२०८२ बैशाख २३ मंगलवार
LATEST NEWS
२०८२ बैशाख २३ मंगलवार

एन्ड्रोइडको डिजाइन परिवर्तन गर्दै गुगल, यस्तो देखिनेछ नयाँ यूआई

 

काठमाडौं । गुगलले एन्ड्रोइडको डिजाइन परिवर्तन गर्ने तयारी गरिरहेको छ । कम्पनीले झुक्किएर आफ्नो ब्लगपोस्टमा नयाँ एन्ड्रोइड डिजाइन ‘मटेरियल थ्री एक्सप्रेसिभ’ सार्वजनिक गरेको थियो । कम्पनीले तत्काल सो पोस्ट डिलिट गरे पनि ९टु५ गुगलले पोस्टमा सार्वजनिक भएका डिजाइनहरू सुरक्षित गर्न सफल भएको थियो । सोही डिजाइन अहिले सामाजिक सञ्जालमा आइरहेको छ ।

यो डिजाइन करिब ४६ पटक रिडिजाइन गरिएको र १८ हजार भन्दा बढि प्रयोगकर्तामाझ परिक्षण गरिएको बताइएको छ । डिजाइनमा फरक किसिमको रंगहरु प्रयोग गरेको देख्न सकिन्छ । यस्तै फरक फरक आईकनका शेपहरू, साइज र मोसन पनि फरक देख्न सकिन्छ, जुन अहिलेको एन्ड्रोइड इन्टरफेस भन्दा निकै आकर्षक देखिन्छ । अर्को महिना हुने कम्पनीको वार्षिक डेभलपर कन्फ्रेन्समा यो डिजाइन पनि सार्वजनिक गरिने अनुमान गरिएको छ । 

यस्तै प्रयोगकर्ताले आफ्नो सहजताको हिसाबले इन्टरफेस कस्टमाइज गर्न मिल्ने फिचरलाई पनि परिष्कृत गरिएको बताइएको छ । यो डिजाइनमा कम्पनीले स्टाटस बार आइकन, घडिको मेन्यु, सेटिङ मेन्युदेखि लिएर अन्य धेरै कुरामा परिवर्तन गरेको देख्न सकिन्छ ।  

पछिल्लो अध्यावधिक: बैशाख २३, २०८२ १२:४४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट