२०८२ बैशाख १५ सोमबार
LATEST NEWS
२०८२ बैशाख १५ सोमबार

सेकेन्डह्यान्ड फोन किन्ने सोचमा हुनुहुन्छ ? कस्तो अनि कहाँ किन्ने त ?

काठमाडौँ । चलाइरहेको फोन पुरानो भयो तर नयाँ फोन किन्ने बजेट छैन वा पुग्दैन । सेकेन्डह्यान्ड (पहिले नै कोही व्यक्तिले चलाइसकेको) फोन किन्ने कि नकिन्ने त ? नेपालको सन्दर्भमा विद्युतीय सामग्रीहरू सेकेन्डह्यान्ड किन्ने चलन त्यति छैन । तर पनि विस्तारै रिफर्बिस्ड (चलाइसकेको फोनलाई पुन: मर्मत गरेर नयाँ जस्तै बनाइएको) फोन, ल्यापटपहरू आजभोलि बजारमा पाइने गरेको छ । फोनको सन्दर्भमा हरेक वर्ष नयाँ नयाँ मोडल आउँदा वर्षैपिच्छे फोन परिवर्तन गर्न सम्भव पनि हुँदैन । यस्तोमा सेकेन्डह्यान्ड फोनलाई पनि विकल्प बनाउन सकिन्छ । तर राम्रो परेन भने ? सेकेन्डह्यान्ड सामान किन्दा सबैभन्दा पहिले आउने प्रश्न यही हो । त्यसोभए सेकेन्डह्यान्ड फोन किन्दा के के कुरामा ध्यान दिने त ? यहाँ उल्लेख गरिएको छ । 

१. ब्रान्ड 

सेकन्ड ह्यान्ड फोन बजारमा सबैभन्दा धेरै आईफोनको माग हुन्छ। अहिले विश्वभर बजारको करिब ६० प्रतिशत हिस्सा आईफोनले ओगटेको छ । त्यसपछि सामसङका अन्य एन्ड्रोइड फोनहरू दोस्रो स्थानमा छन् । बाँकी हिस्सा भने साओमी लगायतका चिनियाँ ब्रान्डहरूले ओगटेका छन्। त्यसैले यदि तपाईंलाई धेरै विकल्प र भर पर्दो ब्रान्ड खोजिरहनु भएको छ भने आईफोन वा सामसङ जस्ता ब्रान्ड रोज्न सक्नुहुन्छ । बजेट र मिडरेन्जमा भन्दा फ्ल्यागशिप फोनहरू रिफर्बिस्ड धेरै पाइन्छ । यसले गर्दा कम मूल्यमा फ्ल्यागशिप फोन खरिद गर्न सक्नुहुन्छ । 

२. कहाँ-कहाँ किन्न सकिन्छ ?

सेकन्ड ह्यान्ड फोन कै लागि भनेर नेपालमा भने त्यस्तो छुट्टै प्लेटफर्म त छैन । तर पनि हाम्रो बजार जस्ता प्लेटफर्महरूमा किन्न सकिन्छ । यो बाहेक रिफर्बिस्ड फोनका लागि सबको फोन, नयाँपुरानो लगायतका अनलाइन मार्केटप्लेस पनि तपाईँले छनोट गर्न सक्नुहुन्छ । यी बाहेक मोबाइल पसलहरूमा गएर पनि तपाईँले रिफर्बिस्ड फोन खरिद गर्न सक्नुहुन्छ । तर ध्यान दिनुपर्ने कुरा भनेको केहीले रिफर्बिस्ड फोनलाई पनि नयाँ नै भनेर बेच्ने बिक्रेता पनि भेटिन सक्छन् । यस्तो ठगीबाट भने जोगिनुपर्छ ।  अर्कोतिर तपाईँले सिधै कोही व्यक्तिबाटै प्रयोगमा भइरहेका फोन पनि खरिद गर्न सक्नुहुन्छ ।  

३. रिफर्बिस् र प्रयोगमा भएका फोन बीच के फरक हुन्छ?

रिफर्बिस् फोनहरूमा डेटा पूरै हटाइन्छ र फोनको परीक्षण तथा आवश्यक पार्ट्स परिवर्तन गरिन्छ। यस्तो फोन प्रायः वारेन्टीसहित आउँछ। तर, प्रयोगमा भएका फोन भने सिधै कुनै व्यक्तिले बेचेको हुन सक्छ, जहाँ ग्यारेन्टी वा मर्मत गरिएको हुँदैन। यस्तो अवस्थामा, सस्तोमा फोन पाइए पनि जोखिम बढ्न सक्छ। यदि तपाईं जोखिम लिन तयार हुनुहुन्छ भने, प्रयोगमा भइरहेका फोन अझ सस्तो पर्न सक्छ, तर रिफर्बिस् फोन चाहिँ सुरक्षाको हिसाबले सुरक्षित विकल्प हो।

४. ब्याट्रीको अवस्था 

सेकेन्डह्यान्ड फोन लिँदा फोनको ब्याट्रीको अवस्था कस्तो छ भनेर हेर्न जरुरी छ । आईफोनको सन्दर्भमा ८० प्रतिशत भन्दा कमको ब्याट्री हेल्थ भएको फोन खरिद नगर्दा नै राम्रो हुन्छ । ब्याट्रीको अवस्था कस्तो छ, कति समय टिक्छ लगायतका विवरण थाहा पाएर मात्रै फोन छनोट गर्नु उचित हुन्छ । 

५. कति पुरानो फोन किन्न उपयुक्त हुन्छ?

विशेषज्ञहरूका अनुसार, तीन पुस्ता (three generation) पुरानो फोन किन्नु उपयुक्त हुन्छ। पाँच वा छ पुस्ता पुरानो फोन किन्नु भने सुरक्षित हुँदैन किनकि त्यस्ता फोनहरूले एन्ड्रोइड वा आईओएसको नयाँ अपडेटहरू समर्थन नगर्न सक्छन्। नयाँ फिचरहरू पनि नहुन सक्छन् र डिभाइसमा समस्या पनि धेरै हुनसक्छ । 

६. पानीले क्षति पुर्‍याएको फोन कसरी थाहा पाउने?

अहिलेका नयाँ फोनहरू पानी प्रतिरोधी (water proof) भए पनि पूर्ण रूपमा सुरक्षित भने हुँदैनन्। फोनभित्र सानो मात्रामा पानी पसेर पनि समस्या आउन सक्छ। आईफोन वा सामसङ जस्ता ब्रान्डहरूले फोनभित्र कहाँ लिक्विड कन्ट्याक्ट इन्डिकेटर (Liquid Contact Indicator) हुन्छ भनेर गाइड दिएका छन्। फोन किन्ने बेलामा प्रत्यक्ष जाँच गरेर फोनमा पानीले क्षति गरेको छ कि छैन पत्ता लगाउन सकिन्छ।

७. आवश्यक अन्य सामग्री किन्न नबिर्सनुहोस्

सेकन्ड ह्यान्ड फोनहरू प्रायः बिना चार्जर, केबल वा इयरफोन आउन सक्छन्। त्यसैले बजेट बनाउँदा यस्ता आवश्यक सामग्रीहरू किन्ने लागत पनि थप गर्नुपर्छ। कहिलेकाहीँ कम्पनीकै सामग्रीहरू खरिद गर्नु उपयुक्त हुन्छ, किनकि त्यस्ता सामानहरूले फोनलाई राम्रोसँग समर्थन गर्छन् र लामो समयसम्म चल्न मद्दत गर्छन्।

पछिल्लो अध्यावधिक: बैशाख १४, २०८२ ८:४५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट