२०८२ बैशाख २३ मंगलवार
२०८२ बैशाख २३ मंगलवार

लुम्बिनी विकास बैंकका ग्राहकलाई एससीटीको स्मार्ट पे र क्यूआर भुक्तानी सेवा

काठमाडौँ । स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडबिच स्मार्ट पे र स्मार्ट क्यूआर सेवा सञ्चालनका लागि सम्झौता भएको छ ।

हालै भएको सम्झौताअनुसार अब लुम्बिनी विकास बैंकका ग्राहक, एजेन्ट तथा प्रयोगकर्ताले स्मार्ट पेमार्फत स्वदेश तथा विदेशबाट पठाइएको रकम तुरुन्तै आफ्ना खातामा प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, बैंकमा खाता भएका व्यवसायी तथा व्यापारीहरूले स्मार्ट क्यूआर सेवा प्रयोग गरी विभिन्न मोबाइल बैंकिङ र मोबाइल वालेटमार्फत भुक्तानी लिन सक्ने बताइएको छ ।

सम्झौतामा एससीटीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र लुम्बिनी विकास बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले हस्ताक्षर गरे ।

पछिल्लो अध्यावधिक: बैशाख २३, २०८२ १६:३९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट