जनकपुरधाम — जिल्ला प्रहरी कार्यालय धनुषाले आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान र सीआइबीको कर्मचारी भन्दै ठगी गर्दै हिँड्ने एकजनालाई पक्राउ गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान र सीआइबीको कर्मचारी हुँ भन्दै ठगी गर्ने एक जनालाई सहिदनगर नगरपालिकाबाट पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा बटेश्वर गाउँपालिका–५ कालिपुरका ३० वर्षीय रामभजन मण्डल रहेका छन्। उनले आम सर्वसाधारण र प्रहरीलाईसमेत झुक्याएर ठगी गर्ने गरेको धनुषा प्रहरीले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।
अख्तियार दुरुपयोग अनुसन्धान बर्दिबास र केन्द्रीय अनुसन्धान ब्यूरोको कर्मचारी हुँ भन्दै विभिन्न लाभ लिने गरेका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ