काठमाडौँ –आज नेपाली बजारमा सुनको मूल्यमा भारी मात्रामा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (आज) सुन ५ हजार ३०० रुपैयाँ बढेर १ लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस अघि सोमबार एक लाख ८४ हजार ६०० रुपैयाँ पुगेको सुन आज ह्वात्तै बढेको हो । यस्तै चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी एक हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । चाँदी सोमबार एक हजार ९१० मा कारोबार भएको थियो । आज चाँदीको मूल्यमा ५५ रुपैयाँले वृद्धि भएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
