२०८२ बैशाख २३ मंगलवार
LATEST NEWS
२०८२ बैशाख २३ मंगलवार

‘पहलगाम आतंकवादी आक्रमणबारे मोदीलाई ३ दिन पहिल्यै थाहा थियो’

काठमाडौं । भारतीय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खडगेले प्रधानमन्त्री नरेन्द्र मोदीलाई जम्मू कश्मीरमा सम्भावित आतंकवादी हमलाको बारेमा गुप्तचर रिपोर्ट घटनाको ३ दिन पहिल्यै दिइएको दाबी गरेका छन्। उनका अनुसार यो रिपोर्ट पाएपछि मोदीले आफ्नो कश्मीर भ्रमण रद्द गरेका थिए ।

मंगलबार झारखण्डको रांचीमा एक र्‍यालीलाई सम्बोधन गर्दै खडगेले अप्रिल २२ मा पहलगाममा भएको आतंकवादी हमलाको तीन दिन अघि प्रधानमन्त्री मोदीलाई गुप्तचर रिपोर्ट पठाइएको दाबी गरे। उनले यो गुप्तचर विफलता भएको बताउँदै सरकारले आफ्नो गुप्तचर विफलतालाई स्वीकार गरेको र अब उनीहरूले यसलाई सुधार गर्नेसमेत दाबी गरे ।

खडगेले भने ‘यदि सरकारलाई यो कुरा थाहा थियो भने किन केही गरेन ? आक्रमण हुनुभन्दा तीन दिन अघि प्रधानमन्त्री मोदीलाई गुप्तचर रिपोर्ट पठाइएको थाहा पाएँ । यसपछि मात्र उनको कश्मीर भ्रमण रद्द गरियो । मैले यो कुरा अखबारमा पनि पढेको छु ।’

२२ अप्रिलमा पहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो भने १७ जना घाइते भएका थिए। यो आक्रमण पहलगामको बैसरन उपत्यकामा गरिएको थियो जसमा आतंककारीहरूले छनौट गरेर मानिसहरूलाई निशाना बनाएका थिए।

 


सामाग्री श्रोत :

‘पहलगाम आतंकवादी आक्रमणबारे मोदीलाई ३ दिन पहिल्यै थाहा थियो’

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट