२०८२ जेष्ठ ७ मंगलवार
२०८२ जेष्ठ ७ मंगलवार

भुक्तानी नपाएपछि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानले गर्‍यो बीमा अन्तर्गतका सेवामा कटौती

घोराही- दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बीमा अन्तर्गतका सेवा कटौती गरेको छ। राष्ट्रिय बीमा बोर्डबाट भुक्तानी नपाएपछि आर्थिक संकट उत्पन्न भएको उल्लेख गर्दै प्रतिष्ठानले जेठ १ गतेबाट लागू हुने इमर्जेन्सी सेवा र इमर्जेन्सी शल्यक्रिया बाहेकका सेवा बीमाबाट नपाइने बताएको छ। 

बीमितहरुलाई इमर्जेन्सी सेवा र इमर्जेन्सी शल्यक्रियामात्र सुचारु  गर्ने सकिने उल्लेख गर्दै भनेको छ,  ‘इमर्जेन्सी बाहेकका शल्यक्रिया सेवा हाललाई स्थगित हुनेछन्। तीन महिनाको निम्ति उपलब्ध गराइने औषधि एक महिनाको लागि मात्र उपलब्ध हुनेछ।’

बीमा सेवा अन्तर्गतका विभिन्न प्रयोगशाला परीक्षण सेवा पनि  कटौती गरिएको बताइएको छ। सम्बन्धित सेवा उक्त कटौतीमा परेको यकिन गरेर मात्रै  सेवा लिन बिमितहरुलाई प्रतिष्ठानको अनुरोध छ।

बीमा बोर्डले भने ४ अर्ब रुपैयाँ भुक्तानीका लागि प्रक्रिया थालेको जनाएको छ। 


 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?