२०८२ बैशाख १२ शुक्रबार
LATEST NEWS
२०८२ बैशाख १२ शुक्रबार

शुक्रबारदेखि बीपीकेआईएचएस धरानमा आठौं सिम्फोसियम कम टक शो

काठमाडौं- शुक्रबारदेखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा (बीपीकेआईएचएस) धरानमा ‘सिम्फोसिएम कम टक शो’ सुरु हुँदैछ। दुई दिन चल्ने शोको आयोजना परिक्रमा विद्यार्थी परिवारले गरेको भने सहयोग स्टुडेन्ट वेलफेयर सोसाइटी एवं जुनिएर वेलफेयर सोसाइटीले गरेका छन्। 

दुई दिन चल्ने कार्यक्रम शुक्रबार दिउसो १२ बजेदेखि सुरु हुनेछ।  पहिलो दिन उद्घाटन सत्रका साथै दुईवटा संवाद कार्यक्रम रहेका छन्। पहिलो संवाद सत्रमा ‘डिजिटल वेलबिङ: द इम्प्याक्ट अफ सोसल मिडिया अन मेन्टल हेल्थ’ रहनेछ। यसैगरी दोस्रो सेसनमा ‘ब्यालेन्स फ्रिडम स्पिच एन्ड कम्युनिटी सेन्टिमेन्टस् : ह्वेर सुड वी ड्र द लाइन’ रहनेछन्। 

दोस्रो दिन ९ :१० बाट कार्यक्रम सुरु हुनेछ। केही प्रस्तुतिपछि पहिलो सत्र सेफगार्डिङ हेल्थ केयर :  द इम्प्याक्ट अफ एब्युज वर्कर, हेल्थकेयर सिस्टम एन्ड फ्युचर वर्कफोर्स’ हुनेछ। त्यसपछि दोस्रो सेसन ‘चेजिङ ड्रिम्स : च्यालेन्ज एन्ड अपरच्युनिट्स इन कन्ट्री लाइक आवर्स’ रहनेछ। 

कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठ, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति मंगल रावल, लेखक केदार शर्मा, गणेश लाठ, भूषिता वशिष्ठ, कमेडियन आदर्श कुमार मिश्र, गायिका लोचन भट्टराई, कन्चन राई घुमन्ते, चिकित्सक, पत्रकार र अन्य विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्व रहने आयोजकले जनाएको छ। 

यस्तो छ  कार्यक्रम तालिका

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट