२०८२ बैशाख १३ शनिबार
२०८२ बैशाख १३ शनिबार

कहाँ पुग्यो खल्ती र आइएमई पे को मर्जर प्रक्रिया ?

काठमाडौँ । नेपालका दुई प्रमुख डिजिटल वालेट खल्ती र आइएमई पे एक आपसमा गाभिने चर्चा भइरहेको छ । यी दुई गाभिएर एउटै प्लेटफर्मबाट सेवा दिएमा ग्राहक संख्या र सेवा दायरा दुवैका हिसाबले देशकै ठुलो डिजिटल वालेट बन्ने विश्लेषण गरिएको छ ।

मर्जर प्रक्रिया अघि बढाउने विषयमा खल्ती र आइएमईपेले दुई महिना पहिले नियामक नेपाल राष्ट्र बैंकलाई सामान्य जानकारी गराएका थिए । यसपछिका प्रक्रिया पूरा गरी नियामकबाट सैद्धान्तिक सहमति वा लेटर अफ इन्टेन्ट (एलओआई) पाएपछि सम्झौताको थप बाटो खुल्ने बताइएको छ । 

खल्तीका सह-संस्थापक अमित अग्रवालले हाल मर्जर प्रक्रिया अध्ययन र अन्वेषणको प्रारम्भिक चरणमै रहेको जानकारी दिए । “हामीले नेपाल राष्ट्र बैंकलाई मात्र एक-आपसमा गाभिने इच्छा व्यक्त गरेका छौं । मर्जर प्रक्रियाको विस्तृत अध्ययन सकिएको छैन,” उनले भने, “संयुक्त मर्जर समिति गठन गरी लेखापरीक्षण, वित्तीय व्यवस्थापन तथा मूल्यांकन सहितको सम्भाव्यता अध्ययन पूरा गर्नुपर्छ । ती काम बाँकी नै भएकाले हामी प्रारम्भिक प्रक्रियामै छौं ।”

यी सबै प्रक्रिया पूरा भएपछि मात्र राष्ट्र बैंकमा औपचारिक रूपमा अनुमतिको लागि प्रस्ताव पेश हुने उनले बताए । योजनाअनुसार प्रक्रिया अगाडि बढेर अन्तिम स्वीकृति पाएमा नयाँ आर्थिक वर्षमा एकीकृत कारोबार सुरु गर्न सकिने उनको विश्वास छ ।

खल्ती र आईएमई पे मर्जर प्रक्रियामा सामेल भएसँगै जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा संयुक्त रूपमा टिकेटिङ पार्टनर बनेका थिए । दुवै डिजिटल वालेटको संयुक्त टिकटिङ साझेदारीले नयाँ ऊर्जा थपेको उनीहरूले बताएका छन् ।

नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फर्छ्योट विनियमावली, २०७७ संशोधन गर्दै डिजिटल वालेट कम्पनीहरूलाई मर्जर र प्राप्तिको बाटो खुला गरेको थियो । संशोधित विनियमावलीअनुसार अनुमतिप्राप्त संस्थाहरू एक आपसमा गाभ्न, गाभिन वा प्राप्ति गर्न सक्ने व्यवस्था गरिएको छ ।

नेपालमै पहिलो पटक दुई डिजिटल वालेट एक आपसमा गाभिने तयारी भइरहेको छ । मर्जर सम्पन्न भएपछि ग्राहकले एउटै एपमार्फत खल्ती र आइएमई पे दुबै सेवाहरू उपयोग गर्न सक्नेछन् । साथै, एकीकृत कारोबार सुरु भएपछि ग्राहक संख्या र सेवा दायरा दुवैका हिसाबले खल्ती-आइएमई पे मिलेर देशकै ठूलो डिजिटल वालेट बन्ने अपेक्षा गरिएको छ ।

अग्रवालका अनुसार हाल मर्जर प्रक्रिया अध्ययन र अन्वेषणको प्रारम्भिक चरणमै छ । “हामीले नेपाल राष्ट्र बैंकलाई मात्र एक आपसमा गाभिने इच्छा व्यक्त गरेका छौं । अहिले मर्जर प्रक्रियाको विस्तृत अध्ययन भइरहेको छ,” उनले भने, “अहिलेसम्म संयुक्त मर्जर समिति गठन गरिएको छैन । साथै, वित्तीय व्यवस्थापन, लेखापरीक्षण र सम्भाव्यता अध्ययनका प्रक्रिया पूरा गर्नु पर्ने बाँकी नै छ ।”

मर्जर प्रक्रिया अघि बढाउन संयुक्त समिति गठन, लेखापरीक्षक नियुक्ति, वित्तीय मूल्यांकन लगायतका चरणहरू पूरा गर्नुपर्नेछ । यी सबै प्रक्रिया पूरा भएपछि मात्र राष्ट्र बैंकमा औपचारिकरूपमा अनुमतिको लागि निवेदन पेश गरिने बताइएको छ ।

सैद्धान्तिक स्वीकृति भइसकेको अवस्थामा दुवै कम्पनीले सम्भाव्यता अध्ययन सकेर छिट्टै औपचारिक प्रस्ताव पेश गर्ने तयारी गरेका छन् । यदि सबै प्रक्रिया सुचारु रूपमा सम्पन्न भए, नयाँ आर्थिक वर्षदेखि एकीकृत कारोबार सुरु गर्न सकिने बताइएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १३, २०८२ १३:११





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट