहरूलाई सूचीमा राखिएको छ।

मानसिक स्वास्थ्यको नयाँ परिभाषा दिन खोज्ने एन्ड्र्यु मिलर र रोबर्ट वुड, एचआईभी रोकथाममा सक्रिय टोमस सिह्लार र वेस्ली सुन्डक्विस्ट, क्यान्सर उपचारमा कृत्रिम बौद्धिकता (एआई)को प्रयोग गर्ने आन्द्रे एस्टेवा लगायतका वैज्ञानिकहरू नवप्रवर्तनकर्ताको श्रेणीमा छन्।

मानव स्वास्थ्य प्रणालीमा प्रयोगात्मक तरिकाले नयाँ दिशाहरू देखाउने व्यक्तिहरूलाई ‘पायोनियर्स’को श्रेणीमा राखिएको छ। डा. आन्द्रेया सर्सेक ले प्रतिरक्षा प्रणालीलाई सक्रिय पार्दै क्यान्सर उपचारमा प्रयोग गरिरहेका छन्। होङकुई डेङ मधुमेहको आत्म-उपचारका लागि कोशिका-आधारित प्रविधि प्रयोग गरिरहेका छन्।

सार्वजनिक स्वास्थ्य नीतिमा नेतृत्वदायी भूमिका खेल्ने व्यक्तिहरूलाई ‘लीडर्स’ श्रेणीमा राखिएको छ। बर्ड फ्लुको निगरानी गरिरहेका एमानुएल सुबेइरान, खोप अभियानमा सफल युनिस आर. अवादल्लाह, र प्रजनन स्वास्थ्य अधिकारका लागि आवाज उठाउने रेचल स्वीट को भूमिका उल्लेखनीय छ।

‘क्याटालिस्ट्स’को रूपमा पहिचान गरिएका व्यक्तिहरूले जनमानसमा जागरण ल्याएका छन्। डेमार ह्यामलिन हृदय स्वास्थ्यको प्रवक्ता बनेका छन् भने अभिनेता सेथ रोजन र लरेन मिलर रोजनले एल्जाइमर रोगीहरूको हेरचाहमा सुधारका लागि आवाज उठाएका छन्। ब्रुक इबी जस्ता रोगसँग जीवन बिताइरहेका व्यक्तिले व्यक्तिगत संघर्षमार्फत समाजमा चेतना फैलाएका छन्।

टाइम १०० हेल्थ २०२५ को सूचीले चिकित्सा, प्रविधि, नीति र जनस्वास्थ्यका विविध पाटो समेट्दै विश्वभर स्वास्थ्य क्षेत्रमा क्रान्ति ल्याउने व्यक्तित्वहरूलाई उजागर गरेको छ। यो सूची विश्व स्वास्थ्यसम्बन्धी भावी सोच र नेतृत्वदायी प्रवृत्तिहरूलाई पहिचान गर्न सहयोगी हुने ‘टाइम’को अपेक्षा  छ।

‘टाइम’ले भनेको छ-  ‘२०२० पछिको आश्चार्यजनक वाक्य: यो वर्ष विश्वव्यापी स्वास्थ्यको इतिहासमा अरू कुनै भन्दा फरक छ। संस्थापन विरोधी नेताहरू रोबर्ट एफ. केनेडी जूनियर, डा. मार्टी मकरी र डा. जय भट्टाचार्यलाई अमेरिकाको  स्वास्थ्यका नेतृत्वदायी पदमा पुगेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनबाट फिर्ता हुने निर्णय लिएका छन् र युएसआईडीको कोष बन्द गरिएको छ।

स्वास्थ्यकर्मीहरू आफ्नो काम जारी राख्न सकिन्छ कि सकिँदैन भनेर बुझ्न र यदि होइन भने, बिरामीहरूको अवस्था के हुन्छ भनेर बुझ्न संघर्ष गरिरहेका छन्। यस्तो उथलपुथलको वर्षमा, ‘टाइम १०० हेल्थ’ सार्वजनिक गरिएको छ। अहिलेको स्वास्थ्यको दुनियाँमा सबैभन्दा प्रभावशाली १०० व्यक्तिहरूको सूची  केही फरक देखिन्छ।’

यी १०० व्यक्तिहरूलाई छनोट गर्न, एम्मा बार्कर बोनोमो र म्यान्डी ओकल्यान्डरको नेतृत्वमा र डा डेभिड अगस र एरियाना हफिंगटनको मार्गदर्शनमा  टाइमका स्वास्थ्य संवाददाता र सम्पादकहरूको टोलीले विश्वभरका स्रोतहरू र विज्ञहरूसँग परामर्श गर्न महिनौं बिताएको टाइमले जनाएको छ।

मुख्य व्यक्ति र योगदान

दिग्गजहरू

टेड्रोस एड्हानोम गेब्रेयसस – विश्व स्वास्थ्य संरचनाका योजनाकार

जय भट्टाचार्य – अनुसन्धानको वित्त पोषणमा परिवर्तन

रवर्ट एफ. केनेडी जुनियर – स्वास्थ्य सेवा प्रणालीलाई चुनौती दिँदै

मेलिन्डा फ्रेन्च गेट्स – महिलाको स्वास्थ्य सुधारमा योगदान

करेन डेसाल्भो – स्वास्थ्यमा कृत्रिम बौद्धिकता (एआई)को प्रयोग

डेभिड रिक्स – औषधि विकासको गति बढाउँदै

सुम्बुल देसाई – प्रविधि र स्वास्थ्यलाई जोड्दै

मार्टी माकारी – नियमन प्रणालीमा हस्तक्षेप गर्दै

एलिस वाल्टन – चिकित्साशिक्षामा योगदान

निकाइस न्डेम्बी – अफ्रिकाको जनस्वास्थ्यको लागि कार्य गर्दै

एमा वाल्म्स्ली – नयाँ प्रकारको एन्टिबायोटिक विकास गर्दै

पल अफिट – खोप प्रवर्द्धनमा अगुवा

स्टीभ बियर्ड – औषधिमा विविधता ल्याउँदै

भास नरासिम्हन – परिवर्तनको गति बढाउँदै

मिशेल सिया – उदाउँदो नेतृत्वकर्ता

न्यान्सी ब्राउन – हृदय स्वास्थ्यको प्रचार

क्रिस्टिन पेक – पशु रोग रोकथाममा कार्यरत

माइकल डाउलिङ – नवप्रवर्तनलाई प्रोत्साहन

नवप्रवर्तनकर्ता

रेश्मा केवालरामानी – ऐतिहासिक औषधि विकास

अमिरअली तलसाज र हेल्मी एल्टुक्की – आकर्षक स्क्रिनिङ विकल्प

रिचार्ड लोएनथल – एनाफिलाक्सिस उपचारमा सजिलो उपाय

रोबर्ट वुड – मानसिक शान्तिको प्रचार

एन्ड्र्यु मिलर – मानसिक स्वास्थ्यको नयाँ दृष्टिकोण

समर्थ कुलकर्णी – जीन थेरापीलाई अघि बढाउँदै

डेनियल टिम्स – कृत्रिम मुटुको विकास

डेविड नुसबाम – भर्चुअल भेट प्रणाली सुधार

हुझी जू – स्वप्रतिरक्षा रोगको उपचारमा प्रगति

डेविड लिउ – नयाँ पुस्ताको जीन सम्पादन

डेविड फाजगेनबाम – प्रयोगमा रहेका औषधिको पुनःप्रयोग

ताहमीद अहमद – कुपोषणविरुद्ध संघर्ष

टोमस सिह्लार र वेस्ली सुन्डक्विस्ट – एचआईभी रोकथाम

आन्द्रे एस्टेवा – क्यान्सर उपचारमा एआईको प्रयोग

बॉबी रेड्डी जुनियर – सेप्सिसको पूर्वानुमान

शिव राव – कागजी झन्झट हटाउँदै

अपर्णा हेगडे र अपर्णा तनेजा – महिलासम्म स्वास्थ्य सेवा पुर्‍याउँदै

बेथ शापिरो – लोप भएका जीव पुनर्जीवित गर्ने वैज्ञानिक

एल्भिन लुक – दुर्लभ रोगप्रति केन्द्रित

पायोनियर्स
आन्द्रेया सर्सेक – प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाउँदै

रोबर्ट मोंटगोमेरी – प्रत्यारोपणमा नवीनता

डिन अर्निश – प्राकृतिक तरिकाले रोग रोकथाम

केनेथ साभिन – अन्तरिक्ष विज्ञानमा इन्धन

स्कट स्टान्स्लास्की – पार्किन्सनको लक्षण नियन्त्रण

क्रिश्चियन हाप्पी – संक्रामक रोग बुझ्दै

रिचार्ड फिन्केल र केली हेन्निङ्स – प्रसूति पूर्व उपलब्धि

क्रिश्चियन एंगरमेयर र आरोन डी’सूजा – मानव क्षमताको परीक्षण

झेन्या लिण्डगार्ड – समयअगावै जन्म रोकथाम

डेनिस चार्नी – डिप्रेशन उपचारमा क्रान्ति

एन्टोनी अल्बानीज – किशोर मानसिक स्वास्थ्य सुरक्षा

भिक्टर एम्ब्रोस र गेरी रुबुकुन – कोष विकास बुझ्दै

होङकुई डेङ – मधुमेहको आत्म-उपचार

स्टेफेनी च्याङ – फोक्सो प्रत्यारोपणमा सुधार

शेली ह्वाङ – स्तन क्यान्सरको नयाँ सोच

मार्क हायम्यान – व्यक्तिगत उपचार प्रणाली

ड्यानियल नाडलर – ज्ञान फैलाउँदै

अनिश भटनागर – कठोर लक्षणको नियन्त्रण

अबासी एने-ओबोङ – जेनेटिक्सको पहुँच विस्तार

नेतृत्व
एमानुएल सुबेइरान – बर्ड फ्लु अनुगमन

प्लासिड म्बाला – मंकीपक्सको यथार्थ उजागर

युनिस आर. अवादल्लाह – खोप अभियानमा नायक

एलिशा डन-जोरजिओ – विश्व स्वास्थ्यको संरक्षण

रिचार्ड सेभर – विज्ञान प्रचार

रेचल स्वीट – प्रजनन अधिकारको पक्षमा

एलिसन सेसो – चिकित्सा ऋणबाट राहत

पिटर एनेव्स्की –  आईभीएफ सुरक्षामा योगदान

लादिदी बाको-अइयेग्बुसी – खाद्य सुरक्षा

फ्रान्चेस्को रुबिनो – मोटोपनको परिभाषा परिवर्तन

इभान म्यासिङिल – प्रजनन पहुँचमा योगदान

पल मुलर – आत्महत्या रोकथाम

जुली बर्कहार्ट – स्वास्थ्य सेवाको संरक्षण

एड्रियन डाइब्वाड – हावा गुणस्तर अनुगमन

पिटर लुरी – सुरक्षित खाद्यको पक्षमा

रोनिता नाथ – एलजीबीटीक्यु+ किशोरहरूको समर्थन

मुहम्मद अली पटे – नाइजेरियाको स्वास्थ्य प्रणाली निर्माण

जोआना स्ट्रोबर – मेनोपजको स्वास्थ्यमा प्रकाश

परिवर्तनकर्ता

डेमार ह्यामलिन – हृदय स्वास्थ्यको सशक्त आवाज

विनोद बालाचन्द्रन – क्यान्सर खोपको परीक्षण

क्याट्रियोना ब्राडशो – स्त्री विषयको पुनर्परिभाषा

ब्रुक इबी – एएलएसको दस्तावेजीकरण

बारबरा किङ्सोलभर – साहित्यबाट व्यसन उपचार

बिल नाइ – वैज्ञानिक सन्देशवाहक

अरा डार्जी – स्वास्थ्य सुधारमा प्रेरणा

कोलिन फेरेल – विशेष आवश्यकताको आवाज

लोरेन्जो गुग्लिल्मेट्टी – क्षयरोग उपचार

केट मिडलटन – आफ्नो कथासँगै नेतृत्व 

सुरेश रामालिङ्गम – फोक्सो क्यान्सरमा ब्रेकथ्रु

सेथ रोजन र लरेन मिलर रोजन – केयरगिभरहरूको समर्थन

स्टेफन ग्राहम र ज्याक थोर्न – संवादको सुरुवात

स्कट लोमरे – किशोरको जीवन सुधार

इलोना माहेर – शक्तिको प्रदर्शन

मेरी म्याककोर्म्याक – नयाँ सोच

हायम्यान स्कट – यौन संक्रामक रोग रोकथाम

ड्वायन वेड – पूर्वरोग रोकथाममा जोड

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट