२०८२ बैशाख २३ मंगलवार
LATEST NEWS
२०८२ बैशाख २३ मंगलवार

नीति तथा कार्यक्रममाथिको छलफल निरर्थक हुने देखियो : देवेन्द्र पौडेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नीति तथा कार्यक्रमको छलफल निरर्थक हुने देखिएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै पौडेलले अर्थ मन्त्रालयले अगामी आर्थिक वर्षको बजेट लक गरिसकेको भन्दै नीति तथा कार्यक्रमको छलफल निरर्थक हुने देखिएको बताएका हुन्।

उनले नीति तथा कार्यक्रममा आएका जनताका सरोकारका सुझावहरु अब बजेटमा समेटिने अवस्था न्यून रहेको धारणा राखे। पौडेलले नीति तथा कार्यक्रम, प्रि बजेट तथा बजेटको छलफलको श्रृंखला नमिलेको तर्क गरे।

चालू आर्थिक बर्षको योजनाहरु बजेट अभावका कारण अल्झेर बसेको अवस्थामा उक्त आयोजनालाई निरन्तरता नदिदा थप समस्या हुने देखिएको उनले बताए।

त्यस्तै उनले सरकारको कार्यक्रमले मुलुकको अर्थतन्त्र चलायमान गराउने नदेखिएको समेत आरोप लगाए।


सामाग्री श्रोत :

नीति तथा कार्यक्रममाथिको छलफल निरर्थक हुने देखियो : देवेन्द्र पौडेल

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट