२०८२ जेष्ठ १३ सोमबार
२०८२ जेष्ठ १३ सोमबार

न्याम्सबाट हालसम्म ३ हजार ६ सय ८० जनशक्ति उत्पादन

काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले स्थापनको  २३ वर्षमा हालसम्म चिकित्सा क्षेत्रका  ३ हजार ६ सय ८० जनशक्ति उत्पादन गरेको छ। 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकूलपति डा भुपेन्द्र कुमार बस्नेतका अनुसार डीएम/एमसीएच (सुपर स्पेसलिस्ट रिसर्च डिग्री), एमडी/एमएस (स्पेसलिस्ट)  र नर्सिङ गरी हालसम्म न्याम्सले ३ हजार ६ सय ८० जनशक्ति उत्पादन गरेको हो। 

हाल  १५०० विद्यार्थीले न्याम्समा चिकित्सा शास्त्र अध्ययन गरिरहेका उनले बताए। विसं २०५९ मा सरकारले अध्यादेश जारी गरी वीर अस्पताललाई न्याम्समा स्तरोन्नति गरेको थियो। 

प्रतिष्ठानका रूपमा कार्यरत वीर अस्पताललाई २०६३ सालमा सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन नै जारी गरेर विभिन्न शैक्षिक कार्यक्रम (एमडी/एमएस) साथै चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा आधारित अनुसन्धानमूलक शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ।

१३५ वर्ष लामो इतिहास बोकेको वीर अस्पतालले हाल ७२ शय्याको आइसियू तथा ३८ शय्याको एचडियू सहित करिब ९ सय ६६ शय्याबाट सेवा दिइरहेको वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले बताए। वीर अस्पतालले मेडिकल तथा सर्जिकल विभाग मार्फत् विशिष्टीकृत सेवाहरु प्रदान गरिरहेको छ। 

गत वर्ष  वीर अस्पतालले बहिरंग सेवामार्फत् ६ लाख ३५ हजार २ शय ८६, आकस्मिकमा करिब ३ लाख ३६ हजार,वार्डमा भर्ना भई सेवा लिने करिब २० हजार ८ सय बिरामीलाई सेवा दिएको डा शर्माले बताए। 

पछिल्लो समय वीर अस्पतालमा बिरामीहरुको चाप बढ्दो  छ। अस्पतालमा शल्यक्रिया तथा अन्य सेवाका लागि देशभरिबाट नै बिरामीहरु रेफर गरिन्छ। अस्पतालले एक वर्षमा करिब २२ हजार शल्यक्रिया गरेको ५ हजार मेजर शल्यक्रिया गरेको थियो। 

वीर अस्पतालमा सिटीस्कयान, एमआरआई, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, कोलोनोस्कोपी, इकोकार्डियोग्राफी, एन्जियोग्राम, एन्जियोप्लाष्टी लगायतका सेवाहरु प्रदान गरिदै आइएको छ। अस्पतालले २ वटा सिटी र १ एमआरआई मेसिनले रेडियोलोजी सेवा दिदै आइरहेको छ। 

वर्षमा ८ हजार भन्दा बढी एमआरआई तथा करिब १८ हजार सिटीस्क्यान अस्पतालले गर्दै आइरहेको छ। अस्पतालमा सुरु भएर रोकिएको जलन उपचार सेवालाई पुन सूचारु गरिएको छ। त्यस्तै फार्मेसी सेवालाई थप विस्तार, अस्पताल सेवालाई डिजिटल बनाइएको,भिआईपी बेड थप,बाथ मुटु रोग सेवा, नाक कान घाँटी विभागअन्तर्गत कक्लियर इम्प्लान्ट लगायतका सेवालाई थप विस्तार गरिएको निर्देशक डा शर्माले बताए। 


 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट